default_image

नेपाल सुपर लिग

November 27, 2023

झापामाथि इलामको जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्टिङ इलाम डे मेची फुटबल क्लबले नेपाल सुपर लिगमा आफ्नो पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा सोमबार झापा फुटबल क्लबलाई १-० ले पराजित गर्दै इलामले एनएसएलको पहिलो जित दर्ता गर्यो । यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित इलामले अमाथ एनडाको गोलमा जित हासिल गरेको हो । झापा भने पहिलो […]

November 27, 2023

नवप्रवेशी इलाम र झापा पूर्वेली डर्बीमा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत सोमबार हुने खेलमा दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्पोर्टिङ्ग इलाम डे मेची भिड्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । इलाम प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स विरुद्धको हार उल्ट्याउँदै सुखद नतिजा ल्याउने दाउमा हुनेछ । झापा एफसीको भने विजयी सुरुवातको […]

November 26, 2023

धनगढीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – बेन्चबाट छिरेका अहमद हिजाजीले अन्तिम समयमा गरेको गोलको मद्दतले धनगढी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । खेल १-१ को अवस्थामा हिजाजीले ९०औं मिनेटमा गोल गरेपछि धनगढीले जित हासिल गरेको हो । धनगढीका लागि सुरुवाती गोल फोडे फोफानाले गरेका थिए भने विरगन्जका लागि हान्स क्वोफीले एक गोल […]

November 26, 2023

धनगढी र वीरगन्ज बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा धनगढी एफसी र विरगन्ज युनाइटेड एफसीले हाफ टाइम सम्म १-१ को बराबरी खेलेका छन् । धनगढीका लागि फोडे फोफानाले गोल गरेका हुन् भने विरगन्जका लागि हान्स क्वोफीले गोल गरे । खेलको दोस्रो मिनेटमा नै धनगढीले फोडे फोफानाको गोल मार्फत खेलमा अग्रता […]

November 26, 2023

धनगढी र विरगन्ज भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको तेस्रो दिन आज गत सिजनको उपविजेता धनगढी एफसी र नवप्रवेशी टोली मध्यको एक विरगन्ज युनाइटेड एफसी भिड्दै छन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । धनगढीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका आशिष चौधरी रहेका छन् । यस्तै युगल किशोर राईले धनगढीको प्रशिक्षण गर्ने […]

November 25, 2023

ललितपुरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत आज दिनको दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध २-० को जित हासिल गरेको छ । ललितपुरका लागि दिनेश हेन्जन र अनन्त तामाङले एक एक गोल गरेका हुन् । खेलको नवौं मिनेटमा ललितपुरका पापा केबेले सञ्जित राईको क्रसमा हेडर प्रहार गर्न सकेनन् । ११औं मिनेटमा […]

November 25, 2023

ललितपुरको पहिलो हाफमै २ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत आज दिनको दोस्रो खेलको पहिलो हाफमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध दुई गोलको अग्रता लिएको छ । ललितपुरका लागि दिनेश हेन्जन र कप्तान अनन्त तामाङले एक एक गोल गरेका हुन् । खेलको नवौं मिनेटमा ललितपुरका पापा केबेले सञ्जित राईको क्रसमा हेडर प्रहार गर्न सकेनन् । […]

November 25, 2023

पोखरासॅग चितवन स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवन माथि १-० को जित निकालेको हो । पोखराका लागि विदेशी खेलाडी मोसेस ट्वमले खेलको एकमात्र गोल गरे । खेलमा दुवै टोलीले अवसर भने सिर्जना गरेका थिए । आठौं मिनेटमा चितवनका टोरिक जेब्रिनको […]

November 24, 2023

साविक विजेता काठमाडौंको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी भएको छ । काठमाडौँले नवप्रवेशी टोली स्पोर्टिङ इलाम एफसी माथि १-० को जित निकालेको हो । काठमाडौंका लागि राजीव लोप्चनले खेलको एकमात्र गोल गरे । भव्य उद्घाटन समारोहका साथ दशरथ रंगशालामा सुरु भएको एनएसएलको दोस्रो संस्करणको पहिलो खेलमा दुवै टोलीले सोचे […]

November 24, 2023

इलाम र काठमाडौं पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम एफसीले गोलरहित बराबरी खेलेका छन् । भव्य उद्घाटन समारोहका साथ दशरथ रंगशालामा सुरु भएको एनएसएलको दोस्रो संस्करणको पहिलो खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेका छैनन् । पाँचौं मिनेटमा काठमाडौंका शोखरुखको फ्री किक इलाम गोलरक्षक विकेश कुथुले सहजै […]

Success

Thank you for your time.