default_image

फुटसल

April 27, 2021

बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फा फुटसल कमिटिको सिफारिसमा एन्फाले बस्नेतलाई ६ महिनाको लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक नियक्त भएका बस्नेतलाई मंगलबार नियुक्ति पत्र हस्तान्तरण गरे । […]

March 31, 2021

कमल स्कुलको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – कमल इङ्लिस स्कुलले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुलले जेसिस इन्टरनेसनल स्कुललाई ३–०, कुलेश्वर ‘ए’ ले ब्राइट एन्जल्स ‘बी’ लाई पेनाल्टीमा ४–३, नजारथले सेराफिमलाई ४–२, हिमशिखरले ग्रिन […]

March 16, 2021

फुटसल फाइभ प्रदेश १ को फुटसल च्याम्पियन

इटहरी (हाम्रो खेलकुद)– सुनसरीको फुटसल फाइभ धरानले प्रदेश १ फुटसल छनोट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा मंगलबार भएको फाइनलमा फुटसल फाइभले आफ्नै जिल्लाको द राइजिङ क्लब धरानलाई टाइब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको थियो । निर्धारित समय ४–४ को बराबरीपछि निर्णयका लागि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फुटसल फाइभका सरोज तामाङ, विजय श्रेष्ठ, […]

March 16, 2021

धरान र राइजिङ ‘ए’ डिभिजन फुटसल लिगमा छनोट

काठमाडौंं (हाम्रो खेलकुद) – आगमी जेठमा पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा प्रदेश १ बाट फुटसल ५ धरान र राइजिङ एफसी छनोट भएका छन् । उनीहरु प्रदेश १ को विजेता र उपविजेताको रुपमा छनोट भएका हुन् । पाथिभारा फुटसल इटहरीमा मंगलबार भएको फाइनलमा फुटसल ५ धरानले राइजिङ एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन […]

March 8, 2021

अर्किड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काँडाघारीस्थित अर्किड स्कुल तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित ग¥यो । पेनाल्टीमा अर्किडबाट दिलकुमार तामाङ, उमेश कट्वाल, संगम कार्की, सरोज तामाङ र बसन्त ढकालले गोल गरे । निर्धारित समयको खेल […]

March 3, 2021

फुटसल लिगको ब्रोडकास्टिङ पार्टनर कान्तिपुर

काठमाडौं (हाम्रो खेलकुद) – तीन महिनापछि पोखरामा पोखरा हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको प्रत्यक्ष प्रसारण अधिकार कान्तिपुर टेलिभिजन र इकान्तिपुर डटकमले लिएको छ । फुटसल लिगको व्यवस्थापन कम्पनी टर्नपाइक इभेन्ट प्रालिले बुधबार प्रत्यक्ष प्रसारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई–कान्तिपुर डटकमसँग सम्झौता गरेको हो । कान्तिपुरका ब्रोडकास्टिङ डाइरेक्टर सुरज […]

February 7, 2021

फुटसल लिगका लागि टर्नपाइक र एन्फाबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत एन्फा फुटसल कमिटिको आयोजनामा हुने ‘ए’ डिभिजन लिग फुटसललाई टर्नपाइक इभेन्ट प्रालिले व्यवस्थापन गर्ने भएको छ । एन्फा र टर्नपाइक इभेन्टबीच आइतबार सम्झौता भएको छ । सम्झौता पत्रमा फुटसल कमिटिका संयोजक तथा एन्फा केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ र टर्नपाइकका प्रमुख कार्यकारी अधिकृत युकेश लोहनीले हस्ताक्षर […]

futsal

January 25, 2021

‘ए’ डिभिजन लिग फुटसल पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको एन्फा फुटसल कमिटिले फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा गर्ने निर्णय गरेको छ । फुटसल कमिटिली सोमबार फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा बैशाख २५ देखि जेठ १५ सम्म सञ्चालन गर्ने जानकारी गराएको छ । लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने फुटसल लिग कमिटिले जनाएको छ । जसमा […]

December 26, 2020

ढुकुलाई सोल्टी ११ नकआउट फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले सोल्टी ११ नकआउट फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि जितेको छ । गोङ्गबुस्थित मनाङ–मस्र्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ब्रदर्श युनाइटेडलाई ४–१ ले पराजित गर्दै ढुकुले उपाधि हात पारेको हो । ढुकुको एकपक्षीय जितमा अमित लामाले २ तथा अभय राना र आदिल हामिदले समान एक गोल गरे । उपाधिसँगै ढुकुले ६६ […]

October 25, 2020

युथ स्टार हिमालीबास निलोलाई फुटसल उपाधि

रौतहट (हाम्रो खेलुकद)– श्री हिमालीबास फुटसल युवा क्लबले आयोजना गरेको प्रथम गाउँ स्तरीय फुटसल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ। रौतहटको फतुवा विजयपुर ( ११ स्थित मैदानमा भएको फाइनलमा हिमालीबास फुटसल युवा क्लब रातोलाईलाई ३–२ ले पराजित गर्दै युथ स्टार हिमालीबास निलोले उपाधि जितेको हो। विजेता टोलीका लागि दिवस श्रेष्ठले २ […]

Success

Thank you for your time.