default_image

breaking big news

October 28, 2025

राष्ट्रिय टोलीप्रति नै एन्फा गैर जिम्मेवार !

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन थप उदाङ्गिएको छ।त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच सिलोङमा हिजो साँझ ८ बजे खेल सकिएको‌ थियो ।‌ त्यो फिफा विन्डोको खेल थियो। त्यसपछि नेपाल र भारतबीच बिहीवारको लागि सिक्किममा अर्को अनौपचारिक मैत्रीपूर्ण खेल तय‌ थियो। तर, अहिले फिफा विन्डो विनाको मैत्रीपूर्ण खेल […]

October 28, 2025

कर्णाली याक्सको सह प्रायोजकमा एसियन पेन्ट्स

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोर्टस प्रालिले एसियन पेन्ट्ससँग सह प्रायोजक सम्झौता गरेको छ। आज कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। निर्देशक घिमिरेले पेन्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी भएको बताउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि तयार रहेको बताए। यसअघि कर्णाली याक्सले […]

October 28, 2025

डिआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर  

काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डिआरसँग सम्झौता गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाली कपडा ब्रान्ड डिआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार डिआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ। सुदूरपश्चिम रोयल्सका सिइओ खड्काले डिआरजेले […]

October 27, 2025

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ। एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले […]

October 27, 2025

साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चिर प्रतिद्वन्दी भारतलाई उसको घरेलु मैदानमा २-१ ले हराएको छ। नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन्। भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले सान्त्वना गोल गरिन्। सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मि‌नेटमा साम्बाले उत्कृष्ट गोल गरिन्। डिफेन्डर विमला विकेको लामो […]

October 27, 2025

भारतविरुद्धको पहिलो हाफ नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्ध खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मि‌नेटमा कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले उत्कृष्ट गोल गरिन्। डिफेन्डर विमला विकेको लामो पासमा साम्बाले गोलकिपर पानमथोई छानुसँगको वान भर्सेज वानमा गोल गरिन्। नेपालकी गोल मसिन साम्बाको […]

October 27, 2025

भारतविरुद्ध अन्जना, दिपा र मनमाया पहिलो रोजाइमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतसँगको खेलका लागि इरानसँगको खेलेको पहिलो रोजाइमा ३ खेलाडी परिवर्तन गरेको छ। महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले गोलकिपरमा अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई पहिलो रोजाइमा मौका दिएका छन्। इरान विरुद्धको पहिलो रोजाइमा खेलेका गोलकिपर एन्जिला तुम्बापो सुब्बा तथा डिफेन्डर निशा थोकर र हिरा […]

October 27, 2025

नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज भारतको सामना गर्दैछ। सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। किनकी प्रतियोगीतामा इरान च्याम्पियन बनिसकेको छ। इरानले नेपाल ३-० र भारतलाई २-० हराउँदै च्याम्पियन बनेको हो। त्यसैले दुई चिरप्रतिद्वन्द्वी भारत र नेपाल आज प्रतिष्ठाको […]

October 27, 2025

रिकार्डोले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् । रिकार्डोलाई काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यु […]

October 27, 2025

झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक

बिर्तामोड (हाम्रो खेलकुद)- एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कात्तिक १५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र […]

Success

Thank you for your time.