default_image

फुटबल

March 13, 2019

भारतद्वारा पहिलो हाफमै ५ गोल

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपको दोस्रो खेलको पहिलो हाफमा भारतले माल्दिभ्सविरुद्ध ५-० को अग्रता लिएको छ ‌। सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ अौं मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ अौं मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको […]

March 13, 2019

‘पहिलो खेलमा लय समाउन समय लाग्यो’ – फरवार्ड सावित्रा

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानलाई ३-० ले पराजित गर्यो । नेपालको लागि फरवार्ड सावित्रा भण्डारीले दोस्रो गोल र तेस्रो गोलमा असिस्ट गरेकी थिइन् । तर उनी आफ्नो प्रदर्शनबाट आफैं भने सन्तुष्ट भने छैनन् । ‘भुटानविरुद्ध पहिलो हाफ निकै कठिन भयो । प्रशिक्षणमा म्याचबलले खेल्न […]

March 13, 2019

क्वाटरफाइनल पुग्न बायर्न र लिभरपुल भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्दै छ । खेल बायर्नको मैदान आलियान्ज एरिना म्युनिखमा नेपाली समय अनुसार राति १ः४५ बजेपछि हुनेछ । पहिलो लेग गोलरहित बराबरीमा सकिएकोले दोस्रो लेग निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । लिभरपुल विरुद्धको ८ खेलमा […]

March 13, 2019

फ्रान्सेली लिगमा पीएसजीको फराकिलो जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गत मंगलबारको खेलमा डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । गत साता च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग नाटकीय रुपमा पराजित भएपछि लिग खेलमा पीएसजीले सुखद पुनरागमन गरेको हो । पीएसजीको जितमा मार्किन्होसले सातौं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको ५ मिनेट […]

March 13, 2019

च्याम्पियन्स लिगमा रोनाल्डोको ५ जादुमयी क्षण

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले आफ्नो छुट्टै पहिचान बनाएका छन् । रियल म्याड्रिडमा रहँदा पछिल्लो तीन संस्करण लगातार उपाधि जिताएका रोनाल्डोले हालसम्म ५ उपाधि आफ्नो नाम गरिसकेका छन् । उनले यसक्रममा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा पनि आफूलाई स्थापित गरेका छन् । रोनाल्डोले च्याम्पियन्स लिगमा केहि यस्ता जादुमयी क्षण बनाएका छन् जुन अन्य […]

March 13, 2019

साल्केको पोस्टमा सिटीको ७ गोल

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन प्रतिद्धन्द्धी साल्के विरुद्ध शानदार र प्रभावशाली जित हात पारेको छ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा सिटीले साल्केमाथ ७–० को शादार जित हात पारेको हो । यससँगै सिटीले समग्रमा १०–२ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा पुग्न […]

March 13, 2019

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको आकर्षक पुनरागमन

टुरिन (एजेन्सी) – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसंगै युभेन्टसले एट्लेटिको म्याड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जित हात पारेको छ । पहिलो लेगमा एट्लेटिको २-० ले विजयी भएको थियो । खेलको २७ औं मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै रोनाल्डोले घरेलु मैदानमा आफ्नो टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको […]

March 12, 2019

सिटीलाई साल्केको चुनौती

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यु्इएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब साल्के–४ को सामना गर्दैछ । खेल सिटीको मैदानमा आज राति १ः३० बजेपछि हुनेछ । पहिलो लेगमा सिटीले साल्केमाथि ३–२ को जित निकालेको थियो । सिटी आफ्नो मैदानमा यही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । लगातार […]

March 12, 2019

भुटानमाथि नेपालको औसत जित

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानलाई ३-० ले पराजित गरेको छ । नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् ‌। उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा सुन्दर गोल […]

March 12, 2019

पहिलो हाफमा नेपाललाई अग्रता

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् ‌। उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा […]

Success

Thank you for your time.