November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]
November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]
November 7, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ८–० ले र संकटा एफसीले घरेलु झापा एफसीलाई ६-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए। […]
November 7, 2025
दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]
November 7, 2025
दिपक बोहोरा/झापा घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट। अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ। गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को […]
November 6, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी […]
November 6, 2025
ललितपुर (हाम्रो खेलकुद)- सहिद ए डिभिजन लिग हुनु पर्ने मागसहित नेपाल फुटबल खेलाडी संघले आज सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय बाहिर शान्तिपूर्ण धर्ना प्रदर्शन गरेको छ। संघले नेतृत्व गरेको सडक संघर्षको पहिलो कार्यक्रम धर्नामा राष्ट्रिय टोली खेलाडी, डिभिजन लिगका खेलाडी, राष्ट्रिय फुटबल टोली पूर्व कप्तान फुटबल र समर्थकको उपस्थिति रहेको थियो। बिहान […]
November 6, 2025
रबिन्द्र वाईबा, हेटौंडा हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा बिहीवार काक्रेविहार युथ क्लब (सुर्खेत) र टाइगर्स टिम (दोलखा) ले जित निकालेका छन्। पहिलो खेलमा काक्रेविहारले हैरान्स क्लब (तनहुँ) लाई ३-२ गोलले हराएको हो। काक्रेविहारका लागि सुजन बलाम्पकी मगरले ३२ औँ, अनिश चापागाईंले ४२ औं मिनेटमा र अनिश घर्ती क्षेत्रीले ६८ औं मिनेटमा गोल गरे। हैरान्सका लागि […]
November 6, 2025
दिपक बोहोरा/ हिमाल खरेल, दुधे (झापा) त्रिभुवन आर्मी फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। दुधे रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा आरएस पोखरा एफसीलाई ६–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। यो जितसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छखेलको सुरुवाती मिनेटदेखि नै आर्मीले मैदानमा पूर्ण नियन्त्रण जमायो। बल पोजेसन, पासिङ […]
November 6, 2025
हिमाल खरेल,बिर्तामोड झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् । पोखरा छनोट प्रतियोगिताबाट महिला लिगमा छनोट […]