default_image

कबड्डी

June 17, 2024

क्रिकेट टोलीसहित अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । […]

June 3, 2024

नेपाल बंगबन्धु कप कबड्डीमा दोस्रो, घनश्याम सर्वोत्कृष्ट

अर्जुन कार्की, बागलुङ नेपाली कबड्डी टोलीका कप्तान घनश्याम रोक्का बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्याम नेपालले खेलेमध्ये ५ खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए । नेपाली टोली प्रतियोगितामा उप विजेतामा सिमित भएपनि घनश्याम खेलाडीमा सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । नेपाली टोली बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको […]

June 3, 2024

नेपाल बंगबन्धु कप कबड्डीको फाइनलमा

अर्जुन कार्की, बागलुङनेपाल बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बंगलादेशको ढाकामा आइतबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ९–५ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । निर्धारित समयमा नेपाल र केन्याको ५०–५० अंक बराबरी भएपछि फाइनल प्रवेशको लागि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो । नेपालले पेनाल्टीमा (५ रेडमा) […]

November 28, 2023

४ नेपालीलाई बंगलादेश कबड्डी लिग खेल्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा ४ नेपाली खेलाडीले अवसर भएका छन् । ४ जनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएका छ । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती […]

default_image

October 21, 2023

एसियाडमा कास्य पदक जितेकी मेनुकालाई झापामा सम्मान

हिमाल खरेल,बिर्तामोडचीनमा हालै सम्पन्न १९ औं एसियाली खेलकुद ( एसियाड) मा नेपालको तर्फबाट ऐतिहासिक कास्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापामा सम्मान गरिएको छ । राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी कप्तान मेनुकालाई सम्मान गरेको हो । बिर्तामोड–३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति […]

October 9, 2023

एसियाडका पदक विजेताको सम्मानमा र्याली गरिने

काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ । चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक […]

October 7, 2023

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […]

October 6, 2023

कबड्डीमा‌ नेपाल‌ कास्य पदकमा सिमित

हाङ्गचौं (हाम्रो खेलकुद)- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ।  हाङ्गचौं‌को जिआओसान गुआली स्पोर्ट्स सेन्टरको मा भएको सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा‌ बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै […]

October 4, 2023

एसियाड कबड्डीमा नेपाललाई कम्तीमा कास्य पदक पक्का

सुबास हुमागाईं, हाङ्गचौ नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको […]

October 2, 2023

सरकारको प्राथमिकतामा नपरेपछि धर्मशाला बसेर प्रशिक्षण गरेको कबड्डी

सुबास हुमागाईं, हाङ्गचौ नेपाली महिला राष्ट्रिय कबड्डी टोलीले सोमबार हाङ्गचौस्थित साओसान ग्वाली स्पोर्ट्स सेन्टरमा बंगलादेशलाई पराजित गर्दै इतिहास रच्यो । एसियाली खेलकुदको पहिलो सहभागिताको पहिलो खेलमा नै जित हासिल गर्नु सहज हुँदैन । तर भाग्यले साथ दिएको कबड्डी टोलीलाई समूह चरणमा इरान र बंगलादेश प्रतिद्वन्द्वी पर्यो । त्यसो त एसियन गेम्सको सुरुवातमा कबड्डीबाट नेपालले पदकको […]

Success

Thank you for your time.