default_image

फुटबल

July 24, 2022

बेलको गोलमा लस एन्जलसको जित

एजेन्सी – सब्सिच्युट फरवार्ड ग्यारेथ बेलको गोल सहयोगमा लस एन्जलस फुटबल क्लब (एलएएफसी) ले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सहज जित दर्ता गरेको हो । शीर्षस्थानमा रहेको लस एन्जलसले स्पोर्टिङ कान्सास सिटीलाई २–० ले पराजित गरेको हो । लस एन्जलसको जितमा बेलसँगै क्रिष्टियन एरानगोले गोल गरे । चिल्ड्रेन्स मर्सी पार्क कान्सास सिटीमा आइतबार बिहान […]

July 24, 2022

लेवान्डोस्कीको डेब्यु, बेन्जेमालाई विश्राम

एजेन्सी – अमेरिकाको लास भेगासमा हुन लागेको रियल म्याड्रिड र बार्सिलोना बिचको मैत्रीपूर्ण खेलका लागि दुवै टोलीको सुरुवाती ११ घोषणा भएको छ । खेल नेपाली समयअनुसार विहान ८:४५ बजे सुरु हुनेछ । बार्सिलोनाले आफ्नो बलियो टोली उतार्दा रियलले भने मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको छ । बार्सिलोनाले यसै ट्रान्सफर विन्डोमा क्लब आएका फरवार्डद्वय रोबर्ट […]

July 24, 2022

आर्सनलसँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सीले आर्सनलसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । आर्सनलको सानदार जितमा गाब्रियल जेसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट साम्वी लोकंगाले गोल गरे । अमेरिकामा आइतबार बिहान भएको खेलको १५औं मिनेटमा जेससको गोलबाट आर्सनलले अग्रता लिएको थियो […]

July 24, 2022

हालान्डको गोलमा बायर्नको हार

एजेन्सी – यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी पुगेका नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा सिटीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १२औं मिनेटमा ज्याक […]

July 24, 2022

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – साविक विजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा स्तब्ध पार्दै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले स्तब्ध पार्दै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति भएको खेलमा फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक […]

July 24, 2022

केनको दुई गोलमा टोटेनहमको पूनरागमन जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इंग्लिस क्लब टोटेनहम हटस्परले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पूनरागमन जित निकालेको छ । टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पूनरागमन जित निकालेको हो । रेन्जर्सका एन्टोनियो मिर्काे कोलाकको गोल सान्त्वना बन्यो । आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेलको २४औं मिनेटमा एन्टोनियो मिर्काे कोलाकको गोलबाट घरेलु टोलीले […]

July 23, 2022

रियलमा मिलिसाओको सम्झौता नविकरण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिली सेन्टर ब्याक एडर मिलिसाओको सम्झौता नविकरण गरेको छ । रियलले मिलिसाओको रिलिज क्लज ५ सय मिलियन युरो राख्दै सन् २०२८ सम्मको सम्झौता नविकरण गरेको हो । यसअघि रियलमा मिलिसाओको सम्झौता २०२५ सम्म रहेको थियो । रियलले प्रि–सिजनका लागि अमेरिका भ्रमणमा जानुअघि मिलिसाओसँगको सम्झौता नविकरण गरेपनि क्लबले झन्डै एक […]

July 23, 2022

‘साफको फाइनलमा पुग्ने लक्ष्य छ’ – कप्तान आयुष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीका कप्तान आयुष घलानले भारतमा यसैसाता आयोजना हुने यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य रहेको बताएका छन् । प्रतियोगितास्थल भारतको भुवनेश्वरमा पुगेर पहिलो दिनको प्रशिक्षण सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कप्तान आयुषले माल्दिभ्ससँग ३ अंक जोड्दै फाइनलसम्म पुग्ने लक्ष्य रहेको बताएका हुन् । ‘माल्दिभ्सविरुद्धको पहिलो खेलमा सकेसम्म ३ अंक जोड्दै […]

July 23, 2022

एल क्लासिको : रियलको सामना गर्न नयाँ बार्सिलोना तयार

एजेन्सी – प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस फुटबलका दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । अमेरिकाको लास भेगासमा हुने यस खेललाई लास भेगास क्लासिको नाम दिइएको छ । अमेरिकामा शनिबार हुने खेल नेपाली समयअनुसार आइतबार विहान ८:४५ बजे हुनेछ । गत सिजन रियल म्याड्रिडले स्पेनिस लिग र युरोपेली च्याम्पियन्स लिग जित्दै निकै सफल सिजन […]

July 23, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड प्रि–सिजनको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । अन्तिम समयमा गोल खान पुगेपछि युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो । अप्टस स्टेडियम पर्थ अष्ट्रेलियामा शनिबार भएको खेलमा युनाइटेडका लागि जेडान सान्चोले गोल गर्दा एक गोल उपहार पाएको […]

Success

Thank you for your time.