August 27, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए । प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका […]
August 22, 2021
भुपेन्द्र जिसी, काठमाडौं सामान्यतया नेपाली क्रिकेटमा राष्ट्रिय टोलीको यात्रा तय गर्न उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको हुनुपर्छ । हरेक खेलाडीको सपना उमेर समूह हुँदै घरेलु क्रिकेटमा उच्च प्रदर्शनका साथ राष्ट्रिय टोलीमा स्थान बनाउने हुन्छ । तर १७ वर्षिय तीव्र गतिका गुलशन झा भने राष्ट्रिय स्तरको दुई खेलको प्रदर्शनलेनै नेपाली टोलीमा पर्न सफल भए […]
August 21, 2021
भुपेन्द्र जि.सी., काठमाडौं पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा मैदान भित्र र बाहिर धेरै परिवर्तनहरु भए । मैदानभित्र टि२० विश्वकप देखि ओडिआई मान्यता सम्मका ऐतिहासिक उपलब्धि हात पार्यो । मैदानबाहिर क्यानले केहि वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन भोग्दै फुकुवापछि नयाँ नेतृत्व आयो । नेपालको अबको लक्ष्य टेस्ट मान्यता प्राप्त गर्नु हो । टेस्ट खेल्ने सपना देखेको […]
August 4, 2021
भूपेन्द्र जिसी, काठमाडौं पारस खड्का, नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी । यस्ता व्यक्तित्व जसले राष्ट्रिय क्रिकेट टोली मात्र नभएर नेपाली क्रिकेटलाई निकै कठिन परिस्थितिबाट अगाडि बढाउँदै टि२० विश्वकप र ओडिआई मान्यता सम्मको सफलता दिलाए । नेपाली क्रिकेटमा युगान्तकारी परिवर्तन ल्याउन मैदान भित्र र बाहिर उत्तिकै डटेर लागेका पारसले मंगलबार आश्चर्य रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट […]
August 3, 2021
प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको छ । नेम्बाङ र अलमुताइरीबीच मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने भएको […]
August 2, 2021
सम्पादकीय हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौती पनि त्यतिकै हुने गर्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ । हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख र विचार प्रस्तुत गर्ने उद्देश्यका साथ हामीले हाम्रो खेलकुदलाई […]
August 1, 2021
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद नयाँ विषय होइन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीचको असहमति सैद्धान्तिकबाट अब व्यक्तिगत तहमै पुगिसकेको छ । त्यसैले पनि एन्फामा दुई कित्ता प्रष्ट भइसकेको छ । एन्फा कार्यसमितिको आवधिक निर्वाचनका लागि अब एक वर्ष भन्दा कम समय छ […]
July 30, 2021
सुबास हुमागाईं, काठमाडौं ‘आफ्टर एभ्री स्टर्म दिएर इज अ रेन्बो’ अर्थात हरेक आँधीबेहरीपछि इन्द्रेणी आउँछ । इन्द्रेणी अर्थात आशा, केहि कठिन समयपछि केहि राम्रो हुन्छ भन्ने संकेत । निकै कठिन परिस्थितिमा जुझिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा शुक्रबार इन्द्रेणी त देखियो, तर त्यसको सांकेतिक नतिजा एन्फाभित्र चलेको बैठकमा भने देखिएन । एन्फाभित्र शुक्रबार प्रशिक्षक अब्दुल्लाह […]
July 28, 2021
भूपेन्द्र जिसी, काठमाडौं अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे । इपिएलको […]
July 25, 2021
सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक संजालमार्फत आइतबार राजीनामा दिने घोषणा गरेसँगै नेपाली फुटबल वृत आश्चर्यमा पर्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावको दिन नजीकिंदै जाँदा राजीनामाको क्रम एन्फाको लागि नयाँ थिएन । तर पदाधिकारीको जिम्मेवारीबाट सुरु भएको यो सुचिमा प्रशिक्षककै नाम आउला भन्ने सायदै कसैले सोचेको थियो । एन्फा पदाधिकारीबीच […]