default_image

फुटबल

May 4, 2021

वेस्ट ह्यामले बर्नलेलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले बर्नलेलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । वेस्ट ह्यामले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । वेस्ट ह्यामको जितमा दुवै गोल मिचेल एन्टोनियोले गर्दा घरेलु टोलीका क्रिस वुडको गोल सान्तवना बन्यो । सबै तीन गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको […]

May 4, 2021

बिल्वाओसँग सेभियाको हार

एजेन्सी – उपाधि होडमा रहेको सेभिया घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग स्तब्ध बनेको छ । अन्तिम समयमा इनाकी विलियम्सले गोल गरेपछि सेभिया बिल्वाओसँग १–० ले स्तब्ध बनेको हो । रामोन सान्चेज पिजुवान स्टेडियम सेभियामा सोमबार राति भएको खेलमा घरेलु टोली सेभियाले ७४ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर […]

May 4, 2021

प्रशिक्षक न्यौपानेको परिवारलाई समर्थकको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब तथा नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सका प्रशिक्षक नविन न्यौपानेको परिवारलाई फुटबल समर्थकले नगद सहयोग गरेका छन् । नेपाली फुटबललाई खेलाडी र प्रशिक्षकका रुपमा योगदान दिँदै आएका प्रशिक्षक न्यौपानेको बुवा र आमा दुवै क्यान्सरको विरामी हुन् । दुवै पछिल्लो समय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् […]

May 3, 2021

सिटीविरुद्ध एमबाप्पे खेल्ने सम्भावना

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) को म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि मनोबल थप उच्च भएको छ । चोटका कारण पछिल्लो समय आराम गरिरहेका टोलीका मुख्य खेलाडी मध्येका एक केलियन एमबाप्पे चोटमुक्त भएका छन् । चोटका कारण फ्रान्सेली फरवार्डले अघिल्लो साता लिग वानमा लेन्सविरुद्धको खेल गुमाएका थिए । उनको पिडौलामा समस्या रहेका कारण […]

May 3, 2021

चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनिस फरवार्ड पेड्रो मान्जी र सन्तोष तामाङको गोलमा विराटनगर सिटी एफसीले पुछारमा रहेको एफसी चितवनलाई हराउँदै खुकुरी नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा विराटनगरले चितवनलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । खेलको २०औं मिनेटमा जर्जप्रिन्स कार्कीको फ्रिकिक विराटनगर सिटी एफसीका […]

May 3, 2021

पहिलो हाफ – चितवन र विराटनगरको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सिटी एफसीले पुछारको एफसी चितवनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । २०औं मिनेटमा जर्जप्रिन्स कार्कीको फ्रिकिक विराटनगर सिटी एफसीका गोलरक्षक किशोर गिरीले […]

May 3, 2021

पेनाल्टीमा बार्सिलोनाको संघर्ष

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि यस सिजन पेनाल्टी प्राप्त गरेपनि त्यसमा सफलता हासिल गर्न भने टोलीले निकै संघर्ष गर्नुपरेको छ । आइतबार भ्यालेन्सियाविरुद्ध खेलमा पनि त्यो जारी रहयो । कप्तान लिओनेल मेस्सीले भ्यालेन्सियाविरुद्ध प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् । गोलरक्षक जास्पर सिलेसनले मेस्सीको प्रहार बचाएका थिए । तर उक्त बचाउबाट फर्केकै बलमा आएको क्रस […]

May 3, 2021

मोनाकोमाथि लियोनको रोमाञ्चक जित

एजेन्सी – तनवापुर्ण बनेको फ्रेन्च लिग वानको खेलमा लियोनले एक गोलले पछि परेको अवस्थामा मोनाकोमाथि उसकै मैदानमा ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ । मोनाकोमा आइतबार राति भएको खेलमा लियोनको जितमा मेम्फिस डिपाए, मार्सेलो र रायन चेर्कीले गोल गरे । घरेलु टोलीका केभिन भोलान्ड र विसाम विन यडरले गोल फर्काए । खेलको २५औं मिनेटमा […]

May 3, 2021

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डाले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसमाथि २–१ को पूनरागमन जित निकालेको छ । घरेलु टोली उडिनेसका नाहुएल मोलिनाको गोल सान्त्वना बन्यो । रोनाल्डोले दोस्रो हाफको अन्त्यतिर सात मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टसलाई महत्वपुर्ण ३ अंक दिलाएका हुन् । लगातार ९ […]

May 3, 2021

मेस्सी र ग्रिजमनको गोलमा बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि पूनरागमन जित निकालेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा ३–२ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा ग्रिजमनले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लाेस सोलेरले गोल फर्काए […]

Success

Thank you for your time.