default_image

फुटबल

March 11, 2022

लेस्टरले रेनेसलाई हरायो

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीले युरोपा कन्फ्रेन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रान्सेली क्लब रेनेसलाई पराजित गरेको छ । घरेलु मैदानमा लेस्टरले रेनेसलाई २–० ले हराएको हो । किङ पावर स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको […]

March 11, 2022

मासन र काई चम्कदा चेल्सीको सहज जित

एजेन्सी – मासन माउन्ट र काई हाभर्टजले समान एक गोलसँगै अर्काे असिस्ट दिएपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । चेल्सीले नर्विच सिटीमाथि उसकै मैदानमा ३–१ को सहज जित आत्मसात गरेको हो । चेल्सीको जितमा ट्रिभोअ चलोवाह, मासन माउन्ट र काई हाभर्टजले गोल गरे । घरेलु टोलीका टिमु पुकीले एक […]

March 11, 2022

सेभिया र एटलान्टालाई सफलता

एजेन्सी – स्पेनिस क्लब सेभिया र इटालियन क्लब एटलान्टाले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सफलता हात पारेका छन् । सेभियाले घरेलु मैदानमा इंग्लिस क्लब वेस्टह्याम युनाइटेडमाथि १–० को झिनो जित निकालेको हो । रोमन सान्चेज पिजुआनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा मुनिर इएल हाडडाडीले गरेको गोल नै निर्णायक बन्यो । उनले […]

March 11, 2022

बार्सिलोना बरारीमा रोकियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा टर्किस क्लब गालाटासारेसँग गोलरहित बराबरीमा रोकिएको हो । क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले गालाटासारेलाई दवावमा राखेपनि पाहुना टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण बुनेपनि गोल गर्न […]

March 10, 2022

श्री कुमारी र आरसिटीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीकार भएको खेलमा श्री कुमारी र आरसिटीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको चौथो मिनेटमा श्रीजन राज गौतमको गोलबाट श्री कुमारीले सुरुवाती अग्रता लिएको थियो […]

March 10, 2022

साफको लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यु–१८ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार प्रशिक्षणमा रहेका ३० सदस्यीय टोलीबाट ७ खेलाडी कटौती गर्दै २३ सदस्यीय टोली घोषणा गरेको हो । सम्झना चौधरी, गंगा कुमारी चौधरी, सीमा रावल, विपना स्नेही, अनु राई, सुष्मा जिटी र तुलसा बोहराले अन्तिम […]

March 10, 2022

फ्रेन्ड्स सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो । सर्वाधिक धनराशीको खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्सले शनिबार अर्को ए डिजिभन टोली मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । […]

March 10, 2022

विमलको दुई गोलसँगै झापा-११ सेमिफाइनलमा

हिमाल खरेल, झापा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरको दुई गोलसँगै रेडपाण्डा फुटबल क्लबलाई ५-१ ले पराजित गर्दै घरेलु टोली झापा-११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार भएको अन्तिम क्वाटरफाइनलमा सिक्किमको रेडपान्डा फुटबल क्लबविरुद्ध विमलले २ गोल गर्दा कप्तान विशाल राई बी र विश्वास श्रेष्ठले १-१ गोल गरे । […]

March 10, 2022

पिएसजी अध्यक्षद्वारा रेफ्रीको उपकरण तोडफोड

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को खेलमा रियल म्याड्रिडले करीम बेन्जेमको ह्याट्रिकको मदतले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्यो । उक्त खेलपछि पिएसजीका अध्यक्ष नासेर अल खलिफीले रेफ्री कक्षभित्र पसेर रेफ्रीको उपकरण तोडफोड गरेका छन् । पिएसजी अध्यक्ष खलिफी खेलपछि रिसले मुर्मुरिंदै रेफ्रीको खोजीमा निस्केका थिए । पिएसजीका […]

March 10, 2022

बेन्जेमा रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बेन्जेमा रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् । बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को जितमा ह्याट्रिक पुरा गरेपछि उनी रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका […]

Success

Thank you for your time.