default_image

फुटबल

March 18, 2021

एमबाप्पे चम्कँदा पिएसजी क्वाटरमा

एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले फ्रेन्च कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । घरेलु मैदान पार्क दे प्रिन्समा एमबाप्पेले दुई गोल गर्दा पिएसजीले लिललाई ३-० ले पराजित गर्दै अर्को चरणमा स्थान बनायो । फ्रेन्च लिगको शीर्षस्थानमा रहेको लिलले आक्रमणमा फितलो प्रदर्शन गर्दा हार बेहोर्न पुगेको हो । पिएसजी […]

March 18, 2021

एटलेटिकोलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान स्टामफर्ड ब्रिजमा स्पेनी टोलीलाई २-० ले पराजित गर्दै चेल्सीले समग्रमा ३-० को जित दर्ता फरेको हो । चेल्सीले पहिलो लेगमा १-० को जित हात पारेपछि दोस्रो लेगमा जित हासिल गर्दा हाकिम जिएच र एमर्सन […]

March 17, 2021

चेल्सी र एट्लेटिको भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको सामना गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी एट्लेटिकोलाई हराउदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पहिलो लेगमा १–० को जित निकालेको चेल्सीलाई बराबरीको नतिजा पनि अघिल्लो चरण पुग्न […]

March 17, 2021

एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटीको लगातार दोस्रो जित

नेपालगन्ज (हाम्रो खेलकुद) – सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । स्टारका कुलदिप कार्की र रुप बहादुर लामाले गोल गर्दा सैनिकका जीवन […]

March 17, 2021

मछिन्द्रलाई हराउँदै मकवानपुर फाइनलमा

गणेश दर्पण अधिकारी, हेटौंडा साविक विजेता रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाको नजिक पुगेको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लवलाई ४–३ ले स्तब्ध पार्दै घरेलु टोली मकवानपुर ११ उपाधि भिडन्त पक्का गरेको हो । मकवानपुरले अब त्रिभुवन आर्मी फुटबल क्लब र क्यामरुनको […]

March 17, 2021

भरत एफसी चितवनको मार्की, केसी प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम चितवनले बुधबार भरतसँग सम्झौता गरेको हो । रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक मेघराज केसीलाई चितवनले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको […]

March 17, 2021

जिदानले गरे मोड्रिचको तारिफ

एजेन्सी – रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । यो सिजन मिश्रित प्रदर्शन गरिरहेको रियलले मंगलबार एटलान्टालाई ३–१ ले हराएपछि समग्रमा ४–१ को अग्रतासहित टोली अन्तिम ८ मा पुगेको हो । टोलीको प्रदर्शनमा रियलका प्रशिक्षक जिनेदिन जिदान निकै खुसी छन् । अझ त्यसमा पनि उनी लुका मोड्रिचसँग बढी नै प्रभावित छन् । ३५ वर्षको […]

March 17, 2021

रोनाल्डो रियल फर्कने जिदानको संकेत

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सान्टियोगो बर्नाबेउ फर्कने सक्ने सम्भावना रहेको संकेत गरेका छन् । इटालियन क्लब युभेन्टस युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहँदा जिदानले उनी पुनः रियल फर्किने संकेत दिएका हुन् । युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग (४–४ को बराबरी) भएपनि अवे […]

March 17, 2021

इब्राहिमोभिच स्वीडेनको टोलीमा!

एजेन्सी – सन्यास लिएको पाँच वर्षपछि भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच स्वीडेनको राष्ट्रिय टिममा फर्केका छन् । विश्वकप छनोटका लागि मंगलबार घोषणा गरिएको स्वीडेनको टिममा इब्राहिमोभिचले स्थान बनाएका हुन् । सन् २०१६ को युरोकपबाट बाहिरिएपछि टोलीका कप्तान समेत रहेका इब्राहिमोभिचले सन्यास लिएका थिए । सन्यासको निर्णयलाई परिवर्तन गर्दै इब्राहिमोभिच फेरि राष्ट्रिय टिममा फर्केका हुन् । उनले […]

March 17, 2021

म्यानेचस्टर सिटी क्वाटरफाइनलमा

एजेन्सी – जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको चुनौती समग्रमा ४–० ले पन्छाउदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको पहिलो लेगमा २–० को जित निकालेको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा पनि २–० को जित निकाल्दै समग्रमा ४–० को जितसँगै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु मैदान […]

Success

Thank you for your time.