default_image

फुटबल

December 29, 2017

एपिएफका गणेश गृह जिल्लामा सम्मानित

दिपक बोहोरा पाँचथर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको फुटबल टोलीका कप्तान गणेश लावती गृह जिल्लामा सम्मानित भएका छन् । फुटबलको माध्यमबाट जिल्लालाई चिनाउँन योगदान गरेको भन्दै पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले उनलाई संयुक्त रुपमा शुक्रबार सम्मान गरेको हो । सम्मानमा गणेशले १ सय २५ सिसीको मोटरसाइकल र ताम्रपत्र प्राप्त गरे । […]

ronaldo

December 29, 2017

रोनाल्डोलाई अर्को अवार्ड , रियल वर्षको उत्कृष्ट क्लब

दुबई (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बिहिबार दुबईमा सम्पन्न ग्लोब सकर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी २०१७ को उपाधि जितेका छन् । त्यस्तै रियल वर्षको उत्कृष्ट क्लब तथा सोही क्लबका जिनेदिन जिदान उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।  आठौ संस्करणको ग्लोब सकर अवार्डमा रोनाल्डोको यो पाँचौ उपाधि हो । यसअघि बार्सिलोनाका लियोनल मेस्सी , […]

December 29, 2017

त्रिवेणी कपमा घनपोखरा र सामना क्लब विजयी

लमजुङ/बेसीशहर (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीशहरमा जारी २६ औ त्रिवेणी कपमा आज घनपोखरा युवा क्लब र सामना युवा क्लब तुरतुरे विजयी भएका छन् । सहजी खेलमैदान बेशीशहरमा भएको पहिलो खेलमा घनपोखरा युवा क्लब हरियोले योङ आर्दश युवा क्लब सहजीलाई २–० ले हराएको थियो । सामनाले घनपोखरा युवा क्लब रातोलाई ३–० ले पराजित गर्दै दोस्रो […]

wiman Anant

December 29, 2017

विमल र अनन्त रुस्लान थ्री स्टारसँग आबद्ध

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडीद्वय विमल घर्ती मगर र अनन्त तामाङ केहि दिनअघि रुस्लान थ्री स्टार क्लबसँग आबद्ध भएका छन् । अर्को साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामार्फत थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । खप्तड गोल्ड कप पुस २१ गते […]

December 29, 2017

मोरङ रुस्लान फाल्गुनन्द गोल्ड कपको उपाधि नजिक

दिपक बोहोरा पाँचथर– मोरङ ११ नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । साविक विजेता झापाको विर्ता युनाइटेडलाई सडन डेथमा हराउँदै मोरङ उपाधि नजिक पुगेको हो । मोरङ ६–५ ले विजयी भएको थियो । आइतबार हुने फाइनलमा मोरङले सुनसरी ११ को सामना गर्नेछ । अघिल्लो दिन अग्नी रुपन्देही ११ लाई हराउँदै सुनसरी […]

December 29, 2017

बार्सिलोनाका मिडफिल्डर म्यानचेस्टर युनाइटेड जान सक्ने

बार्सिलोना (एजेन्सी) – नयाँ वर्ष सुरु हुने बित्तिकै विन्टर ट्रान्सफर विन्डो सुरु हुने छ । जसमा विभिन्न टोलीहरुले आफूलाई अझ बलियो बनाउनतिर लाग्ने छन् । त्यस्तैमा म्यानचेस्टर युनाइटेडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाबाट उसका मिडफिल्डर भित्राउन खोजिरहेको छ । युनाइटेड बार्सिलोनाका आन्द्रे गोमेजप्रति इच्छुक रहेको हो । पोर्चुगेली पत्रिका डोन बालोनका अनुसार ट्रान्सफर विन्डो […]

December 29, 2017

सान्चेजको दुई गोलमा आर्सनल विजयी

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गए राति आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले हराएको छ । आर्सनलको जितमा फरवार्ड एलेक्सिस सान्चेजले दुई गोल गरेका थिए । खेलको २५ औं मिनेटमा आर्सनल स्कोड्रान मुस्ताफिको गोलमार्फत अग्रता लिन सफल भएको थियो । तर एन्ड्रोस टाउन्सेन्डले प्यालेसका लागि ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । […]

messi

December 29, 2017

मेस्सी सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटी

न्यू यर्क (फर्ब्स) – फर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीहरुको शिर्ष १० को सूचीमा लियोनल मेस्सीले अग्रस्थान हासिल गरेका छन् । उक्त सूचीमा ६ खेलाडी पर्न सफल भएका छन् , जस्मद्धे २ फुटबलर , १ बास्केटबल खेलाडी र ३ एमएलएसका खेलाडी छन् । ल्याटिनो भन्नाले ल्याटिन अमेरिकीलाई भन्ने गरिन्छ । मुख्यतः स्पेनिस बोल्ने जनसंख्या यस वर्गमा पर्दछन् तर यूरोपेली […]

December 28, 2017

आर्सनल क्रिस्टल प्यालेसको सामना गर्दै

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज राति तालिकाको छैटौं स्थानमा रहेको आर्सनलले १६ औं स्थानमा रहेको क्रिस्टल प्यालेसको सामना गर्ने छ । क्रिस्टल प्यालेसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । १६ खेलमा ३४ अंकसहित तालिकाको छैटौंमा रहेको आर्सनल अहिले खराब लयबाट गुज्रिरहेको छ । अर्कोतर्फ क्रिस्टल […]

December 28, 2017

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप सुरु

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लबको आयोजनामा २६ औं खुल्ला राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । जिल्लाकै ठुलो राशिको त्रिवेणी कपमा बिहीबार ४ खेल सम्पन्न भएका छन् । बेसीशहरको सहजी खेलमैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुन्दरबजारले बेसीशहरको शेरालाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ । […]

Success

Thank you for your time.