default_image

फुटबल

February 1, 2018

मेयर कपः गोरखा र व्यास नगरपालिका सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ – गोरखा नगरपालिका र व्यास नगरपालिका, तनहुँ बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो क्वाटरफाईनल खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै गोरखा सेमिफाइनलमा प्रवेश गरेको हो । गोरखाले नवौं मिनेटमा जमिर मास्केको गोलबाट अग्रता लिए पनि देवचुलीका सुमन आलेले २५ […]

February 1, 2018

नेपाली फुटबललाई केल्मीको ५५ लाखको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टिमलाई स्पेनिस स्पोर्टस् ब्रान्ड कम्पनी केल्मीले १ वर्षको लागि ५५ लाखको प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र केल्मीले बिहिबार पत्रकार सम्मेलन गर्दै नेपाली फुटबल टिमका लागि १ वर्षको लागि करिब ५५ लाख बराबरीको सामग्री प्रायोजन गरेको जानकारी गराए । सम्झौताअनुसार केल्मीले नेपाली फुटबल टिमका लागि […]

February 1, 2018

पुलिस आहा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग भिड्ने

दिपेन्द्र पोखरेल पोखरा – धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा पुगेको छ । फाइनलमा शनिबार पुलिसले थ्री स्टारको सामना गर्नेछ । पुलिसको जितमा सुमनले २३ औं मिनेटमा एकमात्र गोल पेनाल्टी मार्फत गरे । धरानका रोमन लिम्बुले रवि पासवानलाई लडाएपछि पाएको पेनाल्टी सुमनले गोलमा परिणत गरेका हुन् । रेफ्री […]

Police celebrate

February 1, 2018

सुमनको गोलमा पुलिसलाई अग्रता (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा रारा गोल्ड कपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सुमन लामाको गोलमा धरान फुटबल क्लबविरुद्ध अग्रता लिएको छ । सुमनले २३ औं मिनेटमा पेनाल्टीलाई परिणत गर्दै गोल गरेका हुन् ।  हेर्नुहोस गोलको भिडियो : तस्बिर / भिडियो : विवेक सुवेदी / हाम्रो खेलकुद  

Police

February 1, 2018

आहा गोल्डकपको दोस्रो सेमिफाइनलमा धरान र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबको सामना गर्दैछ । पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिधारा क्लबलाई हराउँदै थ्री स्टार प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो खेलमा सिक्किम युनाइटेडलाई पराजित गरेको धरानले क्वाटरफाइनलमा उपाधि दाबेदार आर्मीलाई टाइब्रेकरमा पाखा लगाएको थियो ।पहिलो खेलमा पुलिसले रमपम झापा-११ लाई पराजित गरेको थियो भने […]

February 1, 2018

बर्नमाउथले चेल्सीलाई ३-० ले हरायो

लन्डन (एजेन्सी) – बर्नमाउथले दोस्रो हाफमा उत्कृष्ट काउन्टर अट्याक फुटबल खेल्दै स्टाम्फर्ड ब्रिजमा चेल्सीलाई ३-० ले हराएको छ । पहिलो हाफ गोलरहित रहेपनि चेल्सीले केही गोल गर्ने अवसर सिर्जना गरेको थियो । दोस्रो हाफको सुरुअातमै क्यालम विल्सनले ५१ अौं मिनेटमा अग्रता दिलाए । ६४ अौं मिनेटमा जुनियर स्टानिस्लासले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे […]

February 1, 2018

युनाइटेड टोटनह्यामसँग पराजित, सिटी विजयी

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । वेम्ब्ली स्टेडियममा खेलिएको सो खेलको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । त्यस्तै युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्दै जित […]

February 1, 2018

‘इब्राहिमोभिच एलए ग्यालेक्सी जाने हल्ला मात्र’

न्यूयोर्क (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच मेजर लिग सकर टोली एलए ग्यालेक्समा आबद्ध हुन लागेको भन्ने हल्ला मात्र भएको टोलीका प्रशिक्षक सिगी सेचमिड्टले बताएका छन् । पछिल्लो केहि साता यता स्वीडेनका पूर्व स्टार अमेरिकी क्लबमा आबद्ध हुने चर्चा चलेको थियो । म्यानचेस्टर युनाइटेडसँगको आबद्धता ६ महिना बाँकी रहकै अवस्थामा उनी अमेरिका जाने चर्चा चलेको हो । युनाइटेडका […]

January 31, 2018

मैत्रीपूर्ण भलिबलमा नेपालसँग मकाउ पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले मैत्रीपूर्ण खेलमा शतप्रतिशत सफल नतिजा निकालेको छ । तीन वटा मैत्रीपूर्ण खेल मध्ये बुधबार मकाउसँगको जित सबैभन्दा सहज रह्यो । नेपालले मकाउलाई २५-१३,२५-१७ र २५-१७ को सोझो सेटमा हराएको छ । मकाउ पुग्नुअघि नेपालले हङकङसँग दुई मैत्रीपूर्ण खेल जितेको थियो । पहिलो खेलमा ३–२ ले जितेको नेपालले हङकङलाई अर्को […]

January 31, 2018

कुश्मा मेयर कपको क्वाटरफाइनलमा

अर्जुन कार्की बागलुङ (हाम्रो खेलकुद) – पर्वतको कुश्मा नगरपालिका बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बागलुङको भकुण्डे खेलमैदानमा बुधबार भएको खेलमा बागलुङको गल्कोट नगरपालिकालाई ३–१ ले हराउँदै कुश्मा अन्तिम आठमा पुगेको हो । १० औं मिनेटमा आशिष गुरुङले गोल गर्दै कुश्मालाई अग्रता दिलाए । तर त्यसको […]

Success

Thank you for your time.