May 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सौरभ खनालले अर्धशतक पुरा गरेको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलमाथि फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलमाथि ९५ रनको फराकिलो जित निकालेको हो । प्रतियोगितामा पश्चिमाञ्चलको यो पहिलो जित हो । पश्चिमाञ्चल पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग १६ रनले […]
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाका कारण दोस्रो इनिङ्स शुरु हुन नसकेपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले प्रधानमन्त्रीकप एक दिवसीय क्रिकेटमा अंक बाँडेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार समूह ‘ए’ को मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलबीचको खेल पुनः शुरु हुन नसक्दा अंक बाड्न बाध्य भएका हुन् । मध्यपश्चिमाञ्चलले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले लक्ष्य पछ्याइरहँदा […]
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सोमबार सार्वजनिक गर्दा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित खेलक्षेत्रका छ जनाको नाम समेटिएको छ । गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गर्दा पारससहित पूर्व म्याराथन धावक हरिबहादुर रोकाया, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, उसुकी नीमा घर्तीमगर, तेक्वान्दोकी निशा रावल र […]
May 29, 2017
सुबास हुमागाईं काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले पश्चिमाञ्चललाई डकवर्थ लेविस पद्दतिका आधारमा १६ रनले पराजित गर्दै २ अंक हात पार्यो। पहिलो इनीङमा ३७ ओभर खेलेपछि वर्षाबाधक बनेपछि दोश्रो इनिङ्सको खेलमा २० ओभरमात्र सम्भव हुने भयो। खेल पुन: सुरु भएपछि पश्चिमाञ्चलले १४८ रनको लक्ष्य पायो। दोश्रो […]
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्रीकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबारबाट शुरु भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चललाई डिएल (डकवर्थ लुइस) नियमको आधारमा १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । एपिएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विभागिय टोलीमध्येको एक शसस्त्र प्रहरी बल (एपिएफ) ले नयाँ नीति लिएपछि त्यसमा आबद्ध केही खेलाडीले क्लब छोड्नु पर्ने अवस्थामा पुगेका छन् । जसमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कादेखि बसन्त रेग्मी, शक्ति गौचनजस्ता स्टार खेलाडी समेत परेका छन् । कप्तान पारस अहिले अमेरिका भ्रमणमा छन् […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब राजभानीमा जारी पहिलो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको २०७४ अन्तर्गत समूह ‘बी’को विजेता बनेको छ। विजेता बन्ने क्रममा आर्मीले समूहको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको हो। समूह चरणमा तीनै खेलमा जित हात पारेको आर्मीले ६ […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सुशन भारीले किफायती बलिङ गरेपछि राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा १ सय १० रनको लक्ष्य लिएर उत्रेको आर्मीले ३०.४ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । झिनो लक्ष्य लिएर […]
May 28, 2017
इङ्ल्यान्ड (एजेन्सी) – इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा २–० को अग्रता लिएको छ । बेन स्टोक्सको शतकको मद्दतले शनिबार दक्षिण अफ्रिकालाई २ रन हराउँदै इङ्ल्यान्डले लगातार दोस्रो जित हासिल गरेको हो । आइसीसी च्याम्पियन्स ट्रफीको तयारीका रुपमा हेरिएको श्रृखंलामा शनिबार दक्षिण अफ्रिकाले टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । स्टोक्सको […]
May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाई ८ विकेटले हराउँदा आर्मीका बलर जितेन्द्र मुखियाले ६ विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा सुरुवाती एघारमा स्थान नपाएका जितेन्द्रले दोश्रो खेलमा भने अभिनाश कर्ण घाइते भएपछि मौका पाएका थिए। सुदुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपनि […]