default_image

फुटबल

February 9, 2018

बार्सिलोना कोपा डेल रेको फाइनलमा

म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । समग्रमा ३-० को जित हात पार्दै बार्सिलोना फाइनल पुगेको हो । भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोना २-० ले विजयी रह्यो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ४९ अौं मिनेटमा फिलिप कोउटिन्होले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए […]

February 8, 2018

रुस्लान सिमरा गोल्डकप – आयोजकको विजयी सुरुवात

सिमरा (हाम्रो खेलकुद) – रुस्लान नवौं सिमरा गोल्डकपमा आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाईसी) ‘सेतो’ ले विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा बिहीबार हेटौंडाको विजय युथ क्लबलाई ४–१ ले हराउँदै एनजेजेवाइसी क्वार्टरफाइनलमा पुगेको हो । आयोजकको जितमा विशन गुरुङ, त्रिदेव गुरुङ, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले गोल गरे । हटौंडाका लागि एकमात्र […]

February 8, 2018

रुस्लान थ्री स्टार बुढासुब्बा गोल्डकपको फाइनलमा, फेरि पुलिससँगै उपाधि भिडन्त

धरान (हाम्रो खेलकुद) – लगातार दोस्रो साता रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुने भएको छ । भारत कोलकाताको दुर्गापुर स्टिल एफसीलाई बिहीबार १–० ले हराउँदै थ्री स्टार २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ । तस्बिर सौजन्य : दीलिप राई । परिवर्तित खेलाडी विष्णु गुरुङको […]

February 8, 2018

बुढासुब्बा गोल्डकप-रुस्लान थ्री स्टार लगातार तेस्रो फाइनलको प्रयासमा

धरान (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टारले लगातार दोस्रो साता नेपाल पुलिस क्लबसँग फाइनल खेल्ने सम्भावना छ । तर, त्यसका लागि थ्री स्टारले २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा भारतीय क्लबको चुनौति पन्छाउनु पर्ने हुन्छ ।     धरान रंगशालामा थ्री स्टारले बिहीबार कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्दैछ । शनिबार […]

February 8, 2018

सेभिल्ला कोपा डेल रेको फाइनलमा

म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार सेभिल्लाले लेगानेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । समग्रमा३-१ को जित हात पार्दै सेभिल्ला फाइनल पुगेको हो । बुधबार घरेलु मैदानमा सेभिल्ला २-० ले विजयी रह्यो । १५ अौं मिनेटमा जोअाकिन कोरियाले सुरुवाती अग्रता दिलाए । खेलको अन्त्यतिर फ्रान्को भाज्केजले गोल गर्दै जित पक्का गरे […]

February 7, 2018

‘रोनाल्डोको फर्म पतन भएको छैन ‘- बाप्पे

पेरिस (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको यो सिजन उत्कृष्ट हुन सकेको छैन । तर, पेरिस सेन्ट जर्मेन (पिएजसी) का स्टार केलियन बाप्पे रोनाल्डाको फर्म पतन भइसकेको मान्न तयार छैनन् । ला लिगामा यो सिजन रोनाल्डोले उच्च प्रदर्शन गर्न सकेका छैनन् । उनले लिगका १७ खेलमा ८ गोल मात्र गरेका छन् । तर, च्याम्पियन्स […]

Messi Penalty Miss

February 7, 2018

मेस्सी संसारकै महंगा खेलाडी बन्न सक्थे !

बार्सिलोना (एन्जेसी)– बार्सिलोनाका महान खेलाडी लियोन मेस्सीले चिनियाँ क्लबको प्रस्ताव स्वीकार गरेको भए उनी विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बन्ने थिए । तर, बार्सिलोनासँग नयाँ सम्झौतामा जोडिनु अघि चिनियाँ सुपर लिग (सिएसएल) को क्लबले उनलाई प्रस्ताव गरेका थिए जुन उनले स्वीकार नगरेको खबर सार्वजनिक भएको छ । सिएसएल क्लबले उनलाई बार्षिक १ सय ८८ मिलियन […]

February 7, 2018

विमलको टोली मोहन बगान विवादस्पद खेलमा चेन्नाईसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – हिरो आइ लिगमा मोहन बगान चेन्नाई सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । रेफ्रिले गलत खेलाडिलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर निकालेपछि खेलमा विवाद उत्पन्न भएको थियो । विमल पहिलो खेलजस्तै यस खेल पनि बेन्चबाट सुरुवात गरेका थिए । तर मोहन बगानका अजहरुदिन मलिकको साटो विमल खेलको ३४ औं मिनेटमा मैदान प्रवेश […]

February 7, 2018

रेफ्रि समितिको निर्वाचन विवादमा, एन्फालाई अदालतको अन्तरिम आदेश

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)को तीन जिल्ला पछि रेफ्री समितिको निर्वाचन पनि विवादमा परेको छ । बुद्धिबहादुर गुरुङको अध्यक्षतमा रेफ्रि समितिको निर्वाचन भएको भोली पल्ट बुधबार पाटन पुनरावेदनमा रिट परेको छ । पाटन उच्च अदालतले निर्वाचित पदाधिकारीहरुलाई सपथ नगर्न र नगराउन र पद वहाली नगराउनु एन्फाको नाममा अन्तरिम आदेश जारी गरेको छ […]

February 7, 2018

आफूलाई प्रमाणित गर्न विमललाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टारसँग इटहरी गोल्डकप जितेपछि हिरो आइ-लिग खेल्न भारत पुगेका नेपाली स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगान अहिले चेन्नाई सिटीसँग भिड्दै छ । सिलोङ लाजोङविरुद्धको पहिलो खेलमा विमल इन्जुरी समयको दोस्रो मिनेटमा आएका थिए र एक प्रहार गर्ने अवसर पाए जुन विपक्षी गोलकिपरले बचाऊ गरेका थिए । आज चेन्नाई सिटीविरुद्ध […]

Success

Thank you for your time.