August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने भएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई खेलको सिरिजको लागि तयारी स्वरुप नेपालले पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क प्रा.ली बीच मंगलबार सम्झौता […]
August 31, 2021
एजेन्सी – मुम्बईसँग दोस्रो एकदिवसिय अभ्यास खेलमा ओमान २ सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलको सिरिज मुम्बईले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि ३ सय १ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमान २२.५ ओभरमा मात्र ६९ रनमा अल आउट हुन पुग्यो । ओमानका […]
August 31, 2021
एजेन्सी – दक्षिण अफ्रिका चर्चित तीब्र गतिका बलर डेल स्टेनले अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३८ वर्षिय स्टेनले मंगलबार अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यास लिएको जनाएका छन् । स्टेनले दुई वर्षअघि टेस्टबाट सन्न्यास लिएका थिए । स्टेनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । उनले ९३ टेस्टको १ सय ७१ इनिङमा […]
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । इपिएलले मंगलबार विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कार रकम घोषणा गरेको हो । विजेताले ५० र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो पुरस्कार रकम हो । यसअघि नेपाली […]
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भुटान क्रिकेट टोलीका युवा ब्याट्सम्यान रञ्जंग मिक्यो दोर्जीले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् । दोर्जीलाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर प्याट्रियटर्सले टोलीमा अनुबन्ध गरेको हो । उनले २०१९ को १३ औं दक्षिक्षण एसियाली खेलकुद (साग) मा नेपालविरुद्ध टि२० आईमा डेब्यू गर्दै २७ रन बनाएका थिए । उक्त खेलमा […]
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा बाँया हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले न्यूनतम ५० हजार मूल्यमा दुर्गेशलाई टोलीमा अनुबन्ध गरेको हो । दुर्गेशले पहिलो संस्करणको धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । धनगढीविरुद्ध खेल्ने मौका पाउँदा एक विकेट लिएका थिए । […]
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई बायाँ हाते तीव्र गतिका युवा बलर कमल खत्री र रिजन ढकालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) साविक विजेता ललितपुर प्याट्रियटर्सबाट खेल्ने भएका छन् । ललितपुरले दुई बायाँ हाते तीव्र गतिका बलर कमल र रिजनलाई टोलीमा अनुबन्ध गरेको हो । यी दुबै खेलाडीलाई ललितपुरले न्यूनतम मूल्य ५० हजारमा टोलीमा अनुबन्ध […]
August 31, 2021
भुपेन्द्र जिसी, काठमाडौं उमेर समूह कुनैपनि खेलाडीको खेल्ने अवधि निश्चित हुन्छ । छोटो समयमा क्षमता प्रस्तुत गर्न नसके खेलाडी खेलबाटनै बिलय हुने डर हुन्छ । कोरोना महामारीले सबैभन्दा बढी असर क्रिकेटमा उमेर समूहलाई गर्यो । महामारीमाको संकटमा अन्तर्राष्ट्रिय सिरिज, प्रतियोगिता र फ्रेन्चाइज लिगहरु भए । तर टेस्ट र एसोसियट दुवैतर्फ उमेर समूहको क्रिकेट गतिविधि शून्य रह्यो […]
August 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश दुईका अनुवभी ब्याट्सम्यान हसिम अन्सारी र बागमती प्रदेशका युवा तीव्र गतिका बलर गौतम केसीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । हसिम र गौतम न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध भएका हुन् । हसिम प्रदेश दुईका अनुभवी ब्याट्सम्यान हुन् । एक दशक भन्दा लामो समयदेखि […]
August 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका युवा ब्याट्सम्यान देव खनालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । चितवनले देव खनाल र नेपाली क्रिकेट टोलीका अलराउन्डर राजेश पुलामी मगरलाई न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो । देव पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । गत माघमा भएको प्रधानमन्त्री […]