May 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (आइतबार) एकमात्र खेलमा प्रतिस्पर्धा हुदा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी आमने सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ । पोखरा थन्डर्स ललितपुरलाई पराजित गर्दै शीर्षस्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । पोखरा तीन खेलमा समान एक […]
May 1, 2021
प्रकाश तिमल्सिना, काठमाडौं यसैपनि बहुचर्चित लिग, त्यसमाथि पनि कोरोना संक्रमणका कारण नेपालमा भइरहेको एकमात्र प्रतियोगिता, नेपाल सुपर लिग (एनएसएल) अहिले स्वदेशमामा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुका लागि पनि देशको फुटबल नजिक हुने माध्यम बनेको छ । नेपाली फुटबलको विकासको नारा लिएर लिग संचालन भइरहेको लिगमा खेलाडीको प्रदर्शनमा उतारचढावको क्रम जारी छ । तर रेफ्रीको स्तरलाई […]
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्विनी एफसी र विराटनगर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा रोमाञ्चक बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बुटवल लुम्बिनी र विराटनगरले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुनिल खड्काले गोल गर्दै विराटनरगलाई हारबाट जोगाएका हुन् । बुटवल […]
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्विनी एफसी र विराटनगर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको पहिलो हाफमा बुटवल लुम्विनी एफसी र विराटनगर सिटी एफसीले १–१ गोलको बराबरी खेलेका हुन् । ओमोलाजा नुरेन करिमको गोलबाट बुटवल लुम्विनीले अग्रता लिदा पेड्रो मान्जीको गोलबाट […]
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओमोलाजा नुरेन करिमको गोल सहयोगमा बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको छैटौ मिनेटमा नुरेनले गोल गर्दै बुटवल लुम्विनीलाई अग्रता दिलाएका हुन् । पाँचौ मिनेटमा अमिर श्रेष्ठको फ्रिकिकलाई विराटनगर सिटीका गोलरक्षक किशोर गिरीले पञ्च […]
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै तीन गोल निस्किएपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनमाथि ३–० को सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा धनगढीको जितमा निशान लिम्बु, ओलावाले ओलाडिपो आफिज र बुद्ध बल तामाङले गोल गरे । पहिलो हाफमा दवावमा खेलेको धनगढीले दोस्रो […]
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसी र एफसी चितवनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् । धनगढी र चितवनले गोलरहित बराबरी खेलेका हुन् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको २३औं मिनेटमा शिशिर लेखीको क्रस पासमा गोरान जर्काेभिचको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा जर्ज प्रिन्स कार्कीको भली […]
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार २:३० बजे हुने खेलमा धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । धनगढी चितवनलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । धनगढी ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । धनगढीले […]
April 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स र पोखरा थन्डर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका सुवर्ण अवसर खेर पाल्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको पाँचौ मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा गोलरक्षक विकेश […]
April 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स र पोखरा थन्डर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । बल पोसेसनमा बलियो पकड बनाएपनि पोखराले फिनिसिङ गर्न सकिरहेको छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको पाँचौ मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा गोलरक्षक विकेश कुथुले बचाउँदा […]