default_image

नेपाल सुपर लिग

April 30, 2021

विकास तामाङ ५ महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका रक्षक विकास तामाङ कम्तीमा ५ महिना मैदान बाहिर रहने भएका छन् । दायाँ खुट्टाको गोलीगाँठामा चोट लागेपछि मंगलबार बिएण्डी अस्पतालमा शल्यक्रिया गराएका विकास अहिले भक्तपुर सरस्वतीखेलस्थित घरमा आराम गरिरहेका छन् । डा. अमित जोशीको टोलीले उनको खुट्टाको शल्यक्रिया गरेको थियो । चोटकै कारण उनले खुकुरी नेपाल सुपर लिग […]

April 30, 2021

शीर्षस्थानमा उक्लन काठमाडौं र पोखरा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शुक्रबार) एक खेलमा प्रतिस्पर्धा हुदा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच खेल हुँदैछ । काठमाडौं र पोखराबीचको खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुवै टोली लिगमा दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने योजनामा हुनेछन् । काठमाडौं दुई खेलबाट ३ अंक जोडेर चौथो तथा […]

April 30, 2021

एनएसएलमा पर्याप्त विश्राम नपुगेको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा सामान्यता एउटा खेलपछि खेलाडीलाई अर्को खेलअघि ४८ घण्टा आराम दिनुपर्ने हुन्छ । यद्दपी त्यो पर्याप्त भने होइन । अन्तर्राष्ट्रिय पद्दति अनुसार ७२ घण्टाको आरामलाई उपयुक्त मानिन्छ । अहिले दशरथ रंगशालामा जारी देशकै पहिलो फेन्चाईज लिग खुकरी सुपर लिग (एनएसएल) का खेलाडीले भने पर्याप्त आराम पाइरहेका छैनन् । वैशाख ११ गते सुरु […]

April 29, 2021

रन्जनको गोलमा ललितपुर हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुर र धनगढीले १–१ गोलेको बराबरी खेल्दै अंक बाँडेका हुन् । धनगढीका ओलावाले ओलाडिपो आफिजले गोल गर्दा ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काएका थिए । खेलको पाँचौ […]

April 29, 2021

नुर्लान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोब्रुजोभ जाहिद पेनाल्टीमा चुक्दा ललितपुर सिटी एफसीले र धनगढी एफसीसँग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड बनाउँदै आक्रमण बुनेपनि ललितपुर सिटी एफसीले फिनिसिङ गर्न सकिरहेका छैनन् ।खेलको पाँचौ मिनेटमा मार्की खेलाडी तथा कप्तान अन्जन विष्टले गोल गरेपनि […]

April 29, 2021

विदेशी खेलाडीको प्रभाव खोज्दै एनएसएल

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुदमा क्रिकेटबाट भित्रिएको फ्रेन्चाइज शैलीको प्रतियोगिता अहिले फुटबलमा चलिरहेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी लिगको दोस्रो चरणको खेल सम्पन्न भए । दुई वर्षअघि प्रतियोगिता घोषणा हुने बेलामा नै लिगले नेपाली फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने महत्त्वाकांक्षी लक्ष्य राखेको थियो […]

April 29, 2021

पुछारको ललितपुरको सामना गर्दै धनगढी

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (बिहीबार) एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा ललितपुर सिटी एफसीले धनगढी एफसीको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । दुई खेलमा जित निकाल्न नसकेको ललितपुर धनगढीलाई हराउँदै लिगमा पहिलो जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रनेछ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले […]

April 28, 2021

प्रिन्सलाई धैर्यले दिलाएको अवसर

प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो केहि साता त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीका लागि निकै कठीन रह्यो । लामो समय राष्ट्रिय टोलीमा प्रशिक्षणमा रहेर पनि अन्तिम समयमा चोटका कारण थ्री नेसन्स कपमा पर्न असफल भए । चोटकै कारण एनएसएल अक्सनमा अभागी सावित भएका प्रिन्सले एएफसी कप छनोट पनि खेल्न पाएनन् । तर मंगलबार साँझ एनएसएल खेल्ने […]

April 28, 2021

नवयुगको गोलमा पोखराको जित

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्ड नवयुग श्रेष्ठको गोलमा पोखरा थन्डर्सले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसीलाई १–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नवयुगले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै पोखराको जितमा निर्णायक बन्यो । नवयुगले ८३औं मिनेटमा मौसा अब्बाको फ्रिकिकलाई […]

April 28, 2021

बुटवल लुम्बिनीको पूनरागमनसँगै चितवन जितबाट वञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – दुई गोलको अग्रता जोगाउन नसक्दा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । दुई गोलले पछि परेको अवस्थामा बुटवल लुम्विनीले उत्कृष्ट पूनरागमन गर्दै बराबरी गरेपछि चितवन जितबाट वञ्चित बन्यो । चितवनका लागि जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल […]

Success

Thank you for your time.