November 2, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका डिफेन्डर दिनेश राजवंशी नेपाल सुपर लिग (एनएसएल) खेल्न स्वदेश आउने पक्का भएको छ । पोखरा थन्डर्सले एनएसएलको दोस्रो संस्करणका लागि दिनेशलाई आफ्नो आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको छ । उनले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए। अघिल्लो सिजन ए डिभिजन लिगमा […]
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनी एफसीले क्यामरुनियन फरवार्ड स्टेफन समिर बिनोङ लाई अनुबन्ध गरेको छ। बुटवलले सोमबार बिनोङलाई अनुबन्ध गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट खेलेका उनले काठमाडौंको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेलेका थिए। नेपाल आएदेखि उनका क्यामरुनियन फरवार्ड जोडी मेसुके ओलोमाेउ सँग एउटै टोलीमा […]
October 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली धनगढी एफसीले सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी फलू डियाग्नेलाई अनुबन्ध गरेको छ । दशरथ रंगशालामा मंसिर ८ गते सुरु हुने एनएसएलको दोस्रो संस्करणका लागि धनगढीले यूरोपियन लिगहरु खेलिसकेका रक्षक डियाग्नेलाई भित्राएको हो । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले शनिबार विज्ञप्ति जारी […]
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले प्रशिक्षक राकेश श्रेष्ठलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडैं रेजर्सले बुधबार विज्ञप्ती जारी गर्दै श्रेष्ठको नियुक्ती सार्वजनिक गरेको हो। काठमाडौं रेजर्सले एनएसएलको पहिलो संस्करणको उपाधि जित्दा श्रेष्ठ नै सहायक प्रशिक्षकको भूमिकामा थिए । त्यति बेलाका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनलाई रेजर्सले सोही भूमिकामा […]
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेर्जसले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणका लागि पनि बालगोपाल महर्जनलाई नै मुख्य प्रशिक्षक नियुक्त गरेको छ । समकालिन प्रशिक्षकमा सबै भन्दा सफल प्रशिक्षक महर्जनकै प्रशिक्षणमा काठमाडौं रेर्जसले एनएसएलको उपाधि जितेको थियो। महर्जनकै प्रशिक्षणमा यो सिजन चर्च ब्वाईज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो। नेपाली राष्ट्रिय टोलीलाई बंगबन्धु […]
October 7, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफ.सी.ले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको हो । खड्का र नीराजन रायमाझीले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गरेका छन् […]
October 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली हो । धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार पवी यो सिजनको […]
October 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरे नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा एफसीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत घिमिरेलाई झापाको सहायक प्रशिक्षकमा घोषणा गरिएको हो यद्यपि झापाले मुख्य प्रशिक्षक भने नियुक्त गरिसकेको छैन। सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो सिजनमा घिमिरे पुलिसको मुख्य […]
October 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ। विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए । […]
October 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को लागि झापा एफ.सी. ले नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको जानकारी दिएको हो । पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर नाडाले हाले सुविधा सहित बाँसबारीमा आफ्नो सेवा सुरु […]