May 30, 2021
प्रकाश तिमल्सिना, काठमाडौं भनिन्छ, आधा साँचो भनेको झुट बराबर हुन्छ । हेर्दा समान्य लाग्ने । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीले प्रयोग गरेको जर्सीका विषयमा पछिल्लो पटक गरेको दाबी कमजोर देखिएको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेलको अघिल्लो दिन व्यवस्थापकको बैठकमा टोली सेतो रंगको जर्सी प्रयोग गरिने भन्दै सार्वजनिक गर्यो । […]
May 29, 2021
प्रकाश तिमल्सिना, काठमाडौं इराक उड्नुअघि नै राष्ट्रिय फुटबल टोलीका कुवेत प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो योजना प्रष्ट पारिसकेका छन् । टोलीमा व्यापक परिवर्तन गरेका उनले इराक र कुवेत यात्रालाई परिक्षणका रुपमा लिएका छन् । बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप जित्नु प्रमुख लक्ष्य बनाएका आलमुताइरीले त्यसैको तयारीका रुपमा अहिलेको भ्रमणलाई लिएका छन् । विश्व कप २०२२ र […]
May 26, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो । गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र […]
May 22, 2021
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै […]
May 21, 2021
सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसै साता विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा सामाजिक संजालमा आश्चर्य मान्ने संख्या धेरै थियो । प्रारम्भिक छनोटमा नै केहि चर्चित नामलाई विश्राम दिएका उनले समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरे । डेढ महिनाअघि पहिलो पटक सार्वजनिक रुपमा बोल्दा […]
May 19, 2021
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दा काठमाडौं रेजर्सले बाल गोपाल महर्जनलाई नेपाल सुपर लिग (एनएसएल) का लागि आफ्नो टोली हेर्ने सार्वजनिक गर्यो। राष्ट्रिय टोली चैत १० गते देखि दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको अन्तिम तयारीमा जुटिरहेको थियो । चैत ५ गते प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गर्न पत्रकार सम्मेलनमा महर्जनले […]
May 18, 2021
प्रकाश तिमल्सिना, काठमाडौं खेलाडीको शत्रु भनेको उसलाई लाग्ने चोट नै हो । कोरोना संक्रमणका कारण झन्डै ६ महिना ठप्प फुटबल गतिविधि पुन: सुरु नहुँदै संक्रमणको दोस्रो लहरले पुन: रोकियो । प्रतिकुल अवस्थाका बीच गत साता मात्र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) सम्पन्न भयो । तर लामो समयको विश्राम र त्यसपछि लगातार खेलका कारण खेलाडीमा चोटको समस्या थपिएको छ । त्रिभुवन आर्मी फुटबल क्लब तथा एफसी चितवनका डिफेन्डर विकास तामाङ एनएसएल अघि नै घाइते भएका थिए […]
May 18, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीको इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका बाँकी ३ खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो महिना थ्री नेसन्स कप जितेको टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरे । बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाउने क्रममा नै राष्ट्रिय टोलीको ८ खेलाडीलाई बाहिर राखेका […]
May 17, 2021
प्रकाश तिमल्सिना, काठमाडौं खेलकुद अझ त्यसमा पनि फुटबल विश्वव्यापी लोकप्रिय हुनुमा टेलिभिजन प्रसारण एउटा बलियो माध्यम हो । विश्वकप, युरो कप लगायत युरोपियन फुटबलका लिगहरु संसारभर लोकप्रिय हुनुमा टेलिभिजनमा हुने प्रत्यक्ष प्रसारणनै मुख्य कारण हो । वर्तमान समयमा फुटबलमा आम्दानीको मुख्य श्रोतमा प्रसारण अधिकार पनि पर्छ । विश्वकप फुटबलको त्यहि अधिकारबाट आएको नाफाबाटै फिफाले सदस्य […]
May 10, 2021
प्रकाश तिमल्सिना, काठमाडौं देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने खबर सुन्दा पूर्व राष्ट्रिय खेलाडी राजु तामाङ खुसी भए । उनलाई आशा लाग्यो व्यवासायिक फुटबलमा एउटा नयाँ प्रयोग सफल भए त्यसले देशकै फुटबललाई फाइदा गर्नेछ । तर, उनी आफैंले एनएसएलका सहभागी कुनै टोलीमा आबद्ध हुने कल्पना पनि गरेका थिएनन् । सक्रिय खेल […]