default_image

ए डिभिजन लिग

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 1, 2025

राष्ट्रिय लिगपछि ‘ए’ डिभिजन लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिको निर्णय भन्दा पछि मात्र राष्ट्रिय लिग आयोजना हुने भएको छ। एन्फा कार्यसमितिको आज बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग पुस २५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यसअघि पुस ९ गते गर्ने निर्णय भएको थियो। राष्ट्रिय लिग सकिएको एक महिनापछि ९ सय ४ दिनदेखि हुन नसकेको […]

November 30, 2025

फुटबल खेलाडी संघ भन्छ – ‘आन्दोलन रोकिएको छैन’

काठमाडौं (हाम्रो खेलकुद)- तीन पक्षीयबीच बनेको समझदारी अनुरुप अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको अब बस्ने बैठकबाट सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक घोषणा हुने विश्वास नेपाल फुटबल खेलाडी संघले व्यक्त गरेको छ। एन्फालाई समझादारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै खेलाडी संघले आइतवार प्रेस विज्ञप्ति हाम्रो माग पूरा नभएसम्म आन्दोलन कायमै रहनेछ। ‘ […]

November 12, 2025

ए डिभिजन क्लबले मन्त्रीलाई भने- ‘होम र ट्रेनिङ ग्राउन्ड चाहिन्छ ‘

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन क्लबले सरकारसँग होम‌ र ट्रेनिङ ग्राउन्ड उपलब्ध गराइदिएको खण्डमा आफूहरु लिग खेल्न तयार रहेको बताएका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले बोलाएको बैठकमा आज क्लबहरुले यस्तो माग राखेका छन् । सहभागी सबैले आ आफ्नो भनाई राखेपछि मन्त्री गुप्ताले सिमित साधन श्रोत भएकाले सम्झौता गरेर लिग गर्नु पर्ने […]

November 11, 2025

लिगका विषयमा खेलकुद मन्त्री गुप्ताले सरोकारवालासँग छलफल गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सहिद स्मारक लिगका विषयमा आज सरोकारवालाहरुसँग छलफल गर्दैछन्। छलफलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिव, सबै क्लबका १४ ए डिभिजन क्लबका समान  १ जना पदाधिकारी प्रतिनिधी, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष एवम् महासचिव तथा फुटवल टोली कप्तान बोलाइएको छ। मन्त्रीको निजी सचिवालयबाट प्राप्त […]

November 10, 2025

वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने फुटबल खेलाडी संघको माग

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुसँग गर्ने वार्ताको प्रत्यक्ष प्रसारण गर्न नेपाल फुटबल खेलाडी संघले माग गरेको छ। साधारण सभाबाट पास गरिएको मितिमा नै ए डिभिजन लिग सुरु गर्नु पर्ने मागसहित बिहीवार फुटबल खेलाडी संघले एन्फा विरुद्ध धर्ना प्रदर्शन गरेको थियो। एन्फाले एक साता भित्र लिग गर्ने निश्चिततासहितको तालिका प्रस्तुत नगरे […]

November 6, 2025

एन्फा गेटमा फुटबल खेलाडीको धर्ना प्रदर्शन

ललितपुर (हाम्रो खेलकुद)- सहिद ए डिभिजन लिग हुनु पर्ने मागसहित नेपाल फुटबल खेलाडी संघले आज सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय बाहिर शान्तिपूर्ण धर्ना प्रदर्शन गरेको छ। संघले नेतृत्व गरेको सडक संघर्षको पहिलो कार्यक्रम धर्नामा राष्ट्रिय टोली खेलाडी, डिभिजन लिगका खेलाडी, राष्ट्रिय फुटबल टोली पूर्व कप्तान फुटबल र समर्थकको उपस्थिति रहेको थियो। बिहान […]

November 4, 2025

जेन-जी फ्रन्टद्वारा एन्फा नेतृत्वको राजीनामा माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जेन जी फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको राजीनामा मागेको छ। एन्फा र केही क्लबहरूबीच यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको खबरप्रति फ्रन्टले गम्भीर ध्यानाकर्षण भएको छ जनाएको छ । ‘यो नेपाली फुटबलको भविष्यमाथि गरिएको खुला हमला र […]

November 3, 2025

खेलाडीले एन्फा र क्लबको लागि खेलिदिनु पर्ने?

सरिता श्रेष्ठ, काठमाडौं सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो पटक सकिएको आज दुई वर्ष ४ महिना अर्थात् ८ सय ७६ दिन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिग क्लबबीच अर्को वर्ष (२०८३) पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको छ। यसको अर्थ करिब ४ सय २६ […]

Success

Thank you for your time.