default_image

breaking big news

July 21, 2017

नेपाल टस जितेर पहिलो ब्याटिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले सुरुवाती ३ खेलमा टस जितेर फिल्डिङ रोज्दै आएको थियो। पछिल्लो खेलमा अफगानिस्तान विरुद्ध ४९ रनमा अलआउट भएको नेपालले १ सय ४१ रनको पराजय भोगेको थियो। […]

July 20, 2017

युथ तथा जुनियर च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता रहने

काठमाडौं (हाम्रो खेलकुद) – ३ सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहने युथ एण्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुने भएको छ । नेपालको भारत्तोलन इतिहासमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताको अनुमानित बजेट १ करोड ७५ लाख ९६ हजार रुपैयाँ रहेको बताइएको छ। आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर नेपाल भारोत्तोलन […]

July 20, 2017

यू२३ फुटबल टोली युएईबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त अरब ईमिरेट्स (युएई)को अल आइनसहर पुगेको नेपाली राष्ट्रिय यू२३ फुटबल टोली स्वदेश फर्किएको छ। फ्लाई दुबईको जहाजबाट साँझ ६:२८ बजे टोली नेपाल आइपुगेको हो। नेपाली टोलीले युएईमा भएको छनोट चरणको प्रतियोगितामा सबै ३ खेलमा पराजय भोगेको थियो। यस नतिजासँगै नेपाल समूहको अंक तालिकाको अन्तिम […]

July 20, 2017

नेपालको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत भएको तेश्रो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार व्येहोरेको छ। १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा अलआउट हुँदै ४९ रनमात्र बनाउन सक्यो। खेलको छैटौं ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमायो। दोश्रो विकेटका रुपमा […]

July 20, 2017

नेपाली टोली आज फर्कदै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन युएईको पुगेको नेपाली टोली आज स्वदेश फर्कने भएको छ। छनोट चरणका सबै तिन खेलमा पराजय भोगेको नेपाल आज साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। नेपाली टोली फ्लाई दुबईको विमानबाट साँझ ६ बजे त्रिभुवन विमानस्थल उत्रने कार्यक्रम रहेको छ। २३ खेलाडी र ८ अफिसियल सम्मिलित […]

July 20, 2017

अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गतको तेश्रो खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अफगानिस्तानले ४९.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ९० रन जोडेको हो। टस जितेर नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो। तर अफगानिस्तानका ओपनरहरुले सम्हालिएर खेल्दै […]

July 20, 2017

नेपालले अफगानिस्तानविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत अफगानिस्तान विरुद्ध हुन लागेको तेश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाली टोलीले यस खेलका लागि मलेसिया विरुद्ध खेलेकै ११ खेलाडी उतारेको छ। नेपाल अंक तालिकामा ४ अंक बोकेर दोश्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको अफगानिस्तानको पनि ४ अंक छ तर अफगानी टोलीको रन रेट […]

July 20, 2017

नेपाल लेबनानसँग २-०ले हार्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले सबै खेलमा पराजय भोग्दै प्रतियोगिताको अन्त्य गरेको छ। बुधबार भएको अन्तिम खेलमा नेपालले लेबनानसँग २-०को हार व्येहोर्यो। नेपालले खेलको २८औं मिनेटमा पहिलो गोल खाएको थियो। डिफेन्सले हेडर क्लियर गर्न नसकेको बलमा लेबनानका हासान कुरानीले गोल गरेका थिए। नेपालले पछिल्ला खेलको तुलनामा […]

July 19, 2017

लेबनानविरुद्ध पहिलो हाफमा नेपाल १ गोलले पछाडी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग भिड्दै छ। मध्यान्तरसम्मको खेलमा नेपाल १-०ले पछाडी रहेको छ। लेबनानले खेलको २९औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। डिफेन्सले हेडर क्लियर गर्न नसकेको बलमा लेबनानका खेलाडीले गोल गरेका थिए। नेपाल र लेबनान दुवै टोलीको प्रतियोगिताको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त […]

Rohit Chand

July 19, 2017

स्पेनिस क्लब इस्पान्योलसँग रोहितको टोली पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियामा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले स्पेनिस ला लिगा टोली इस्पान्योलसँगको मैत्रीपूर्ण खेलमा हार व्येहोरेको छ। हाल नयाँ सिजनको तयारीमा इन्डोनेसियामा प्रि सिजनमा रहेको इस्पान्योलविरुद्ध पर्सिजा जाकार्ता ७-० ले पराजित भएको हो । इस्पान्योलले खेलको सातौं  मिनेटमा अग्रता लिने क्रममा २५ वर्षीय स्ट्राइकर जेरार्ड मोरेनोले गोल गरेका थिए। त्यस्तै इस्पान्योलमा […]

Success

Thank you for your time.