September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को यस वर्षको संस्करणको प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलबाट हुने भएको छ । राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा इपिएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे जानकारी दिएका हुन् । डिस्कभरी एसिया प्यासिफिकले सन्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकारी खरिद गरेको हो । नेपालको लागि […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको तीन वर्षभन्दा बढी समय भइसकेको छ । आन्तरिक विवादबाट आजित केहिले सुरुमा आइसिसीको निलम्बनलाई ठिकै मानेका थिए । समय वित्दै जाँदा सुरुमा ठिकै मान्नेहरुले आन्तरिकद्वन्द्व भन्दा पनि आइसिसीको निलम्बन बढी खतरनाक हुने अनुभव गरे । तर, आइसिसीले निलम्बन फुकुवा […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने एसिएल यू १९ क्रिकेट टि ट्वान्टी प्रतियोगिताको सबै तयारी पुरा भएको बताइएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा असोज २ देखी १५ गते चल्ने प्रतियोगितामा देशभरका १६ निजी क्रिकेट एकेडेमीको सहभागिता रहने छ । प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाडौं,विराटनगर क्रिकेट एकेडेमी मोरङ,स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगन्ज […]
September 16, 2019
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ ( क्यान) को निर्वाचन असोज १० र ११ गते हुने भएको छ । यस अघि असोज ३ र ४ मा हुनेभनेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असहमति जनाएपछि अन्यौलमा रहेको थियो । आज काठमाडौंमा राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल,स्वतन्त्र समितिका आईसीसी प्रतिनिधि अमर शेख र इमरान ख्वाजाबीचको […]
September 16, 2019
एजेन्सी – एसेज सिरिजअन्तर्गत पाँचौ टेष्टमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि सानदार जित रचेको छ । घरेलु टोली इंग्ल्यान्डले १ सय ३५ रनले विजयी हुँदा पाँच खेलको टेष्ट सिरिज २-२ को बराबरीमा सकिएको छ । सिरिज बराबरीसँगै अष्ट्रेलियाले एसेज ट्रफी भने रक्षा गरेको छ । इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया […]
September 16, 2019
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्टस जमैका तल्लावाहससँग ४ विकेटले पराजित भएको छ । क्रिस गेल उपस्थित रहेको जमैकाको जारी सीपीएलमा यो पहिलो जित हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । जमैकाको जितमा कप्तान चाडविक वाल्टनले ४२ बलमा ५ छक्का र […]
September 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) –ब्लुबर्ड इन्टरनेसनल कलेजले अन्तर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रोयल केसीटीसी इन्डोर क्रिकेट कोर्ट गोल्फुटारमा आइतबार भएको फाइनलमा ब्लुबर्डले ग्ल्यासियरले कलेजलाई ४२ रनले पराजित गर्दै उपाधि जितेको हो । निर्धारत १० ओभरमा ब्लुबर्डले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ग्ल्यासियरले ७५ रनमात्रै जोड्न सक्यो । ग्ल्यासियरका दिपेन्द्र बोहराले […]
September 15, 2019
एजेन्सी – क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्राईडेन्टसले जमैका तल्लावाह्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती १०:४५ पछि सुरु हुने छ । जमैकामा विश्फोटक ब्याट्सम्यान क्रिस गेल छन् । सुरुवाती चारै खेलमा पराजित भएको जमैका पहिलो जितको खोजिमा छ । यता सन्दीप सम्मिलित बार्बाडोसले […]
September 14, 2019
एजेन्सी – भारतले एसीसी यू१९ एसिया कप २०१९ को उपाधि जितेको छ । फाइनलमा शनिबार बंगलादेशमाथि ५ रनको नाटकीय जित निकाल्दै छैटौं पटक एसीसी यू१९ एसिया कपको उपाधि जितेको हो । १ सय ७ रनको सामान्य लक्ष्य बंगलादेश ३३ ओभरमा अल आउट हुँदै १ सय १ रनमा समेटिएपछि भारतले नाटकीय रुपमा उपाधि हात पारेको हो […]
September 14, 2019
एजेन्सी – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाँच पटकको च्याम्पियन भारत फाइनलमा बंगलादेशसँग १ सय ६ रनमै अल आउट भएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारत ३२.४ ओभरमा १ सय ६ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । […]