default_image

फुटबल

March 14, 2019

रोनाल्डोबाट १ गोलमात्र असम्भव !

टुरिन (एजेन्सी)– च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडमाथि सानदार जितपछि युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन् । दोस्रो लेगमा रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सले एट्लेटिकोलाई ३–० ले हराउँदै टोली अन्तिम आठको यात्रा तय गर्न सफल भएको थियो । प्रशिक्षक एलेग्रीले च्याम्पियन्स लिगमा रोनाल्डोले एक गोल मात्रै गर्छन् भन्ने सोच्नु पनि असम्भव भएको बताएका छन् […]

March 14, 2019

डेम्बेले कम्तीमा ३ साता मैदान बाहिर

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका मिडफिल्डर ओसमाने डेम्बेले चोटका रण तीन देखि चार साता मैदान बाहिर रहने भएका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाले परिक्षण पछि ह्यामस्ट्रिकका कारण उनले आराम गर्नुपर्ने बताएको छ । बोरुसिया डर्टमन्डबाट सन् २०१७ मा बार्सिलोना पुगेयता उनी पटक पटक चोटग्रस्त बनेका थिए । यद्दपी २१ वर्षे मिडफिल्डर पछिल्लो केहि महिना देखि टोलीको महत्वपूर्ण […]

March 14, 2019

नेपाल र बंगलादेश सेमिफाइनलमा, भुटान बाहिरियो

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०१९ अन्तर्गत समूह ए बाट आयोजक नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि भुटान समूह चरणबाटै बाहिरिएको हो । समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जन, सावित्रा भण्डारी र […]

March 14, 2019

भुटानमाथि बंगलादेशको संघर्षपूर्ण जित

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको छ । शहिद रंगशालामा बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बंगलादेश दवावमा देखिएको थियो । तर दोस्रो हाफको ४७ अौं मिनेटमा मिश्रत जाहान मोसुमीले अग्रता दिलाइन् । खेल सकिन ५ मिनेट‌ बाँकी रहँदा कप्तान […]

March 14, 2019

चोट, संघर्ष अनि डेब्युको खुसी

सुबास हुमागाईं, विराटनगर खेलाडीको जीवनमा चोटका कारण मैदानबाहिर बस्नुजस्तो पिडादायी क्षण सायदै अरु केहि होला । कुनैपनि हारको नतिजामा पिडा हुन्छ तर त्यसलाई बिर्साउन खेलाडीले अर्को मौका पाउँछ । चोट लागेर मैदानबाहिर बस्दा हुने पिडालाई जित्न सुखद पुनरागमनको विकल्प हुँदैन । चोटको पिडाले खेलाडीलाई शारीरिक रुपमा त कमजोर बनाउँछ नै मानसिक रुपमा त्योभन्दा बढी हानी […]

March 14, 2019

बायर्नलाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

एजेन्सी – फरवार्ड साडियो मानेले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले बायर्न म्युनिखलाई ३-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि बायर्नको मैदानमा भएको दोस्रो लेगमा लिभरपुल विजयी भएको हो । खेलको ३६ औं मिनेटमा भर्जिल भान डाईकको पासलाई सदुपयोग गर्दै मानेले सुरुवाती गर्त दिलाएका थिए […]

March 14, 2019

मेसी चम्कँदा बार्सिलोनाको फराकिलो जित

एजेन्सी – कप्तान लिओनेल मेसीले दुई गोल र दुई असिस्टसहित शानदार प्रदर्शन गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लियोनलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । समग्रमा ५-१ कै जित दर्ता गरेको बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएपछि बुधबार घरेलु मैदानमा बार्सिलोनाले खेल अवधिभर नै लियोनलाई […]

March 13, 2019

अपराजित बार्सिलोना र लियोन खेल्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा यो सिजन क्याटलान क्लब बार्सिलोना र फ्रान्सेली क्लब लियोन अपराजित टोली हुन् । यीनै दुई टोली च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति प्रतिस्पर्धा गर्दैछन् । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुने खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेपछि सुरु हुँदैछ । लियोनको मैदानको भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा […]

March 13, 2019

रुस्लान थ्री स्टार पहिलो खेलमै पराजित

इलाम (हाम्रो खेलकुद) – साविक विजेता रुस्लान थ्री स्टार क्लब पाँचौ अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पहिलो खेलमै पराजित भएको छ । बुधबार हिमालयन शेर्पा क्लबसँग ३-१ ले पराजित हुँदै थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ । हिमालयन शेर्पा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार पराजित हुन पुग्यो । १३ औं मिनेटमा […]

March 13, 2019

भारतको फराकिलो जित

विराटनगर (हाम्रो खेलकुद) – भारतीय महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको छ । सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ अौं मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ अौं मिनेटमा इन्दुमति कासिरेतानले […]

Success

Thank you for your time.