March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा आयोजक जिम्बावेसँग टस हारेर पहिले बलिङ गर्नुपरेको नेपाली टोलीविरुद्ध जिम्बावेले ४ ओभरको अन्त्यमा ५१ रन खडा गरेको छ । इनिन्ग्सको पहिलो ओभरमा ५ डट दिएका सोमपाल कामीको तेसो बलमा भने सेफास जुवाओले छक्का प्रहार गरेका थिए । दोस्रो ओभरमा कप्तान पारस आफैँ बलिङ गर्न आउँदा उनले […]
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट राष्ट्र जिम्बावेसँग खेल्दै छ । जिम्बावेको बुलावायोमा खेलिने सो खेल नेपाली समयअनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । जिम्बावेले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालका लागि आज स्पिनर ललित नारायण राजवंशीले डेब्यु गर्दै छन् । आज ललितले नेपालको सुरुवाती ११ […]
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट राष्ट्र जिम्बावेसँग खेल्दै छ । जिम्बावेको बुलावायोमा खेलिने सो खेल नेपाली समयअनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । नेपालले हालै सम्पन्न डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा स्थान सुरक्षित बनाएको हो । नेपाल विश्वकप छनोटको समूह ‘बि’मा आयोजक जिम्बावे, […]
March 4, 2018
म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा […]
March 3, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो । महिलातर्फ भएको खेलमा एपीएफले चिरपरिचित प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित […]
March 3, 2018
विनोदबाबु रिजाल चितवन – १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी रुस्लान थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै एपीएफले शिल्ड उचालेको हो । गत भदौमा पहिलो जेसीज कपमा फाइनल हारेकै मैदानमा एपीएफले यो सिजनको पहिलो उपाधि जित्यो । यसअघि […]
March 3, 2018
रियो डे जिनाइरो (एजेन्सी) – विश्व फुटबलका सुपरस्टार तथा ब्राजिलियन फरवार्ड नेयमारको खुट्टामा चोटको समाचार ब्राजिलियन समर्थक माझ ठूलो धक्काको रुपमा आएको छ किनभने नेयमार सोचेभन्दा लामो समयका लागि मैदानबाहिर रहने देखिएको छ । नेयमारको मार्से विरुद्धको खेलमा दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केको थियो । त्यो बेला शल्यक्रिया गर्दा दुई महिनासम्म बाहिर रहने जानकारी […]
March 2, 2018
विनोदबाबु रिजाल चितवन– डेढ वर्ष मैदान बाहिर रहेको रुस्लान थ्रीस्टार क्लब फेरि फुटबलमा फर्किएको करिब २ महिनामात्रै भएको छ । तर, उसले यो बीचमा घरेलु फुटबलका ७ प्रतियोगिता खेलिसक्यो । उल्लेख्य के छ भने उसले ४ वटा त फाइनलै खेलिसक्यो । पाँचौंमा शनिबार १३ औं टुबोर्ग विकास रनिङ शिल्डका लागि खेल्दैछ । यसअघिका २ उपाधि […]
March 2, 2018
विविध सुवेदी काठमाडौं – नेपालले हालै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित पारेको थियो । डिभिजन-२ मा नेपालका लागि नायक रहे युवा स्पिनर सन्दिप लामिछाने । सन्दिप प्रतियोगिताभरी सर्वाधिक १७ विकेट लिँदै म्यान अफ द टोर्नामेन्ट पनि घोषित भएका थिए । सन्दिपलाई नेपालका कप्तान पारस खड्काले महत्त्वपूर्ण हतियार […]
March 2, 2018
फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – अपवाद बाहेक चैत १४ गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व पाउनेछ । हरेक चार वर्षमा हुने निर्वाचनबाट पुरानैको नेतृत्वको निरन्तरता वा नयाँ नेतृत्व स्थापित हुनु स्वभाविक हुन आउँछ । एन्फाको नेतृत्व लिनका लागि स्पष्ट रुपमा दुईवटा प्यानल प्रचार प्रसारमा व्यस्त छन् । एउटा पक्षको नेतृत्व एन्फाका वरिष्ठ […]