default_image

फुटबल

February 10, 2019

चेल्सीको पोष्टमा सिटीको आधा दर्जन गोल

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटी इग्लिस प्रिमियर लिग अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो । लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ । पाँचौं स्थानको […]

February 10, 2019

नवयुग र देविका मेचीका उत्कृष्ट खेलाडी

झापा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले शनिबार बिर्तामोडमा भएको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुगले उत्कृष्ट पुरुष र देविकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरेका हुन् […]

February 10, 2019

लेस्टरमाथि टोटेनहमको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार टोटेनहम हट्स्परले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ । खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता लिएको थियो । ३३ औं मिनेटमा डाभीन्सन सान्चेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले क्रिस्टियन एरिक्सनको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफमा लेस्टरले खेल बराबरी गर्ने […]

February 10, 2019

नेपालका पूर्व प्रशिक्षक कोजी कम्बोडिया पुगे

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक ग्योतोकु कोजीले कम्बोडिया फुटबल संघसँग सम्झौता गरेका छन् । उनले कम्बोडियाको यू-१८ राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग फेब्रुअरीसम्म सम्झौता रहेपनि उनले गत सेप्टेम्बरयता टोलीको जिम्मेवारी सम्हालेका छैनन् । भिसामा समस्या आएपछि नेपाल फर्कन नपाएका जापानी नागरिक कोजी त्यसयता जापानमा […]

February 10, 2019

पुल्चोक र आरसीटी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आइतबार रानीपोखरी कर्नर टिम र पुल्चोक स्पोर्ट्स क्लबले जित दर्ता गरेका छन् । रानीपोखरीले नयाँबस्ती युवा क्लबलाई ३-१ ले पराजित गर्दा संसार नन्द पलान्चोकेले २ गोल गरे । शनिकुमार चौधरीले दोस्रो मिनेटमा गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएपनि २९ औं मिनेटमा पुकार आलेमगरले आरसीटीका लागि बराबरी […]

February 10, 2019

११ खेलाडीले नै पेनाल्टी हानेपछि अँध्यारो हुँदा खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – बुढासुब्बा गोल्डकप २०७५ को उद्घाटन खेल अँध्यारो परेपछि स्थगित भएको छ । सीएमजी क्लब संकटा र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरबीचको खेल टाइब्रेकरमा पुगेर दुवै टोलीका ११ खेलाडीले टाइब्रेकर लिँदा पनि नतिजा ननिस्केपछि स्थगित भएको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । काक्करभीट्टाले […]

February 10, 2019

दाउफिन्सलाई पोखरा कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लबले मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा दाउफिन्स १-० ले विजयी भयो । दाउफिन्सका लागि विदेशी खेलाडी यानिक ओवानाले दोस्रो हाफको ५३ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनी फाइनल […]

February 10, 2019

नेपोलीको बराबरीसँगै युभेन्ट्सलाई अग्रता बढाउने अवसर

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा फिओरेन्टिनाको घरेलु मैदानमा नेपोली गोलरहित बराबरीमा रोकिएको छ । फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले उत्कृष्ट प्रदर्शन गरेपछि नेपोली बराबरीमा रोकिएको हो । यससँगै नेपोलीले लगातार तेस्रो अवे खेलमा गोल गर्न चुकेको छ । यता फिओरेन्टिनाले भने लिगको २३ खेलमा ११ औं बराबरी खेलेको छ । यस बराबरीले […]

February 10, 2019

संघर्षपूर्ण जितमा पीएसजीलाई चोटको पिरलो

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डोलाई १-० ले पराजित गर्यो । तर खेलमा दुई महत्त्वपूर्ण खेलाडी घाइते हुँदै बाहिरीपछि पीएसजीलाई ठूलो समस्या परेको छ । खेलको ४२ औं मिनेटमा पेनाल्टीमार्फत एडिन्सन कभानीले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बनेको हो । तर उनी कभानी दोस्रो हाफमा […]

February 10, 2019

डर्टमुण्डले ३ गोलको अग्रता लिँदापनि जित्न सकेन

एजेन्सी – बोरुसिया डर्टमुण्डले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा ३-० को अग्रता लिनका बाबजुद अंक गुमाएको छ । होफेनहाइमविरुद्धको खेल ३-३ को बराबरीमा रोकिएपछि शीर्षस्थानमा पकड गुम्ने सम्भावना बढेको हो । डर्टमुण्डले खेलको ३२ औं मिनेटमा इंग्लिस खेलाडी जेडन सान्चोको गोलमा अग्रता लिएको थियो । लगत्तै ४३ औं मिनेटमा मारियो गोट्जेले अग्रता दोब्बर […]

Success

Thank you for your time.