default_image

फुटबल

December 28, 2017

रोनाल्डोका कारण इस्कोले रियल छोड्न सक्ने संकेत

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका मिडफिल्डर इस्को केही समयदेखि म्यानचेस्टर सिटी र पिएसजी जस्ता क्लबका नजरमा छन् । सिजनको सुरुआतमा सिटीसँग जोडिएका इस्कोले क्लबसँग थप ६ वर्षे सम्झौता नवीकरण गरेपनि क्रिस्टियानो रोनाल्डोको कारण स्पेनिस मिडफिल्डर रियल छोड्ने सम्भावना बढेको स्पेनिस सञ्चारमाध्यम डायरी गोलले जनाएको छ । बार्सिलोनासँगको ३-० को पराजयमा बेन्चमै सीमित रहेका इस्को रोनाल्डोले जिदानलाई […]

December 28, 2017

सुनसरी रुस्लान फाल्गुनन्द गोल्ड कपको फाइनलमा

दिपक बोहोरा पाँचथर– सुनसरी ११ फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ३–१ ले हराउँदै सुनसरी उपाधि नजिक पुगेको हो । सुनसरीले आइतबार हुने फाइनलमा साविक विजेता विर्ता युनाइटेड वा मोरङसँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल भोली हुनेछ । फिदिम माविमा जारी प्रतियोगिताको पहिलो […]

December 28, 2017

‘रियलमा जाने चर्चा विगत भइसक्यो’ – बाप्पे

पेरिस (एजेन्सी)– मोनाकोबाट लोनमा यो सिजनको सुरुआतमा स्ट्राइकर केलियन बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुग्नुअघि स्पेनिस क्लब रियल म्याड्रिडले उनी प्रति गम्भिर चासो देखाए पनि अब त्यहाँ जाने सम्भावना नरहेको बाप्पेले बताएका छन् । नेयमार र इडिन्सन काभानीसँग निकै राम्रो तालमेल बनाएका १९ वर्षे बाप्पले पिएसजीमा उत्कृष्ट सुरुआत गरेका छन् । […]

DDjik

December 28, 2017

विश्व कीर्तिमानी रकममा भ्यान डाइक लिभरपुल भित्रिने

लिभरपुल (एजेन्सी) – जनवरी ट्रान्सफर विन्डो सुरु हुन लाग्दै गर्दा इङ्लिस क्लब लिभरपुलले साउथह्याम्टनबाट २६ वर्षीय डिफेन्डर भर्जिल भ्यान डाइक खरिद गर्ने आधारिक खबर सार्वजनिक गरेको छ । जनवरी १ मा विन्डो खुले लगतै डच सेन्टर ब्याक भ्यान डाइक लिभरपुलका खेलाडी बन्ने छन् । समर विन्डोदेखि नै उनलाई खरिद गर्न प्रयासरत लिभरपुल साउथह्याम्टनलाई ७५ मिलियन पाउन्ड तिर्ने सम्झौतामा पुगेको हो […]

messi ronaldo kane

December 28, 2017

‘ह्यारी केन मेस्सी र रोनाल्डोकै स्तरमा’

लण्डन (एजेन्सी) – चेल्सीका पूर्व खेलाडि रे विल्किन्सले टोटनह्यामका स्ट्राइकर ह्यारी केन अहिले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको बताएका छन् । साउथह्याम्पटनविरुद्ध ह्याट्रिकसहित केनले सन् २०१७ को सबै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडि बने । यस वर्ष कुल ५६ गोल गर्दै उनले मेस्सी (५४ गोल) र रोनाल्डो (५३ गोल) दुवैलाई […]

December 28, 2017

स्टेर्लिङको निर्णायक गोल, सिटीको विजयी यात्रा कायमै

न्युकासल (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ । सो जितमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलभरी पुरै पकड बनाएको सिटीको जित भने संघर्षपूर्ण रह्यो । सिटीले खेलभरी २१ प्रहार गरे पनि केभिन डे ब्रुयनको पासमा स्टेर्लिङले ३१ औं मिनेटमा गरेको […]

December 27, 2017

शीर्षस्थानको सिटी न्युक्यासलको सामना गर्दै

न्युक्यासल (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला चाडवाडको अवसरका वावजुद पनि आफ्नो टोली परिस्थितिको सामना गर्ने सक्षम रहेको बताएका छन् । ग्वार्डिओलाको टोलीले प्रिमियर लिगमा आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल जित्न सके प्रिमियर लिगमा यो टोलीको लगातार १८ औं जिते हुनेछ । यसअघिका १९ खेलमा टोलीले १८ खेल जितेको थियो भने १ […]

December 27, 2017

रुनीलाई ‘माइलस्टोन अवार्ड’

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रो खेलाडी बनेका एभर्टनका स्ट्राइकर वायन रुनीले गोललाई लक्षित गरेर कुनै मापदण्ड तय नगरेको बताएका छन् । यो सिजन म्यानचेस्टर सिटीविरुद्ध गोल गर्दै २ सय गोल पुरा गरेका म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रुनीले क्याडबरी माइलस्टोन अवार्ड प्राप्त गरेका छन् । एलान शेरेर (२६० गोल) मात्र रुनी भन्दा […]

December 27, 2017

आर्मी फाल्गुनन्द गोल्ड कपको पहिलो खेलमै स्तब्ध

दिपक बोहोरा पाँचथर– यो वर्ष अहिले सम्मको सबैभन्दा सफल टोली त्रिभुवन आर्मी क्लब नवौ रुस्लान फाल्गुनन्द गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । मोरङ ११ सँग आज टाइब्रेकरमा ४–२ ले पराजित हुँदै आर्मी पहिलो खेलबाट फर्केको छ । मोरङ भने सेमिफाइनल पुगेको छ । अब मोरङ फाइनल प्रवेशका लागि शुक्रबार साविक विजेता विर्ता युनाइटेडको […]

December 27, 2017

जिदान बर्खास्त हुन्छन् भन्नु हास्यास्पद – हेनरी

म्याड्रिड (एजेन्सी)– फ्रान्सेली र आर्सनलका हस्ती थिएरी हेनरीले जिनेदिन जिदानलाई रियल म्याड्रिडले बर्खास्त गर्छ भन्ने चर्चा गर्नु हास्यास्पद भएको बताएका छन् । रियल शनिबार भएको एल क्लासिकोमा बार्सिलोनासँग ३–० को हार बेहोरेको थियो । त्यो हार पछि शीर्षस्थानको बार्सिलोना र चौथो स्थानको रियलबीच १४ अंकको अन्तर भएको छ । अब रियललाई ला लिगाको उपाधि रक्षा […]

Success

Thank you for your time.