default_image

एथलेटिक्स

August 2, 2025

आमा समूह दौडमा हरिकुमारी विजयी

पोखरा (हाम्रो खेलकुद)- नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार पोखराका आमा समूहको दौड सम्पन्न भएको छ ।  रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलो पटक आमा समूहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्र/छात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलालाई […]

August 1, 2025

एभरेष्ट म्याराथन एम्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता प्राप्त गरेको छ । एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आबद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको छ । यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए । […]

July 30, 2025

शाहको अध्यक्षतामा एथलेटिक्स कार्यसमिति निर्विरोध निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाले राजीवविक्रम शाहलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । बुधवार भएको साधारण सभाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। संघको उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार […]

July 27, 2025

एथलेटिक्स संघको निर्वाचन रोक्न माग

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघ विरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउन पर्ने माग सरोकारवालाहरुले राखेका छन्। राजीव विक्रम शाह संयोजक रहेको संघले साउन १४ गतेका‌ लागि निर्वाचनको तयारी गरिरहेको बताइएको छ। यसअघि गठित तदर्थ समितिका सदस्यले आइतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन स्थगित गर्न माग […]

July 12, 2025

नेपालगन्ज नाइट रन पनि एम्समा आबद्ध‌

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको […]

June 28, 2025

विकेश र रन्जुलाई दौड उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं.४ ले शनिवार बालुवाटारमा आयोजित दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह विजयी भएका छन् । उनीहरुले दौडको मुख्य स्पर्धा ५ किलोमिटर खुलातर्फ सफलता हात पारेका हुन् । विकेशले २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान प्राप्त गरे। अभिनाश राई २१ मिनेट ३६ सेकेन्डसहित दोस्रोमा रहे […]

June 28, 2025

निशा र सन्जयले प्रथम लुम्बिनी रोड रेस 

दाङ (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी निशा सार्की र सन्जय श्रेष्ठले प्रथम लुम्बिनी रोड रेसको उपाधि जितेका छन् । लुम्बिनी  खेलकुद परिषदको आयोजनामा शनिवारदाङको घोराही भएको १० किलोमिटर रोड रेसमा सन्जयले ३१ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन्। ३१ मिनेट ३९.१४ सेकेन्डका साथ आर्मीकै नरेन्द्र रावत दोस्रो भए ।  नेपाल पुलिस क्लबका […]

June 28, 2025

सन्तोषी र राजन टेन के च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठ र राजन रोकाययाले पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर दौड (टेन के) को उपाधि जितेका छन्। आज बिहान भएको दौडको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खेलाडीको वर्चस्व रह्यो। आर्मीका खेलाडीले शीर्ष तीन स्थान हात पारे। विजेता राजनले ३१ मिनेट २२. ३ सेकेन्डको टाइमिङमा दौड सकाए। खड्ग बहादुर खड्का दोस्रो भए। उनले […]

June 27, 2025

वीर गणेशमान सिंह टेन के दौडको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ वीर गणेशमान सिंह १० किलोमिटर (टेन के) दौडको तयारी पूरा बताइएको छ । गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिवार दौड हुँदैछ। बिहान ७ बजे एडिडास शो रुमबाट दरवारमार्गबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै […]

June 13, 2025

एथलेटिक्समा बागमतीको दबदबा, अनिशाको‌ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत […]

Success

Thank you for your time.