default_image

फुटसल

September 20, 2021

दि राइजिङको लगातार दोस्रो जित

विजय नेपाली, पोखरा दि राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत सोमबार भएको खेलमा जित दर्ता गरेका छन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा प्रभातफेरी युथ क्लब काठमाडौंलाई ११–६ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गरेको हो । दि राइजिङले पहिलो खेलमा स्काई गोल्समाथि ५–४ को प्रतिस्पर्धात्मक […]

September 19, 2021

ढुकु र लुम्बिनीको विजयी सुरुवात

विजय नेपाली,पोखरा ढुकु फुटसल हव काठमाडौं र लुम्बिनी फुटसल रुपेन्देहीले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा विजयी सुरुवात गरेका छन् । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा लुम्बिनी फुटसलले झरना स्पोर्ट्स क्लब रुपन्देहीमाथि ६–२ को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको हो । लुम्बिनीको फराकिलो जितमा रुपेन बराइलीले दुई तथा अन्जन थापा, गेली शेर्पा, राफी महर्जन […]

September 18, 2021

स्पोर्टस क्यासल र द राइजिङको विजयी सुरुवात

विजय नेपाली, पोखरा राष्ट्रिय ए डिभिजन फुुटसल लिग प्रतियोगिताको पहिलो दिन शनिबार घरेलु टोली स्पोर्टस क्यासल र द राइजिङ क्लब धरान क्लब विजयी भएका छन् । पोखरा रंगशालामा स्पोर्टस क्यासलले काठमाण्डौंको प्रभातफेरी युथ क्लबलाई ७–० ले हराएको थियो । टोलीको जितमा सुमित श्रेष्ठ, खिमराज गुरुङले समान २, विजय गुरुङ, दीपेश घले र किशोर गुरुङले गोल […]

September 15, 2021

लुम्बिनी फुटसललाई अल्फा बिटा र लिनिङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा ठिटा र चाइना ट्रेडलिंक प्रालिको साथ पाएको छ । अमेरिकाको टेक्सास शहरमा केन्द्रिय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा ठिटा लुम्बिनी फुटसलसँग मुख्य प्रायोजक र विश्व स्तरीय खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकको रुपमा लुम्बिनीसँग जोडिएको हो । […]

September 13, 2021

पोखरामा हुने राष्ट्रिय फुटसल लिगको तयारी अन्तिम चरणमा

विजय नेपाली, पोखराअखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक पोखरामा राष्ट्रिय फुटसल लिग हुदैँछ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भड हलमा यस अघि नै प्रतियोगिता आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । एन्फाले लिगका लागि छनोट चरणका खेलबाट विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो । एन्फाले […]

September 7, 2021

‘ए’ डिभिजन फुटसलको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेल द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटीले मंगलबार खेल तालिका सार्वजनिक गरेको छ । लिग स्वास्थ्य मापदण्ड अपनाई पोखराको बहुउद्देशीय कभर्डहलमा असोज २ देखि २२ गते […]

July 29, 2021

बन्द रहेको फुटसल खोल्ने व्यवसायीको निर्णय

काठमाडौं (हाम्रो खेलकुद) – फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले गत बैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि निषेधाज्ञापछि बन्द रहेको फुटसल खोल्ने निर्णय गरेको संघका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

July 8, 2021

फुटसल सञ्चालन गर्न दिन माग

काठमाडौं (हाम्रो खेलकुद) – फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले विगत दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेको फुटसल सञ्चालनका लागि काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरसको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल सञ्चालनका लागि संघले बिहीबार काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको […]

July 7, 2021

स्थगित ‘ए’ डिभिजन फुटसल साउन तेस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग आगमी साउन तेस्रो सातादेखि आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक विज्ञप्ति जारी गर्दै अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल साउन २३ गतेदेखि पोखरामै आयोजना हुने जानकारी गराएको छ । दोस्रो चरणको […]

May 11, 2021

‘ए’ डिभिजन फुटसल लिग स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने तया भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग अनिश्चित कालका लागि स्थगित भएको छ । एन्फाले विज्ञप्ती जारी गर्दै १ देखि २२ जेठसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुन लागेको ‘ए’ डिभिजन फुटसल लिग अनिश्चित समयका लागि स्थगित भएको जनाएको छ । १० टिमको सहभागिता हुने […]

Success

Thank you for your time.