default_image

क्रिकेट

August 16, 2021

नेपालले दुई ओडिआई खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग पहिलो ओडिआई भदौ २० र दोस्रो ओडिआई भदौ २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ । सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत […]

August 16, 2021

पाकिस्तानमाथि वेस्टइन्डिजको रोमन्चक जित

एजेन्सी – वेस्टइन्डिजले पहिलो टेस्ट खेलमा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टेस्ट सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ५६.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । एक समय १५१-९ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई केमार रोच र जयडेन […]

August 15, 2021

रहाणे र पुजाराले टारे भारतको संकट

एजेन्सी – चेतेश्वर पुजारा र अजिंक्या रहाणेको महत्पूर्ण शतकीय साझेदारीको सहयोगमा भारतले इंग्ल्यान्डसँगको दोस्रो टेस्ट खेलमा १ सय ५४ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा भारतले ८२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको अवस्थामा चौथो दिनको खेल सकिएको छ । पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा १ सय ५४ […]

August 15, 2021

इपिएल खेल्ने खेलाडीको तलब बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ । कोरोना महामारीको […]

August 14, 2021

रुटको सानदार शतकमा इंग्ल्यान्डको अग्रता

एजेन्सी – कप्तान जो रुटको सानदार शतकको सहयोगमा इंग्ल्यान्डले भारतबिरुद्ध दोस्रो टेस्ट खेलको पहिलो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले २७ रनको अग्रत लिएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय २१ बलमा १८ चौका […]

August 14, 2021

भारतविरुद्ध रुटको कीर्तिमानी शतक

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध दोस्रो टेस्ट खेलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन् । लर्ड्स मैदानमा जारी खेलमा रुटले तेस्रो दिन दोस्रो सेसनमा शतक प्रहार गरेका हुन् । रुटको शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो इनिङमा ८२ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । रुट २ सय २ बलमा […]

August 14, 2021

पारसको प्रधानमन्त्री देउवासँग भेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पारसले शनिवार प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । देउवाले दुई दशकमा नेपाली किकेटले हासिल गरेका सफलता, कहिल्यै नभुल्ते ती रोमाञ्चक जित र नेपाललाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको भन्दै पारसलाई धन्यावाद दिएका छन् । […]

August 14, 2021

कप्तान ब्रेथवेट चम्कँदा वेस्टइन्डिजको अग्रता

एजेन्सी – कप्तान क्रेग ब्रेथवेट चम्कँदा वेस्टइन्डिजले पाकिस्तानसँगको पहिलो टेस्ट खेलमा अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा वेस्टइन्डिजले ३४ रनको अग्रता लिएको छ । वेस्टइन्डिज ८७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको छ । कप्तान क्रेग बेथवेटले २ सय २१ बलमा १२ चौका सहित सर्वाधिक ९७ रनको योगदान दिए । हसन […]

August 14, 2021

भारतविरुद्ध इंग्ल्यान्डको मध्यम प्रदर्शन

एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा घरेलु टोलीले मध्यम प्रदर्शन गरेको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिङमा ४५ ओभरमा ३ विकेट गुमाउँदै १ सय १९ रन बनाएको छ । इंग्ल्यान्ड २ सय ४५ रनले पछि छ । इंग्ल्यान्डका कप्तान जो रुट ७५ बलमा ६ चौका सहित ४८ रनमा अविजित छन् । रुटलाई जोनी […]

August 13, 2021

कोहलीपछि यू-१९ विश्वकप जिताएका कप्तानले लिए सन्न्यास

एजेन्सी – यू१९ विश्वकप विजेता कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान उन्मुक्त चन्दले २८ वर्षकै उमेरमा भारतीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय सिनियर टोलीमा लामो प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले सन्न्यासको घोषणा हुन् । एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिएको थियो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् […]

Success

Thank you for your time.