July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् । एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् […]
July 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भारतमा मंगलबार सम्पन्न चौधौं साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । च्याम्पियनसिपको समापनका क्रममा नेपाललाई फेयर प्ले अवार्ड दिने घोषणा गरिएको थियो । भारत र कुवेतबीचको फाइनल सन्चालन गरेका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड ग्रहण गरेका थिए । साफ च्याम्पियनसिपमा अघिल्लो संस्करणको उपविजेता रहेको नेपाली टोली […]
July 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बैंगलरुको कान्तिरभा रंगशालामा मंगलबार कुवेतलाई सडन डेथमा हराउँदै भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । निर्धारित समय र थप ३० मिनेटमा १–१ को बराबरी र टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ भारतीय गोलकिपर गुरप्रित […]
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लेवननलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारत उपाधि रक्षाको नजिक पुगेको छ । भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । यसअघि बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको थियो । बैंगलरुको कान्तिरभा रंगशालामा शनिबार निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– कुवेत भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शनिबार थप समयमा गएको सेमिफाइनल बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको हो । अब्ददुल्ला अल्ब्लोसीले गरेको गोल नै खेलको निर्णायक बनेपछि कुवेत उपाधि नजिक पुगेको हो । पहिलो सहभागितामा फाइनल पुगेका कुवेतले अब फाइनलमा भारत र लेवनानमध्ये एकको सामना गर्नेछ ।नियमित […]
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपका दुबै सेमिफाइनल शनिबार हुँदैछ । पहिलो सेमिफाइनल कुवेत र बंगलादेशबीच हुनेछ । खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । साँझ ७ः४५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा आयोजक भारत र लेबनानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’बाट कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगेका […]
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको जितसँगै भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलको समिकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा बुधबार भएको खेलमा भुटानलाई ३–१ ले हराउँदै बंगलादेश समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सन् २००९ पछि बंगलादेश पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको हो । त्यसअघि भएको खेलमा लेवननले […]
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लेवनानले साफ च्याम्पियनसिप २०२३ को समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबार भएको समूह बी को अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै लेवनान समूह विजेता बनेको हो । लेवनानको जितमा कप्तान हसान मातुकले गोल गरेका थिए । उनले फ्रिकिकमा गरेको गोल नै निर्णायक सावित भयो । यस जितसँगै […]
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक भारत र कुवेतबीच साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेल बराबरीमा टुंगिएको छ । पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा सविक विजेता भारत १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि कुवेत समूह ‘ए’को विजेता बनेको छ । कुवेत र भारत दुवै यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । कुवेत […]
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२३ मा सान्त्वना जित दर्ता गरेको छ । अन्तिम खेलमा पाकिस्तानलाई १-० ले पराजित गर्दै नेपालले जितसहित प्रतियोगिता अन्त्य गरेको हो । बेन्चबाट दोस्रो हाफमा मैदान छिरेका विंगर आशिष चौधरीले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई जित दिलाएका थिए । सुरुवाती दुई खेलमा हार बेहोरेपछि बाहिरिएका […]