default_image

फुटबल

December 13, 2021

पहिलो हाफमा जावलाखेल र बीबीसी बराबर

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले बीबीसीलाई दवावमा राख्दै आधा दर्जन बढी गोलको मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । १३औं मिनेटमा […]

December 13, 2021

म्यानचेस्टर युनाइटेड र पिएसजी प्रि–क्वाटरफाइनलमा भिड्ने

एजेनसी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा नै भिड्ने भएका छन् । नियोनमा मंगलबार भएको ‘ड्र’ अनुसार समूह ‘एफ’ को विजेता म्यानचेस्टर युनाइटेडले समूह ‘ए’ को उपविजेता पिएसजी प्रतिद्धन्द्धी पाएको हो । यसको अर्थ आधुनिक फुटबलका हस्ती पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी पुनः एकपटक […]

December 13, 2021

पुलिसमाथि संकटाको जित

काठमाडौं (हाम्रो खेलकुद) – निरज बस्नेतको निर्णायक गोलमा संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । संकटाले पुलिसलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा निरज कस्नेतले गरेको गोल नै निर्णायक बन्यो । निरजले १८औं मिनेटमा लक्ष्मण […]

December 13, 2021

पहिलो हाफ – निरजको गोलमा पुलिसविरुद्ध संकटाको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – निरज बस्नेतको गोलमा संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिसविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा निरजले १८औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका हुन् । लक्ष्मण रुचालको कर्नरमा निरजले डाइभिङ हेडरमार्फत गोल गर्न सफल हुदा पुलिसका गोलरक्षक रोशन खड्काले […]

December 13, 2021

‘ए’ डिभिजन लिगमा ५० गोल पूरा

काठमाडौं (हाम्रो खेलकुद) – यो सिजनको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा भएको छ । संकटाका डिफेन्डर निरज बस्नेतले पुलिसविरुद्धको चौथो राउन्डको खेलमा गोल गरेपछि लिगमा ५० गोल पूरा भएको हो । लिगको चौथो चरण जारी रहँदा (२७औं खेल) मा उनी ५०औं गोल पुरा गर्ने खेलाडी बनेका छन् । उनले लिगमा […]

December 13, 2021

मिडफिल्डर एरिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) का मिडफिल्डर एरिक विष्ट दुई दिनको अस्पताल बसाईंपछि डिस्चार्ज भएका छन् । शनिबार भएको सातदोबाटो युथ क्लबविरुद्ध खेलमा टाउकोमा चोट लागेर बेहोस भएपछि उनलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालासँगै रहेको ब्लु क्रस अस्पताल लागिएको थियो । सुरुवाती दिन आवश्यक परिक्षण गरेपछि उनलाई अति सघन कक्ष (आइसीयु) मा राखिएको थियो […]

December 13, 2021

दोस्रो जितको प्रयासमा संकटा र पुलिस

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका अन्तिम दुई खेल आज हुँदैछन् । दशरथ रंगशालामा दिउँसो १ः०० बजे सुरु हुने खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुनेछ । दिउँसो ४ः४५ बजे ललितपुरका दुई टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । समान ५ अंकका साथ […]

December 13, 2021

लेस्टरको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले सानदार जित निकालेको छ । लेस्टरले घरेलु मैदानमा न्युक्यासल युनाइटेडमाथि ४–० को सानदार जित आत्मसात गरेको हो । किङ पावर स्टेडियममा लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा पाट्सन डाँका र जेम्स म्याडिसनले समान एक गोल गरे । लेस्टरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल थपेको थियो […]

December 13, 2021

मिलानलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – एसी मिलानलाई पछि पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिन सफल भएको छ । आइतबार राति क्याग्लिएरीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै इन्टर शीर्षस्थानमा उक्लदा मिलानलाई पछि पारेको हो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा एलेक्सिस सान्चेज र हकान चलहानोग्लुले समान एक गोल गरे । मिलानो इटालीमा आइतबार राति […]

December 13, 2021

एमबाप्पेको दुई गोलमा पिएसजीको जित

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा सहज जित निकालेको छ । घरेलु मैदानमा पिएसजीले मोनाकोलाई २–० ले पराजित गरेको हो । दुवै गोल एमबाप्पेले पहिलो हाफमा गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिएको […]

Success

Thank you for your time.