default_image

एसोसिएसन

July 1, 2019

विवादबीच कुस्ती संघ पुर्नगठन, अदालत जाने राणाको तयारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुस्ती संघको विवाद पुनः बल्झिने सम्भावना बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्वतमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन कुस्ती संघको पूर्नगठन गरेको जानकारी राखेपले सोमबार पत्रकार सम्मेलनमार्फत गराएको छ । राज माहेम्मद मिया अन्सारी अध्यक्षको अध्यक्षतामा राखेपले असार ९ गते संघ पूर्नगठन गरेको बताइएको छ । […]

June 29, 2019

नेटबलको अध्यक्षमा नागर्जुनका मेयर बस्नेत

काठमाडौं (हाम्रो खेलकुद) – मोहनबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नेपाल नेटबल संघको केन्द्रिय समिति शनिबार निर्विरोध चयन भएको छ । संघको दोस्रो साधारण सभाले नागर्जुन नगरपालिकाका मेयर बस्नेतलाई निर्वारोध अध्यक्ष निर्वाचित गरेको हो । उपाध्यक्षमा महेश नेपाली,अनिता बिन्दु,राजु बमनु,जनक प्रसाद न्यौपाने र शैलेन्द्र चीलुवाल चयन भएका छन् । महासचिवमा दीपक लामा, सचिवमा सुजाता थापा, कोषाध्यक्षमा […]

June 29, 2019

रोशन र आइसा राष्ट्रिय आर्चरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रोशन नगरकोटी र आइस तामाङ लक्ष्मी कुमार श्रेष्ठ मेमोरियल छैटौ इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । रोशन पुरुषतर्फको रिकर्भ मेन्स इन्डिभिजुअल मा तथा आइसा रिकर्भ महिला इन्डिभिजुअल च्याम्पियन बन्न सफल भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार रोशन नगरकोटीले कास्कीका असिम […]

June 29, 2019

ललितपुर बक्सिङमा सिंहको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – ललिपुर बक्सिङ संघका तेश्रो साधारण सभाले महेश सिंहको नेतृत्वमा ८ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । विशेष साधारणसभाले उपाध्यक्षमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापामगरलाई निर्विरोध निर्वाचित गर्यो । जिल्ला संघको सचिवमा श्यामकाजी अवाले,कोषाध्यक्षमा सुरेन्द्र न्याछ्यो चयन भए । सदस्यमा पुष्पा बस्नेत,पुस्करराज पन्त,बासुदेब दाहाल चुनिए […]

June 28, 2019

करातेलाई केल्मी नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद ) – राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको  खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ब्राण्ड केल्मी नेपालले करातेलाई पनि प्रायोजन गरेको छ । केल्मी नेपालले कराते टोलीलाई २ बर्षको लागि खेलकुद सामग्री प्रायोजन गरेको हो । नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिबीचमा शुक्रबार सम्झौता भएको छ । नेपाली फुटबलमा […]

June 24, 2019

२ सय जना अट्ने अडोटोरियम हलको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र निर्मित अडोटोरियम हलको सोमबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले हलको उद्घाटन गरे । आर्थिक वर्ष २०७३/०७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

June 24, 2019

१३औं साग तयारी बारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) -यसै वर्ष नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं […]

June 21, 2019

ओलम्पियन संगिना र दीपकसहित तेक्वान्दोकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना बैद्य र दीपक बिष्ट, तेक्वान्दोका अन्य पदक विजेता र तेक्वान्दोकर्मी शुक्रबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले तेक्वान्दोसँगै अन्य खेलको विकासमा योगदान पु¥याएको भन्दै पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपको अवसरमा शुक्रबार दीपक र संगीनासहित ९ खेलकर्मीलाई ताम्रपत्रसहित सम्मानित गरेको हो । सम्मानित […]

June 20, 2019

राई राष्ट्रिय टिम तयारी निर्देशक नियुक्त

काठमाडौं(हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन् । खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि असार ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ । २०५२ […]

June 19, 2019

श्रेष्ठ साटाको अध्यक्षमा पुनः निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि दक्षिण एसियाली ट्रायथलन संघ (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको ग्योङ्जु शहरमा आज भएको साटाको चुनावी साधारण सभाले निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय टोली निर्वाचित भएको हो । निलेन्द्र उनी यसअघि पनि अध्यक्षमै रहेका थिए । उपाध्यक्षमा माल्दिभ्सका […]

Success

Thank you for your time.