default_image

breaking big news

November 12, 2025

ए डिभिजन क्लबले मन्त्रीलाई भने- ‘होम र ट्रेनिङ ग्राउन्ड चाहिन्छ ‘

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन क्लबले सरकारसँग होम‌ र ट्रेनिङ ग्राउन्ड उपलब्ध गराइदिएको खण्डमा आफूहरु लिग खेल्न तयार रहेको बताएका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले बोलाएको बैठकमा आज क्लबहरुले यस्तो माग राखेका छन् । सहभागी सबैले आ आफ्नो भनाई राखेपछि मन्त्री गुप्ताले सिमित साधन श्रोत भएकाले सम्झौता गरेर लिग गर्नु पर्ने […]

November 12, 2025

कर्णाली यशविस इडब्लुभीको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]

November 12, 2025

इडब्लुभी सुरु हुँदै, आज २ खेल

काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज दुई खेल हुनेछन्। कर्णाली यशविसले र मधेश युनाइटेडबीच पहिलो खेल हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने बताइएको छ । त्यस्तै साँझ ५ बजे सुरु हुने खेलमा शीर्ष स्थानको ललितपुर […]

November 11, 2025

आइआइएमएस कलेज काठमान्डु गोर्खाजको ‘एजुकेशनल पार्टनर’

काठमाडौं (हाम्रो खेलकुद)- आइआइएमएस कलेज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ । आइआइएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आइआइएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौता हस्ताक्षर गरेका थिए । यस साझेदारीअनुसार […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

November 11, 2025

१ सय २० दिनमा लिग सुरु गर्ने एन्फाको प्रस्ताव!

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ सय २० दिनभित्र सहिद स्मारक‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बोलाएको लिगका सरोकारवालाहरुसँगको बैठकमा एन्फा महासचिव किरण राईले तयारीका लागि १ सय २० दिन भयो भने ए डिभिजन लिग गर्न सक्ने बताएका थिए। मन्त्री गुप्ताले एन्फालाई मिति प्रस्ताव […]

November 11, 2025

लिगका विषयमा खेलकुद मन्त्री गुप्ताले सरोकारवालासँग छलफल गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सहिद स्मारक लिगका विषयमा आज सरोकारवालाहरुसँग छलफल गर्दैछन्। छलफलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिव, सबै क्लबका १४ ए डिभिजन क्लबका समान  १ जना पदाधिकारी प्रतिनिधी, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष एवम् महासचिव तथा फुटवल टोली कप्तान बोलाइएको छ। मन्त्रीको निजी सचिवालयबाट प्राप्त […]

November 11, 2025

झापा महिला गोल्डकपमा ५८ लाख बढीको टिकट बिक्री

हिमाल खरेल/ दिपक बोहोरा, बिर्तामोड एलभिडी झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताले घरेलु महिला नकआउटको टिकट बिक्रीबाट हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगिताका हरेक खेलमा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख ३ हजार रुपैयाँको टिकट बिक्री भएको छ । फाइनल […]

November 11, 2025

‘नेपाल आउँदा उत्साहित छु’- जनकपुर बोल्ट्सका प्रशिक्षक चन्द्रपल

काठमाडौं ( हाम्रो खेलकुद)- वेस्ट इन्डिजका पूर्व कप्तान शिवनारायण चन्द्रपलले नेपाल आउँदा आफू उत्साहित भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रपल सोमवार पहिलो पटक नेपाल आएका हुन् । जनकपुर बोल्ट्सले सोमवार साँझ राखेको पत्रकार सम्मेलनमा विश्व क्रिकेटका दिग्गज ब्याटर समेत रहेका चन्द्रपलले भने, ‘म यहाँ […]

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

Success

Thank you for your time.