default_image

Featured

February 16, 2019

दाउफिन्सलाई बुढासुब्बा गोल्डकप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दाउफिन्स फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै २१ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार धरान रंगशालामा भएको फाइनलमा दाउफिन्सले धरानलाई टाइब्रेकरमा ३-२ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । उपाधिसँगै दाउफिन्सले ८ लाख रुपैयाँ पुरस्कार पक्का गरेको […]

February 16, 2019

उग्वेनलाई हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार फुन्त्सोलिलिङमा भएको खेलमा थ्री स्टारले उग्वेन एकेडेमीलाई सडन डेथमा ५-४ ले पराजित गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । वर्षाका कारण निकै कठिन मौसममा खेलको […]

February 16, 2019

धनगढी बाहिरियो,काठमाडौं दुई खेल अगावै प्ले अफमा !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएलको) दशौं खेल वर्षाका कारण सम्भव नहुँदा महेन्द्रनगर युनाइटेड र धनगढी स्टार्सले पनि १-१ अंक बाडेंका छन् । यससँगै सोमपाल कामी कप्तान रहेको साविक विजेता धनगढी समुह चरणबाटै बाहिरिएको छ । बिहीबार राती र शुक्रबार परेको पानीले गर्दा फाप्ला क्रिकेट मैदानमा हिलोको कारण खेल्न नमिलेपछि […]

February 16, 2019

नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना हुने आइसीसी महिला एसिया छनोट–२०१९ का लागि नेपाली महिला क्रिकेट टोली आज त्यतर्फ प्रस्थान गरेको छ । एसिया छनोटबाट एक टोलीले सन्२०२० र २०२१ मा हुने टि-२० र एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशव कुमार विष्ट, पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक […]

February 16, 2019

तिलोत्तमा गोल्डकप आज सुरु हुँदै, झापा र एपिएफ भिड्ने

दिपक न्यौपानेबुटवल – बुटवलको प्रतिष्ठित तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको २१ औं संस्करण आज सुरु हुँदैछ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत नेपाल एपिएफ क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ । समूह कपमा क्यामरुनको दाउफिन्स एफसी, सुनसरी ११ र लाली रुपन्देही रहेका छन् । त्यस्तै समूह खमा च्यासल […]

February 16, 2019

रोड रेसमा गजेन्द्र र विश्वरुपा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ओपन रोड रेसमा विगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढा च्याम्पियन बनेका छन् । प्यारागन स्कुलले हरेक वर्ष आयोजना गर्ने ओपन रोड रेसको गजेन्द्र पुरुषतर्फ र विश्वरुपा महिलातर्फ च्याम्पियन बनेको हो । च्याम्पियन बन्ने क्रममा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा […]

February 16, 2019

रुस्लान डिपिएल – विराटनगर र काठमाडौंले अंक बाडें

धनगढी (हाम्रो खेलकुद)- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएलको) को नवौं खेल अन्तरगत विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सले मैदान हिलो भएको कारण खेल हुन नसक्दा १-१ अंक बाडेंका छन् । शुक्रबार परेको पानीले मैदानमा खेल्न योग्य नभएपछि दुबै टोलीले अंक वाड्न बाध्य भएका हुन् । यो अंक बाडेंसँगै काठमाडौं तीन खेलबाट ५ अंकका साथ […]

February 16, 2019

नेयमार नहुँदा भिनिसियसलाई ब्राजिलको जिम्मेवारी

एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीले अर्को महिना दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलका लागि स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियरले सिनियर टोलीबाट मौका पाउने भएका छन् । ब्राजिलले मार्च २३ मा पानामा र मार्च २६ मा चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । उक्त दुई खेलका लागि […]

February 16, 2019

नेयमार बार्सिलोना फर्कने सम्भावना छैन

बार्सिलोना (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पुनः बार्सिलोना फर्कने सम्भावनाका विषयलाई बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले अस्वीकार गरेका छन् । अध्यक्ष बार्टोमेउले आयक्सका रक्षक माथिस डे लिट प्रति भने क्लबको चासो रहेको बताएका छन् । नेयमार सन् २०१७ मा कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । उनी […]

February 16, 2019

युभेन्टसको सहज जित, अपराजित यात्रा कायमै

एजेन्सी – इटालियन लिगको साविक विजेता युभेन्टसले लिगअन्तर्गत शुक्रबार फ्रोसिनोनेलाई ३-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ । लिगको शीर्षस्थानमा अग्रता बढाउने क्रममा युभेन्टसले खेलको सुरुवाती समयदेखि दवाव बनाएको थियो । छैटौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले दिएको पासमा पाउलो डिबालाले गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाए । १७ अौं मिनेटमा लिअोनार्डो बोनुचीले दोस्रो गोल […]

Success

Thank you for your time.