default_image

इपिएल

August 30, 2021

जिम्बावेका कप्तान राजाले विराटनगरबाट इपिएल खेल्ने

एजेन्सी – जिम्बावेका स्टार अलराउन्डर तथा टि२० कप्तान सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगर वारियर्सले सोमबार सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम सार्वजनिक गरेको छ । राजा जिम्बावेका स्टार अलराउन्डर हुन् । उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ ओडिआई, ४२ टि२० आई र […]

August 26, 2021

श्रीलंका अलराउन्डर चितवनमा अनुबन्ध

एजेन्सी – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ । ३६ वर्षिय प्रसन्नाले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टि२० आई र १ सय ७० टि२० क्रिकेट खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्ने गर्दछन् । २०१६ […]

August 22, 2021

विष्फोटक ब्याट्सम्यान शाहजादले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चितवन टाइगर्सबाट गतवर्षनै विदेशी खेलाडीको रुपम घोषणा भएका शाहजदले इपिएल खेल्ने पक्का भएको हो । अफगानिस्तानका विष्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । […]

August 20, 2021

इपिएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) को देश भित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा असोज ९ देखि २३ गते सम्म इपिएलको चौथो संस्करण आयोजना हुँदैछ । इपिएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौता पत्र आदान प्रदान गरेको […]

August 15, 2021

इपिएल खेल्ने खेलाडीको तलब बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ । कोरोना महामारीको […]

August 12, 2021

‘सुन्दर देश नेपालमा खेल्न निकै उत्साहित छु’ – चान्डिमल

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले सुन्दर देश नेपालमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने निकै उत्साहित रहेको बताएका छन् । चान्डिमलले शरद भेषावकर कप्तान रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । भैरहवाले बिहिबार औपचारिक रुपमा चान्डिमलले खेल्ने जानकारी दिएको छ । चान्डिमलले पनि सुन्दर देश […]

August 9, 2021

इपिएलले पायो नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो । बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ […]

August 9, 2021

ब्रेथवेट र शोएब मलिकले इपिएल खेल्ने

एजेन्सी – वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् । आगमी असोज ९ देखि टियु मैदानमा सुरु हुने प्रतियोगितामा विश्वकप विजेता ब्रेथवेट र मलिकलले इपिएल खेल्ने पक्का भएको आयोजकले जनाएको छ । आयोजकले सोमबार एक पत्रकार सम्मेलन गर्दै ब्रेथवेट र मलिक इपिएल खेल्ने […]

August 8, 2021

पाकिस्तानका अजिजले चितवनबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]

July 28, 2021

युवा खेलाडीको इपिएल खेल्ने आशा

भूपेन्द्र जिसी, काठमाडौं अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे । इपिएलको […]

Success

Thank you for your time.