default_image

breaking big news

October 30, 2025

मिलिन्द काठमान्डु गोर्खाजमा

काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाका ब्याटर मिलिन्द कुमारले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्। गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड […]

October 30, 2025

नेपालद्वारा यूएईसामु प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई जितको लागि २ सय ३४ रनको लक्ष्य दिएको छ । आइसीसी एकेडेमी दुबईमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । ५० ओभरमा नेपालले सम्पुर्ण विकेट गुमाउँदै २ सय ३३ रन बनायो । नेपालले सुरूवात राम्रो गर्न सकेन । मात्र […]

October 30, 2025

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ । एन्फाले अधिकारिक रुपमा भने यसबारे केहि सार्वजनिक गरेको छैन । एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । […]

October 29, 2025

नेपालसँग भारत पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले घरेलु टोली भारतलाई अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ। नेपालले टाइब्रेकरमा भारतलाई ३-० ले हरायो ।टाइब्रेकरमा गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेपछि नेपाल विजयी भएको हो । पेनाल्टी सुटआउटकै लागि आज पहिलो रोजाइमा खेलकी उषा नाथको ठाँउमा अन्जनालाई मैदान पठाईएको थियो। मुख्य प्रशिक्षक नविन न्यौपानेको निर्णयलाई अन्जनाले सहि साबित गरेकी […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 29, 2025

न्युजिल्यान्डलाई ओडिआई सिरिज

एजेन्सी – दोस्रो ओडिआईमा आज इङ्ल्यान्ड फेरि कमजोर प्रदर्शन गरेपछि न्युजिल्यान्डसँग ५ विकेटले पराजित भएको छ । यससँगै ३ खेलको सिरिज न्युजिल्यान्डले २-० ले जितेको छ। पहिले ब्याटिङ गरेको इङ्ल्यान्ड ३६ ओभर सबै विकेट गुमाउँदै १ सय ७५ रनमा समेटियो। जेमी ओभरटनले सबैभन्दा बढी ४२ रन बनाए। जो रुट, ह्यारी ब्रुक र जेमी स्मिथले राम्रो […]

October 29, 2025

नेपाल साम्बा, एन्जिला र प्रीतिविना खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- भारतविरुद्ध नेपाली महिला राष्ट्रिय टोलीले आज खेल्दा कप्तान सावित्रा भण्डारी, प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा साथमा हुने छैनन्। व्यवसायीक जिम्मेवारीका‌ कारण साम्बा, प्रीति र एन्जिलाले आज साँझ हुने अनौपचारिक मैत्रीपूर्ण खेल गुमाउनेछन्। साम्बा सिलोङबाट दिल्ली हुँदै आज न्युजिल्याण्ड जाँदै छिन् । एन्जिला भारतीय क्लब सेथु एफसीका लागि गएको बताइएको छ। […]

October 28, 2025

शीर्ष टोली अमेरिकाको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ। आज अमेरिकाले घरेलु टोली युएईलाई ५ बल बाँकी रहँदा ४ विकेटले हरायो। जितको लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो। अमेरिकाले कमजोर सुरुवात गर्यो। मात्र २२ रन जोड्दा ३ विकेट गुमायो। […]

October 28, 2025

खेलकुद मन्त्री गुप्ताको प्रश्न – ‘राष्ट्रिय टोलीको व्यवस्थापनका बारेमा एन्फाले जानकारी राख्नुपर्दैन?’

काठमाडौं (हाम्रो खेलकुद)- नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय महिला फुटबल टोलीले भारतमा भोक्कै यात्रा गर्नु परेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रश्न गरेका छन् । भारतमा रहेको राष्ट्रिय महिला फुटबल टोलीको यात्रा र खानाको व्यवस्थापनमा एन्फाको कमजोरी भएको सन्चारमाध्यममा समाचार आएपछि मन्त्री गुप्ताले एन्फालाई प्रश्न गरेका हुन् । मन्त्री गुप्ताले […]

October 28, 2025

‘एन्फाको‌ खराब व्यवस्थापन उदांगो ‘- फुटबल खेलाडी संघ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले नेपाली महिला राष्ट्रिय टोलीका खेलाडीको यात्राको विषयमा भएको खराब व्यवस्थापनको खबरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टोलीका खेलाडीलाई नै सोध्दा सन्चारमाध्यममा आएको खबर साँचो भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै खेलाडी संघले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ खेलाडीको स्वास्थ्यभन्दा ठूलो कुनै खेल हुँदैन । एक […]

Success

Thank you for your time.