default_image

एसोसिएसन

Nisha Nepal olympics

August 21, 2016

रेपेचेजमा निशा झिनो अन्तरले पराजित

चिनियाँ खेलाडी सुइन झेङ फाइनल पुगेपछि रेपेचेजमा पाएको मौकामा नेपालकी निशा रावल फ्रान्सकि ग्वालेडीस इपांगेसंग ४-३ले पराजित भएकि छिन्। पहिलो खेलमा चिनकि सुइन झेङसंग २-०ले पराजय व्यहोरेपनी चिनियाँ खेलाडी फाइनल पुगेपछि रावलले कास्य पदकका लागि रेपेचेजको मौका पाएकी थिइन्। ६७ केजीमाथिको तौल समूहमा निशाले विश्व नम्बर एक चीनिया झेङसँग पराजित हुँदा सन्तुष्ट भएको बताएकी थिइन। […]

August 20, 2016

रियोमा बोल्टको तेश्रो स्वर्ण

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको ४X१०० रिले दौडमा प्रथम हुँदै उसेन बोल्टले जारी ओलम्पिकको तेश्रो र समग्र ओलम्पिक खेलको नवौं स्वर्ण पदक जितेका छन्। यसअघि १०० मिटर र २०० मिटर दौडमा पनि स्वर्ण जितिसकेका बोल्टले जमैकाको रिले टोलीबाट खेल्दै स्वर्ण जितेका हुन्। ३७.२७ सेकेन्डमा दौड पुरा गरेको जमैकन टोलीमा बोल्टसंगै असाफा पावेल, योहान ब्लेक […]

August 19, 2016

बोल्टले २ सय मिटरमा स्वर्ण पदक जिते

रियो दि जेनेरियो (एजेन्सी) – जमैकन धावन उसेन बोल्टले रियो ओलम्पिकमा २ सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहानको यो सफलतासँगै उनले जारी ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने सम्भावनालाई समेत जीवित राखेका छन् । २९ बर्षे बोल्टले १९.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् । क्यानडाका आन्द्रे डी ग्रासेले रजत […]

August 17, 2016

हरि आफ्नो उत्कृष्ट समयभन्दा पनि पछि रहे

काठमाडौं (हाम्रो खेलकुद)– एथलेटिक्सका हरिकुमार रिमालले रियो ओलम्पिकको ५ हजार मिटर दौडमा कमजोर प्रदर्शन गरेका छन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित रियो ओलम्पिक पुगेका उनी आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन असफल रहे । बुधबार साँझ हिटमा दौडेका हरिले १४ मिनेट ५४.४२ सेकेन्ड समय निकालेका थिए । त्रिभुवन आर्मी क्लबका उनको उत्कृष्ट समय १४ मिनेट ३२.१८ सेकेन्डको […]

August 13, 2016

ओलम्पिकमा सरस्वतिको राष्ट्रिय किर्तिमान

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत १५००मि दौडमा नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी छिन्। उनले रियो ओलम्पिकमा नेपाली समयअनुसार शनिवार बिहान ५ बजेर १५ मिनेटमा भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।  भट्टराईले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ […]

August 11, 2016

रियो तेक्वान्दो टोली भोलि जाँदै

ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक– २०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार प्रस्थान गर्दैछ । तेक्वान्दो अगष्ट १७ देखि २० तारिख सञ्चालन हुनेछ । त्यसमा निशा रावलले ६७ केजीमाथि तौलसमूहमा अगष्ट २० तारिखमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी पहिलो नेपाली खेलाडी संगीना वैद्य निशाको प्रशिक्षकको रुपमा […]

August 9, 2016

राष्ट्रिय किर्तिमान राख्दै शिरिषको रियो ओलम्पिक यात्रा सकियो

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६को पौडी अन्तर्गत पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालका शिरिष गुरुङले प्रतिस्पर्धा गरेका थिए। मोजाम्बिकका इगोर मोन्याले उक्त हिट जितेका थिए भने शिरिषले अन्तिम स्थानमा रहँदै हिट पुरा गरे। उनको व्यक्तिगत र राष्ट्रिय किर्तिमान् ५८:२२ रहँदै आएकोमा उनले आज ५७:७६ मिनेटमा पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरे।

August 9, 2016

बुबाको सपना पुरा गर्दै फुपूको ऐतिहासिक ओलम्पिक यात्रा सकियो

रियो ओलम्पिक २०१६ अन्तर्गत आज जुडोमा क्युबाकी एस्पिनोजासंग पराजित भएतापनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको फूपुले बताएकी छन्। ६३ केजी समुहमा प्रतिस्पर्धा गरेकी फूपुले पुरै चार मीनेट खेल्दै नेपालकै पहिलो महिला जुडोका भएकि हुन्। उनले आफु खेल सुरुहुनुअघि म्याटमा प्रवेश गर्दा आफ्नो बाबुको याद आएर भावुक भएको पनि बताइन । “म्याट प्रवेश गर्नुअघि बुबाको झल्झली याद […]

August 9, 2016

ओलम्पिक आर्चरीमा नेपालका जितबहादुर भारतका अतनुद्वारा पराजित

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६ अन्तर्गत आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अटनु दाससंग पराजय भोगेका छन्। पहिलो चरणमा ६०७ अंक जोडेर ६०औं स्थान हासिल गरेर दोश्रो चरण पुगेका मोक्तानले र्याँकिंग राउण्डमा पाँचौ स्थान हासिल गरेका अतनु दाससंग खेलेका थिए। पहिलो सेटमा २९-२६ले हारेका मोक्तानले दोश्रो सेट २९-२४ले गुमाए। तेश्रो सेटमा उनले खेलको दोश्रो  १० स्कोर […]

August 9, 2016

ओलम्पिकमा नेपाललाई अर्को झड्का; जुडोमा फूपुको पराजय

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको जुडोको खेलमा नेपालकी फुपू ल्हामु खत्रीले क्युबाली खेलाडी मर्सिएट एस्पिनोजासंग पराजय व्यहोरेकी छिन। क्युबाली खेलाडीसंग हार व्यहोरेपनी उनले ‘रेपेचेज’द्वारा कास्य पदकको लागि भिडन्त गर्न पाउने आशा भने कायमै छ।

Success

Thank you for your time.