July 21, 2025
टेक्सास (हाम्रो खेलकुद) – सान फ्रान्सिस्कोले नेपाली समुदायबीच भएको एनसएटी इन्टर स्टेट भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नेप्लिज सोसाइटी अफ टेक्सास (एनएसटी) ले आयोजना गरेको प्रतियोगितामा रिजउड नेपाली समाजलाई हराउँदै सान फ्रान्सिस्कोले उपाधि जितेको हो। ग्राण्ड पेरि इमेज भलिबल कोर्टमा आइतवार भएको फाइनलमा सान फ्रान्सिस्कोले रिजउडलाई ३-० को सोझो सेटमा हराएको थियो हो । विजेता […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यशविसले अभिनेता राजेश हमाललाई सद्भावना ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शनिवार सामाजिक सन्जालमार्फत हमाललाई आफ्नो टोलीको सद्भावना ब्रान्ड एम्बेसडरका रुपमा सार्वजनिक गरेको थियो। ‘उत्कृष्टता, सौन्दर्य र समर्पणका प्रतीक, राजेश हमालको उपस्थितिले अब केवल सिल्भर स्क्रिन मात्र होइन, हाम्रो टोलीको आत्मालाई समेत प्रेरित गर्छ। […]
July 19, 2025
दिल तामाङ ,सिड्नी राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र राजेन्द्र विष्ट एनभिएए अवार्डमा वर्षका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। अस्ट्रेलियाको सिड्नीमा शनिवार भएको पहिलो भलिबल अवार्डको महिलातर्फ म्याग्दी काली युनाइटेडकी प्रतिभा र पुरुषतर्फ ढोरपाटनका राजेन्द्र सर्वोत्कृष्ट चुनिएका छन्। महिलातर्फ म्याग्दीकै सरस्वती उत्कृष्ट स्पाइकर, म्याग्दीकै मिया पुन उत्कृष्ट सेटर, पोखरा भलिबल क्लब तथा छन्त्याल परिवार अष्ट्रेलियाकी […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगको आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा आज दोस्रो खेलमा हेल्प नेपालले कीर्गिस्तानको क्लब बिस्केक कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। दुई पटक खेलमा पछि परेर पनि खेलमा फर्केएको हेल्प नेपाल पाँचौं सेटमा गएर पराजित […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा तेस्रो खेल आज खेल्दैछ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा आज दोस्रो खेलमा हेल्प नेपालले किर्गिस्तानको क्लब बिस्केक कीर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेलमा शुक्रवार हेल्प नेपालले लगातार दोस्रो जित हात […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा दोस्रो खेल आज खेल्दैछ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगको दोस्रो खेलमा हेल्प नेपालले घरेलु टोली क्लब एचडिसिको सामना गर्दैछ । दुवै टोलीबीच नेपाली समयअनुसार बेलुका १०:०० बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले कुमार राईलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। न्यु डायमण्ड स्पोर्टस क्लबका अध्यक्ष र मुख्य प्रशिक्षक समेत रहेका राईकै प्रशिक्षणमा कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जितेको थियो। राईले नै तयार पारेकी खेलाडी राष्ट्रिय टोलीकी सदस्य सुमित्रा रेग्मीलाई यशविसले मार्की खेलाडीमा निरन्तरता दिएको छ। […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जित्दा सुमित्रा मार्कीसँगै कप्तान पनि थिइन् । अर्को महिना हुने इडब्लुभिएलको दोस्रो संस्करणका लागि पनि सुमित्रा मार्की रहने कर्णालीले सामाजिक सन्जालमार्फत जानकारी दिएको छ। न्यु डायमण्ड स्पोर्टस क्लबमा उनका प्रशिक्षक […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले जितका साथ काभा मेन्स च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। माल्दिभ्समा बिहिवार सुरु भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको हो । सुरुको २ सेट जितेको हेल्प नेपालले त्यसपछिका २ सेट गुमाएको थियो। पाँचौ […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडी नियुक्त भएकी छिन्। पोखरा निन्जाजले आज सामाजिक सन्जालमार्फत प्रगतिलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको छ। प्रगति सम्मिलित पोखरा निन्जाजले भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका चुनौती पेश गर्ने छ । पहिलो संस्करणमा भाग लिएको गण्डकी थन्डर्सको […]