January 13, 2019
धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अाइतबार धनगढी रंगशालामा निरकुमार राईको एकमात्र गोलमा पुलिस १-० ले विजयी रहयो । निकै प्रतिस्पर्धात्मक खेलको ११ अौं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई […]
January 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चार जिल्ला फुटबल संघ (एन्फा) ले निर्वाचनमा भएको अनियमितताको आरोपका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रिय समितिमा छलफल गर्ने भएको छ । वैशाख २२ गते निर्वाचित कार्यसमितिको बिहीबार (माघ ३ गते) लागि तय भएको बैठकमा अनियमिततालगायत विभिन्न १० एजेन्डा तय गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् । काठमाडौं, […]
January 13, 2019
दिपक बोहोरा, पाँचथर फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको उपाधिको लागी त्रिभुवन आर्मी क्लब र झापा ११ फुटबल क्लब तयार रहेको दुवै टिमका प्रशिक्षकहरुले जानकारी दिएका छन् । आज भएको पत्रकार भेटघाटमा दुबै प्रशिक्षकहरुले उपाधिको लागी तयार रहेको बताएका हुन् । सोमबार फिदिम माविको खेल मैदानमा उपाधिको लागी आर्मी र झापा प्रतिस्पर्धा गर्दैछन् । झापाले […]
January 13, 2019
एजेन्सी – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार तेर्थाई क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले प्रस्तुत गरेको ६२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० […]
January 13, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मलेसियाले नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १९.३ ओभरमा अल आउट हुँदै ६१ रनमा समेटियो । मलेसियाका लागि युसिरिना यकोपले ११, सोलो टिजीन यी १२, मेस एलियसा एसमिन र विनिफ्रेड डुराईसिंगमले समान ९-९ रन जोडे । […]
January 13, 2019
धनगढी (हाम्रो खेलकुद) – लिग विजेता सिग्नेचर मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लब तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो क्वाटरफाइनलमा खेल्दै छन् । आइतबार धनगढी रंगशालामा दिनको २:३० बजे सुरु हुने खेलमा दुवै टोली अन्तिम चारमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित अगाडी बढ्नेछन् । पुलिसले पहिलो खेलमा मोरङ फुटबल क्लबलाई पराजित गर्दा युवा फरवार्ड […]
January 13, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टस र एसी मिलान कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपा इटालिया अन्तर्गत शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान स्थान पक्का गरेको हो । बोलोग्नाको मैदानमा भएको खेलमा युभेन्टसले खेलको नवौं मिनेटमा अग्रता बनाएको थियो । फेडरिको बर्नारडेस्चीले गोल गरे […]
January 13, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एमिनसलाई ३–० ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । एमिन्सको मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा एडिन्सन […]
January 13, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । चेल्सीले न्युक्यासललाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र विलियनले गोल गरे । पराजित टोलीका लागि कियरन क्लार्कले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा नवौं मिनेटमा नै चेल्सीले पेड्रोको गोलबाट […]
January 13, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राइटनमाथि १–० को कठिन जित निकालेको हो । लिभरपुलको कठिन जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनालटीमा गरेको गोल नै निर्णायक बन्यो । ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित […]