default_image

भलिबल

August 23, 2025

ललितपुर क्विन्सलाई आइजिआईको प्रायोजन

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स लिमिटेड (आइजिआई) ले प्रायोजन गरेको छ। काठमाडौँ स्थित आइजिआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार ललितपुरले आफ्नो म्याच जर्सीमा आईजीआईको लोगो समावेश गर्ने छ […]

August 21, 2025

लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लभी) को फ्रेन्चाईज टोली लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा ‘ट्रफि टुर’ र ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको हो । लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका […]

August 19, 2025

ललितपुर क्विन्सको मुख्य प्रायोजक रुप्से होलिडेज  

ललितपुर (हाम्रो खेलकुद) – ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलवार सम्झौता नवीकरण गरेको हो । ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से […]

August 19, 2025

नेदरल्याण्ड्सकी भिनस्ट्रा मधेश युनाईटेडमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट गहिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ। १ सय ८८ सेन्टिमिटर अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन्। उनले सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै आएकी‌ छिन् । २०२४ मा उनले […]

August 18, 2025

ललितपुर क्विन्सको गुडविल एम्बेसडर आयशाको निरन्तरता   

ललितपुर (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग) को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई  गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ । ललितपुर क्विन्सको कार्यालयमा सोमवार क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । “फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा […]

August 18, 2025

इटलीकी ओउमायमा काठमाडौं स्पाइकर्समा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टिम काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमायमा कोडिएललाई अनुबन्ध गरेको छ। काठमाडौंले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको हो। यसअघि काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई टिममा भित्राएको थियो। इटालियन खेलाडी ओउमायमाले मिडल ब्लकर र हिटरको भूमिकामा टिमले अनुबन्धन गरेको हो। तीन […]

August 17, 2025

अस्ट्रेलिया मान र दिलको जोडी बिच भलिबल च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी अस्ट्रेलियामा भएको ब्राइटन बिच भलिबल कपको च्याम्पियन बनेका छन् । ब्राइटन बिच भलिबल संघको आयोजनामा आइतबार भएको फाइनलमा आयाेजक ब्राइटनका जाेडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । सिड्नीस्थित ब्राइटन बिचमा रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

August 15, 2025

मधेश युनाइटेडको जर्सी सार्वजनिक,इडब्लुभिएलको ट्रफी वीरगंजमा अनावरण

वीरगंज (हाम्रो खेलकुद)- मधेश स्पोर्टस प्रा.लिले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ट्रफी वीरगंजमा बिहीवार अनावरण गरेको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर कलाकार नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् । मेयर सिंहले मधेश युनाइटेडले इडब्लुभिएलको दोस्रो संस्करणमा प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरे। उनले टोलीकी मार्की प्लेयर […]

August 14, 2025

अदिती काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बस्दै आएकी नेपाली मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।  काठमाडौंले बिहीवार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । काठमाडौंमस गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘इडब्लुभिएल नेपाली महिला भलिबलका लागि ऐतिहासिक […]

August 13, 2025

काखस्तानकी अलेनाले काठमाडौं स्पाइकरमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ ।  काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनालाई लिएको छ । टोलीले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ । २९ वर्षीय अलेनाले अपोजिट हिटर हुन् । अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् […]

Success

Thank you for your time.