default_image

नेपाल सुपर लिग

November 24, 2023

एनएसएलको उद्घाटन खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा आयोजकले भव्य उद्घाटन समारोहका बीच दोस्रो सिजन सुरु गर्ने तयारी गरेको छ । साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र तीन नयाँ टोली मध्यको एक स्पोर्टिङ्ग इलाम एफसी डे मेचीले […]

November 24, 2023

एनएसएल-२ अनुमान : कागजमा केहि अब्बल, केहिलाई प्लेअफ नै कठिन

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । ३ नयाँ टोलीसहित ९ टोलीले प्रतिस्पर्धा गर्ने लिगमा यसपटक एक समयमा ५ विदेशी खेलाडी उतार्न पाउने नियम छ । ३ क्लबले विदेशी प्रशिक्षक भित्र्याउँदा अक्सनमा छानेको खेलाडीबाट क्लबहरु उपाधि जित्ने यात्रामा अघि बढ्दैछन् । प्रस्तुत छ सहभागी ९ टोलीको […]

November 22, 2023

दर्शकको उपस्थितिले एनएसएल अझै भव्य हुने अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बुधबार एक पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । कोभिड संक्रमणको समयमा बिना दर्शक आयोजना भएको पहिलो संस्करणको अपार सफलतापछि दोस्रो संस्करणमा केहि फरक माहोल हुँदैछ । […]

November 21, 2023

अनन्तको चोट सामान्य, एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्ध मंगलबार भएको फिफा विश्वकप २०२६ छनोटको खेलमा घाइते भए । चोट बोकेपछि स्ट्रेचरमा बाहिर लगिएका अनन्तको स्थिति सामान्य रहेको छ । खेलपछि बोल्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अनन्तको स्थिति सामान्य रहेको बताएका हुन् । चोटका कारण यूएईविरुद्ध भएको पहिलो खेल गुमाएका अनन्तले यमनविरुद्ध […]

November 18, 2023

आवास झापा एफसीको आइकोनिक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले आवास लामिछाने आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दोस्रो संस्करणको एनएसएलका लागि आवासलाई आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गर्न पाउँदा टोली उत्साहित रहेको झापाले शनिबार प्रेस विज्ञप्तीमार्फत जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका लागि ९ क्याप जितिसकेका आवास पनि झापामा जोडिएर उत्साहित रहेको […]

November 9, 2023

अष्ट्रेलियाबाट एनएसएल खेल्न आएका दिनेश प्रहरी हिरासतमा!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन खेल्न अष्ट्रेलियाबाट आएका डिफेन्डर दिनेश राजवंशी प्रहरी हिरासतमा रहेको खुल्न आएको छ । एनएसएलको पोखरा थन्डर्सले शुक्रबार दिनेशलाई नेपालमा स्वागत गरेको थियो । त्यसयता केहि दिन क्लबसँगै प्रशिक्षण गरेका दिनेशले राष्ट्रिय टोलीविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पनि सभागिता जनाएका थिए । तर त्यसपछि उनी क्लबको प्रशिक्षणमा सहभागी […]

November 6, 2023

ओमप्रकाश धनगढी एफसीमा अनुबन्धित

धनगढी (हाम्रो खेलकुद) – धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइज सी डिभिजनबाट बी डिभिजनमा बढुवा हुँदा टोलीमा रहेका ओमप्रकाशलाई धनगढीले भित्राएकाो हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट विभिन्न गोल्डकपहरु समेत खेलेका ओमप्रकाश र […]

November 4, 2023

तेजले वीरगन्ज युनाइटेडबाट एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर तेज तामाङ नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आउने पक्का भएको छ । वीरगन्ज युनाइटेडले एनएसएलको दोस्रो संस्करणका लागि तेजलाई आफ्नो आईकोनिक खेलाडीका रुपमा सार्वजनिक गरेको छ । तेजले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए। यसअघि दिनेश राजवंशी पोखरा थन्डर्सका आइकोनिक खेलाडीको […]

November 4, 2023

एन्फाले विशेष साधारण सभा रोक्न नपर्ने !

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साताका लागि तय विशेष साधारण सभा रोक्न नपर्ने भएको छ । विशेष साधारण सभा रोक्न माग भएपनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । अब मकवानपुरको हेटौंडामा कात्तिक २३ गते बोलाइएको विशेष साधारण सभा गर्न एन्फालाई बाटो खुलेको छ । […]

November 4, 2023

ट्यापआउट इलामको फिटनेस पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिगको नयाँ टोली स्पोर्टिङ्ग इलाम डि मेचीले ट्यापआउट फिटनेससँग सम्झौता गरेको छ। सम्झौता अनुसार ट्यापआउट फिटनेस इलामको फिटनेस पार्टनर रहने इलामले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। स्पोर्टिङ इलाम एफसीका प्रमुख कार्यकारी अधिकृत पियुष बहादुर न्यौपाने, प्रशिक्षक मेघराज केसी र ट्यापआउट फिटनेसका निर्देशक यलम्बर राई, ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेको सम्झौता […]

Success

Thank you for your time.