default_image

फुटबल

July 27, 2022

साफ यू २० मा साविक विजेता भारतको हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० मा आयोजक समेत रहेको साविक विजेता भारत पहिलो खेलमै पराजित भएको छ । भुवनेश्वरको कालिंगा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । […]

July 27, 2022

डिबालाले तोडे रोनाल्डोको कीर्तिमान

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले इटालीमा एकै दिनमा सर्वाधिक जर्सी विक्री भएको क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । रोनाल्डोसँग नै युभेन्ट्समा खेलेका डिबाला आफ्नो सम्झौता सकिएपछि अर्को सिरि ए क्लब एएस रोमामा आबद्ध भएका थिए । उनलाई अनुबन्ध गरेर जर्सी सार्वजनिक भएको पहिलो दिन अत्यधिक जर्सी विक्री भएको जनाएको छ । प्रारम्भिक गणना अनुसार […]

July 27, 2022

सुआरेज पूर्व क्लब फर्कने

एजेन्सी – लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब फर्कने भएका छन् । सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता गरेका छन् । सुआरेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् । आधिकारिक सम्झौता हुन बाँकी छ । क्लबले केही दिनमा नै उनलाई सार्वजनिक गर्ने योजना बनाएको छ […]

July 27, 2022

रियल म्याड्रिड क्लब अमेरिकासँग बराबरीमा रोकियो

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिड प्रि सिजनको मैत्रीपूर्ण खेलमा मेक्सिकन टोली क्लब अमेरिकासँग बराबरीमा रोकिएको छ । रियल म्याड्रिड २-२ को बराबरीमा रोकिँदा करीम बेन्जेमा र इडेन हाजार्डले १-१ गोल गरे । रियल खेलको पाँचौ मिनेटमा नै पछि परेको थियो । हेनरी मार्टिनले क्लब अमेरिकालाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र गरेको प्रहार […]

July 27, 2022

गौरव भन्छन् – ‘मैले दबाब दिएको होइन, एन्फाबाट प्रस्ताव आएको हो’

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठकअघि नियुक्ति विवादबारे आफ्नो नाम जोडिएकोमा गौरव थापाले आफ्नो भनाइ राखेका छन् । पछिल्लो समय एन्फा कार्यसमिति भित्रका पदाधिकारी तथा सदस्यबीच पदपूर्ति सम्बन्धि विषयलाई लिएर तिक्तता बढेपछि कार्यसमिति बैठक बस्न सकेको छैन । सुरुवातमा साउन २ गते एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि […]

July 27, 2022

नेपाल लगातार दोस्रो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार साँझ ७:१५ बजेपछि सुरु हुनेछ । आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० को भारी गोल अन्तरले हराएर सुखद् सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रनेछ । माल्दिभ्सविरुद्ध उच्च प्रदर्शन […]

July 27, 2022

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी – सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । पाराग्वेलाई २–० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा […]

July 27, 2022

बार्सिलोना र युभेन्टसको बराबरी

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस बराबरीमा रोकिएका छन् । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि युभेन्टस खेलमा फर्कंदै २-२ को बराबरी गर्न सफल रहयो । बार्सिलोनाका लागि दुवै गोल ओस्मान डेम्बेलेले गर्दा युभेन्टसको दुवै बराबरी गोल मोइस किनले फर्काए। खेलको ३४ औं मिनेटमा डेम्बेलेको गोलमा बार्सिलोनाले […]

July 27, 2022

सानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी – स्वीडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो । ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डको फाइनल यात्रामा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । पहिलो […]

July 26, 2022

मेस्सी नहुँदा बार्सिलोनामा गोलको खडेरी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले गत सिजन स्टार फरवार्ड लिओनेल मेस्सीको साथ गुमायो । आर्थिक समस्याका कारण मेस्सीलाई नयाँ सम्झौता दिन नसकेपछि उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पुगेका थिए । मेस्सीको प्रस्थानसँगै गत सिजन बार्सिलोनाको मैदानभित्र र बाहिर बिर्सनलायक रहयो । मैदानभित्रको प्रदर्शन खराब हुँदा क्लब उपाधिविहिन बन्नुपर्यो । खराब प्रदर्शनका कारण प्रशिक्षक रोनाल्ड […]

Success

Thank you for your time.