May 15, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदानमा भएको खेलमा ४-१को जित हात पारेको छ। खेलको १०औं मिनेटमा नाचो फर्नान्डेजको गोलमा रियलले अग्रता बनाएको थियो। मार्को एसेन्सियोलाई फल हानेपछि पाएको फ्रिकिकलाई उनले चाडैं गोलको दिशा दिंदा सेभिल्लाका गोलरक्षकले मुकदर्शक बनेका थिए। खेलको २३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल […]
May 14, 2017
जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत आइतबार भएको खेलमा रोहित चन्दको क्लब पर्सिजा जाकर्ताले मिट्रा कुकारसंग १-१को बराबरी खेल्दै लिगमा हारको शृंखलालाई अन्त्य गरेको छ। लिगको छैठौं चरणको खेलमा पर्सिजाका लुइज जुनियरले ३७औं मिनेटमा गरेको गोलले पर्सिजाले अग्रता लिएको थियो। तर, खेलको अन्तिम समयतिर केहि दबाबमा परेपछि पर्सिजाले घरेलु मैदानमा महत्वपूर्ण ३ अंक जोड्न सकेन। मोहमद […]
May 14, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लास पाल्मासंग भिड्दैछ। आफ्नो पछिल्ला ४ लिग खेलमा जित हात पारेको बार्सिलोना यस खेलमा जितसंगै शीर्षस्थानमा आफ्नो दबाब कायम राख्ने योजनामा हुनेछ। लास पाल्मास तालिकाको १४औं स्थानमा छ र उसको रेलिगेसनको डर हटिसकेको छ। लास पाल्मासका लागि यस खेलमा रियलका […]
May 14, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती हुने खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबाउमा सेभिल्लाको सामना गर्दैछ। अंक तालिकामा चौथो स्थानमा रहेको सेभिल्ला च्याम्पियन्स लिगको लागि लगभग छनोट भइसकेको अवस्थामा रियल म्याड्रिडको उपाधि यात्रामा रोक लगाउने सेभिल्लाको प्रयास हुनेछ। शीर्ष २ स्थान ओगटेका म्याड्रिड र बार्सिलोनाको समान अंक छ भने म्याड्रिडले १ […]
May 14, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनलले स्टक सिटीलाई उसकै घरेलु मैदानमा ४-१को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा हेक्टर बेलेरिनको पासलाई सदुपयोग गर्दै ओलिभिएर जिरूडले आर्सनललाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ५५औं मिनेटमा एलेक्सिस स्यान्चेजको पासमा मेसुट ओजिलले गोल गर्दै २ गोलको अग्रता बनाए। पिटर क्राउचले हेडीङ्ग गर्ने […]
May 14, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-१ले पराजित गर्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ। खेलको २९औं मिनेटमा लेरोए सानेको पासलाई सदुपयोग गर्दै डेविड सिल्भाले म्यानचेस्टर सिटिलाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेट नबित्दै सानेलाई बक्सभित्र लडाएपछि सिटीले पेनाल्टीको मौका पाएको थियो। ग्यब्रिएल जेससले उक्त पेनाल्टीलाई गोलमा परिणत […]
May 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलियाको भिक्टोरिया स्टेट अन्तर्गत नेसनल प्रिमिएर लिगको दोश्रो श्रेणीको लिगको सनसाइन जर्ज क्रस फुटबल क्लबबाट खेल्दै आएका नेपाली खेलाडी जगजित श्रेष्ठको टोलीले आफ्नो लिग चरण अन्तर्गत शनिबार भएको खेलमा जित दर्ता गरेको छ। जगजितको टोलीले व्हीट्टलसी रेन्जर्स फुटबल क्लबलाई उसकै घरेलु मैदानमा ३-१ले पराजित गरेको हो। १४ खेलमा २१ अंक जोडेको […]
May 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल महिला राष्ट्रिय फुटबल टोलीले यहि जेष्ठ ८ र १० गतेका दिन मलेसियाको राष्ट्रिय महिला टोलीसंग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघले यसअघि १ खेल खेल्ने भनेपनि एन्फाको विशेष आग्रहमा मलेसियाले २ मैत्रीपूर्ण खेल खेल्न सहमत भएको बताएको छ। दुवै खेल मलेसिया स्थित कोटा किनाबालुको लिकास रंगशालामा […]
May 13, 2017
बार्सिलोना (एजेन्सी) – फुटबल क्लब बार्सिलोनाका प्रवक्ता जोसेप भिभेसका अनुसार लियोनेल मेस्सी छिट्टै बार्सिलोनासंग नयाँ अनुबन्धनमा हस्ताक्षर गर्ने तयारीमा छन्। २९ वर्षीय अर्जेन्टिनी फुटबलर मेस्सीको जारी करार अर्को वर्षको जुन महिनामा समाप्त हुँदैछ र बार्सिलोनाले केहि समयदेखि मेस्सीसंग यसबारे कुरा गरिरहेको छ। कुनै समय मेस्सीले पेप गुआर्डीओलासंगै म्यानचेस्टर सिटि जाने हल्ला चलेको थियो भने पेरिस […]
May 13, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा घरेलु टोली वेष्ट ब्रमविच आल्बियनलाई १-०ले पराजित गर्दै चेल्सीले प्रिमियर लिगको उपाधि हात पारेको छ। यो चेल्सीको पाँचौ प्रिमियर लिग उपाधि हो। निकै रक्षात्मक खेल खेलेको वेष्ट ब्रमका विरुद्ध चेल्सीले धेरै आक्रमण बुनेको थियो।. तर डिएगो कोष्टा, एडेन हाजार्ड लगायतका खेलाडीले खेलमा अग्रता भने दिलाउन […]