default_image

Author

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

March 4, 2024

प्रितीको शल्यक्रिया आज, साफ गुमाउने खतरा टर्यो

सुबास हुमागाईं, काठमाडौं वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते हुन पुगेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिती राईको चोटको शल्यक्रिया आज हुँदैछ । राष्ट्रिय टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यका अनुसार प्रितीको दायाँ घुँडाको मेनिस्कसको शल्यक्रिया गरिने भएको हो । ललितपुरस्थित बि एण्ड बि अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर अमित जोशीको टोलीले शल्यक्रिया गर्दैछ । प्रितीको आइतबार […]

February 29, 2024

नेपाललाई ११ औं फाइनलमा इतिहास रच्ने अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग आज इतिहास रच्ने अवसर छ । त्यसका लागि टोलीले साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा जोर्डनलाई हराउनुपर्ने हुन्छ । ३८ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रामा महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। यद्यपि टोलीले दक्षिण एसियाको सफल टोलीमध्येको एक हो । सन् २०१० बाट […]

February 12, 2024

क्यानडा सिरिजमा बेन्च स्ट्रेन्थको सफल परिक्षण

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्यो । क्यानडा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएपनि नेपालले यो सिरिज सिनियर टोलीको लिग-२ यात्राको तयारी र आफ्नो बेन्च स्ट्रेन्थ मापनको लागि प्रयोग गरेको थियो । मैदानमा खेलाडीले गरेको प्रदर्शन, सिरिजको नतिजा र वैकल्पिक खेलाडीको प्रयोग हेर्दा सिरिज पूर्ण रुपमा सफल भएको […]

February 8, 2024

युवालाई अवसर दिँदै नेपालको नयाँ यात्रा

सन्देश सिग्देल, काठमाडौं गतवर्ष चमत्कारिक प्रदर्शन गर्दै आफ्नो एकदिवसीय मान्यता जोगाएर विश्वकप छनोट यात्रा तय गरेको नेपाल आईसीसी विश्व क्रिकेट लिग दुईको नयाँ सिजन सुरुवातको लागि तयारी गरिरहेको छ । त्यसअघि नेपालका लागि पहिलो चुनौती क्यानाडा टोली रहेको छ । उत्तर अमेरिकी राष्ट्र क्यानडा हिउँले ढाकेको बेलामा मार्चमा आफ्नो लिग-२ अभियान सुरु हुनु अघि अभ्यास […]

January 28, 2024

विश्वकपमा ‘आकाश’ छुने उडान

सन्देश सिग्देल, काठमाडौं तीव्र गतिका युवा बलर आकाश चन्दले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तान विरुद्ध पाँच विकेट लिएर नेपाली क्रिकेटमा मात्र नभइ विश्व क्रिकेटमा आफ्नो छाप छोडेका छन् । चन्दले आफ्नो ज्वलन्त बलिङका साथ नेपाललाई सुपर सिक्स चरणमा पुर्‍याउन निर्णायक भुमिका खेल्दै अफगानी इनिङ्सलाई धराशायी पारेका थिए । २०१९मा काठमाडौंमा भएको यू-१९ विश्वकप […]

January 22, 2024

जसले विश्वकप गुमाए, तर एकै दिन शतक बनाए

सुबास हुमागाईं, काठमाडौं नेपालले आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनको हार बेहोर्यो । ८ वर्षपछि विश्वकप पुगेको नेपालका लागि अधिकांश खेलाडीको प्रदर्शन औसत नै रह्यो । ओपनर अर्जुन कुमालले भने ९० रनको इनिङ खेल्दै नेपालको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । खराब सुरुवात पाएको नेपाललाई अर्जुन र तल्लोक्रमका ब्याटरले राम्रो स्कोरसम्म […]

January 21, 2024

खोजी राष्ट्रिय टोलीका लागि खेल्ने स्पिनरको

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि अबको केहि महिना निकै व्यस्त तालिका छ । आइसीसी विश्वकप लिग २ को नयाँ संस्करण सुरुवातसँगै नेपालले द्विपक्षीय सिरिज लगायत टि२० क्रिकेट विश्वकप नै खेल्दैछ । टोलीमा यो समय स्पिनरको खोजी भइरहेको छ । टोलीमा नियमित लेग स्पिनर सन्दीप लामिछानेको अनुपस्थिति रहने भएसँगै अब घरेलु क्रिकेटबाट स्पिनरको […]

December 25, 2023

टिप्परको ठक्करले क्रिकेटमा ‘विशाल’ सपना चकनाचुर

भुपेन्द्र जि.सी./ब्लग सन् २०१४ मा जब नेपालले पहिलो पटक टि२० विश्वकप खेल्यो । तब प्यूठानको बाङ्गेमा क्रिकेटको माहोल उचाईमा थियो । कराखोला खेत, खोला र मोटरबाटोमा बाङ्गेका केटाहरुले ब्याट र बल समाउन सिक्ने ठाउँ थियो। गाउँमा ठूलो चौर छैन । त्यसैले खोला किनार र खेतमा खेल्नु बाहेक अर्को विकल्प थिएन । र छैन पनि । […]

December 12, 2023

महिला क्रिकेटमार्फत बागमती प्रदेशको उदाहरणीय सुरुवात

भुपेन्द्र जि.सी, काठमाडौं कुनैपनि देशको क्रिकेट विकास गर्न ग्रासरुट क्रिकेट निकै महत्वपूर्ण हुन्छ । तर नेपाली क्रिकेटमा ग्रासरुट क्रिकेटको अवस्था निकै कमजोर छ । क्यानका सदस्य प्राप्त ४५ जिल्ला छन् । केहि जिल्ललाई छाड्ने हो अन्य सबै राष्ट्रिय प्रतियोगिताको समयमा मात्रै सक्रिय हुन्छन् । ग्रासरुट कमजोर हुनुको मुख्य कारण जिल्लाले आफ्नै बजेटमा प्रतियोगिता गर्न नसक्नु […]

Success

Thank you for your time.