default_image

फुटबल

January 1, 2020

आर्मीले रुस्लान थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले र सन्तोष तामाङले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । यससँगै थ्री स्टारले लिगमा पहिलो हार बेहोरेको छ । आर्मी भने लिगमा […]

January 1, 2020

पहिलो हाफमा रुस्लान थ्री स्टार र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । खेलकाे पहिलाे मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठकाे पासमा कप्तान भरत खवासकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाउ गरे । १२ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार डिफेन्डरले […]

January 1, 2020

गल्ति नदोहोराउने वाचासहित पुनरागमनको तयारीमा सन्तोष

काठमाडौं (हाम्रो खेलकुद)– परिवार, साथीभाई र परिवारसँग भविष्यमा कहिल्यै निराश नपार्ने वचनसहित त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ बुधबार कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमार्फत घरेलु फुटबलमा पुनरागमन गर्दैछन् । अनुशासन उल्लघंनका कारण अन्य ३ खेलाडीसहित ४५ दिन फुटबलबाट निलम्बनमा परेका सन्तोष आजबाट खेल्न पाउने भएका छन् । उनी रुस्लान थ्री स्टार क्लबविरुद्ध हुने खेलमा […]

January 1, 2020

‘हरेक खेललाई नकआउट जसरी लिएका छौं’– प्रशिक्षक थापा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका प्रशिक्षक अन्ततराज थापाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका हरेक खेललाई नकआउटका आधारमै लिएको बताएका छन् । ‘हामी अहिले टोली निर्माणकोको क्रममा छौं । जितले ड्रेसिङ रुपलाई मोटिभेसन दिन्छ । थप उर्जा मिलेको हुन्छ,’ लिगमा बुधबार संकटा क्लबलाई २–१ ले हराएपछि प्रशिक्षक थापाले भने,‘ लिग भएपनि हामी हरेक […]

January 1, 2020

पुलिससँग संकटा पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती २ खेलमा १ अंक जोडेको पुलिसले बुधबार संकटा क्लबविरुद्ध २–१ ले हराउँदै अंकतालिकामा ७ अंक पुर्याएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १५ औं मिनेटमा सुमन लामाको गोलबाट पुलिसले अग्रता लिएको थियो । गोलरक्षक […]

January 1, 2020

संकटाविरुद्ध पुलिसको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एवेरवेज सहिद स्मारक ए डिभिजन लिगमा जारी खेलको पहिलो हाफमा नेपाल पुलिस क्लबले संकटा क्लबविरुद्ध २–१ को अग्रता लिएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १५ औं मिनेटमा सुमन लामाको गोलबाट पुलिसले अग्रता लिएको थियो । गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दाको अवस्थामा सुमन लामाको ट्यापिङ प्रहार गोलमा परिणत भएको थियो । […]

January 1, 2020

रुस्लान थ्री स्टार र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) चौथो चरणको खेल अन्तरगतको तेस्रो दिन दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पहिलो खेलमा गतवर्षको उपविजेता संकटा क्लब र विभागीय नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ः३० […]

January 1, 2020

डिफेन्डर कार्लाेसमा लिभरपुल र रियलको नजर

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस क्लब सेभिया तथा ब्राजिलियन डिफेन्डर डिएगो कार्लाेसलाई अनुबन्ध गर्ने प्रयास थालेका छन् । लिभरपुलले भर्जिल भान डाइकको पार्टनरको रुपमा तथा रियलले सर्जियो रामोसको विकल्पको रुपमा कार्लाेसलाई अनुबन्ध गर्ने प्रयास थालेको हो । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भर्जिल भान डाइकको स्थायी पार्टनरको रुपमा २६ वर्षे […]

January 1, 2020

रोनाल्डोसँग सम्झौता नवीकरण गर्दै युभेन्टस

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले आधुनिक फुटबलका स्टार फरवार्ड पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने प्रयास गरेको छ । उनको सम्झौता २०२१ सम्म रहेपनि युभेन्टसले रोनाल्डोसँगको सम्झौता अवधि अझै ३ वर्ष थप गर्ने तयारी थालेको हो । लामो समय स्पेनिस क्लब रियल मड्रिडमा रहेका रोनाल्डो २०१८ मा युभेन्टस पुगेका थिए । रियलका सर्वाधिक […]

December 31, 2019

दोर्दी र श्री भगवती क्वाटरफाइनलमा

लमजुङ(हाम्रो खेलकुद)- दोर्दी गाउँपलिाका लमजुङ र श्री भगवती युथ क्लब टोखा काठमाडौं लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइानलमा प्रवेश गरेको छ । सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा मंगलबार भएको खेलमा दोर्दीले क्ह्लोलासोथा गाउँपालिका लमजुङमाथि ५–१ को फराकिलो जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । […]

Success

Thank you for your time.