default_image

क्रिकेट

August 25, 2021

नेपाली क्रिकेट टोलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमान पुगेको नेपाली टोलीका सबै खेलाडी, प्रशिक्षक र असिफसलको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । सबै खेलाडी र अफिसलको कोरोनो रिपोर्ट नेगेटिभ आएपछि […]

August 25, 2021

इंग्ल्यान्डका एलेक्सले इपिएल खेल्ने

एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेकले असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) ललितपुर प्याट्रियटर्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षिय मध्यक्रमका ब्याट्सम्यान एलेक्स टोलीमा भित्रिएको जनाएको छ । बायाँ हाते ब्याट्सम्यान उनले ४६ प्रथम श्रेणी, १ सय ६ लिष्ट ए र १ सय ४० टि२० खेल […]

August 25, 2021

फेरि चलेन कोहलीको ब्याटिङ

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इंग्ल्यान्डविरुद्ध तेस्रो खेलको पहिलो इनिङमा सस्तैमा आउट भएका छन् । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले खराब सुरुवात गरेको छ । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर […]

August 25, 2021

नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अइसिसी) ले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ मा (सेप्टेम्बर १३) अमेरिकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार दिउँसो ४ : […]

August 25, 2021

पाँचपोखरीमा ललित, मनोज र विजय सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी, नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवाल र पुलिस क्रिकेट टिमका सदस्य विजय कुमार धिताल सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका पाँचपोखरीमा नगद सहित सम्मानित भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा क्रिकेट खेलकुद सामग्री हस्तन्तरण एवं क्रिकेट ओरेन्टेशन कार्यक्रममा ललित, मनोजसँगै विजय सम्मानित भएका […]

August 25, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको सहज जित, अफ्रिदी सर्वोत्कृष्ट

एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र फवाद आलमको शतकको सहयोगमा पाकिस्तानले दोस्रो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ९ रनले पराजित गरेको छ । योसँगै दुई टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ । जितको लागि ३ सय २९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ८३.२ ओभरमा २ सय १९ रनमा अल […]

August 24, 2021

राष्ट्रिय टोलीमा पूनरागमन गरेका चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यसै महिना ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीविरुद्ध हुने दुई ओडिआई खेलको लागि टोली घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले युवा तीव्र गतिका बलर गुलशन झालाई पहिलो पटक समेट्दै अन्तिम १७ सदस्य टोली घोषणा गरेको छ । त्रिकोणात्मक सिरिज […]

August 24, 2021

आवेदन मागेको एक वर्षमा पनि नियुक्ति भएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौमा मुख्य प्रशिक्षक सहित पाँच पदको लागि खुल्ला आवेदन मागेको थियो । क्यानले मुख्य प्रशिक्षकसँगै, महाप्रबन्धक, वित्तीय प्रमुख, हरेक प्रदेशमा एक एक प्रशिक्षक र क्रिकेट व्यवस्थापक (म्यानेजर) आवश्यक रहेको भन्दै विज्ञापन निकालेको थियो । पुष २ मा मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ ह्वाटमोर, महाप्रबन्धकमा रौनक मल्ल, […]

August 24, 2021

वेस्टइन्डिजविरुद्ध अफ्रिदीको घातक बलिङ

एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा घातक बलिङ गर्दै पाकिस्तानलाई बलियो अवस्थामा पुर्याएका छन् । चौथो दिनको खेल सकिँदा ३ सय २९ रनको कठिन विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा ४९-१ को अवस्थामा छ । पाँचौं दिन वेस्टइन्डिजलाई जितको लागि २ सय ८० रन आवश्यक पर्दा पाकिस्तानलाई ९ विकेट […]

August 24, 2021

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानसँगको त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमानतर्फ प्रस्थान गरेको छ । नेपाली टोली बिहान ८ बजे सलाम एरबाट ओमानतर्फ प्रस्थान गरेको हो । १७ सदस्य खेलाडी, प्रशिक्षक सहित पाँच अफिसल गरि कुल २२ सदस्य टोली ओमान प्रस्थान गरेको छ । ओमान […]

Success

Thank you for your time.