default_image

फुटबल

February 21, 2019

पीएसजीको फराकिलो जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वनअन्तर्गत बुधबारको खेलमा मोन्टपेलरलाई ५-१ ले पराजित गरेको छ । पीएसजीले खेलको १३ औं मिनेटमा लेभिन कुर्जावाको गोलमा अग्रता लिएको थियो । तर पाहुना टोलीका फ्लोरेन्ट मोलेटले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारियाले फ्रिकिकमा गोल गर्दै पहिलो […]

February 21, 2019

साल्केविरुद्ध १० खेलाडीमा सिमित सिटीको रोमान्चक जित

एजेन्सी – म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३-२ ले पराजित गरेको छ । खेलको अन्तिम २० मिनेटमा १० खेलाडीमा सिमित सिटीले अन्तिम ५ मिनेटमा २ गोल गरेको थियो । खेलको १८ औं मिनेटमा सर्जियो अगुएरोले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा घरेलु टोली […]

February 21, 2019

एट्लेटिकोले युभेन्टसलाई हरायो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडले युभेन्टसलाई २-० ले पराजित गरेको छ । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बलमा पकड बनाउँदै सुरुवाती अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको हो । गोलरहित सकिएको पहिलो हाफ पछी एट्लेटिकोले दोस्रो हाफमा दुवै गोल गरेको थियो […]

February 20, 2019

एट्लेटिको म्याड्रिड र युभेन्टस भिड्दै

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिग फुटबल अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा आज राति १ः४५ बजेपछि हुनेछ । घरेलु टोली मड्रिड युभेन्टसलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो समय यी दुई टोलीले दुईपटक खेलेका […]

February 20, 2019

च्याम्पियन्स लिगः सिटीलाई साल्केको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति जर्मन क्लब साल्केले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तर्गतको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेल साल्केको घरेलु मैदानमा हुन लागेको हो । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेपछि हुनेछ । पछिल्लो समय उच्च प्रर्दशन गरिरहेको तथा उपाधिको दावेदारको रुपमा रहेको सिटीलाई रोक्न […]

February 20, 2019

एन्फाको यु–२१ टोली मेघालयसंग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- भारतको गुवाहाटीमा आजदेखी सुरु डाक्टर तालिमेरेन टि ओ फुटबल च्याम्पियनसिपमा एन्फाको यु–२१ टोलीले हारबाट सुरुआत गरेको छ । समुहको बि को पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित हुँदै नेपालले हारबाट सुरुआत गरेको हो । मेघालयको जितमा रोबट खोङजो, सइबोरनोन गुरुम र फिगो सेन्डाईले गोल गर्दा नेपालका रेजिन सुब्बा र प्रिजन तामाङले गोल […]

February 20, 2019

झापा-११ लाई ५-० ले हराउँदै दाउफिन्स सेमिफाइनलमा

दीपक न्यौपाने, बुटवल मोफसलको चर्चित क्लब झापा-११ फुटबल क्लबलाई ५-० ले पराजित गर्दै दाउफिन्स फुटबल क्लब २१ औं तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा १-० को अग्रता लिएको दाउफिन्सले दोस्रो हाफमा ४ गोल थपेको थियो । खेलको २६ औं मिनेटमा यानिकले दाउफिन्सलाई अग्रता दिलाएका थिए । पछिल्लो दुई प्रतियोगितामा उपाधि जितेको […]

February 20, 2019

रुस्लान थ्री स्टार फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा थ्री स्टारले युनाइटेड ब्रदर्शलाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । रुस्लान थ्री स्टारले खेलको १७ औं मिनेटमा दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । लगत्तै रन्जन विष्टले […]

February 20, 2019

लिभरपुल र बायर्नको गोलरहित बराबरी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको राउन्ड अफ १६ को पहिलो लेगमा लिभरपुल बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा टुंगिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा पाहुना टोलीले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुलले गोल गर्न सकेन । साडियो मानेले झन्डै आधा दर्जन प्रयासलाई सदुपयोग गर्न सकेनन् । बायर्नले पनि पाएको थोरै अवसरमा […]

February 20, 2019

एकतर्फी खेलमा बार्सिलोना र लियोनको गोलरहित बराबरी

एजेन्सी – फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, […]

Success

Thank you for your time.