default_image

फुटसल

November 24, 2017

टाइम्सलाई अल्फा बिटा अन्तरकलेज फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शंखमुल फुटसलमा आज भएको फाइनलमा आइडियल इङ्लिस स्कुललाई टाइएब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ३० मिनेटमा खेलमा १–१ को बराबरीपछि पेनाल्टी सुट आउटमा टाइम्सले बाजी मारेको हो । निर्धारित समयमा आइडियलका युर्केन शेर्पाले आइडियलका लागि […]

November 23, 2017

अल्फा बिटा फुटसलको क्वार्टरफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । शंखमुलस्थित शंखमुल फुटसलमा बिहिबार भएको समूह चरणको अन्तिम खेलपछि फुटसलको क्वार्टरफाइनल समिकरण पूरा भएको हो । प्रतियोगितामा समूह ‘ए’ बाट साइपाल एकेडेमी समूह विजेता बन्दा कान्जिरोवा उपविजेता बन्यो । यस्तै समूह ‘बी’ बाट आइडियल कलेज विजेता तथा ओलम्पिया […]

November 22, 2017

ओलम्पिया र आइडियल अल्फा बिटा फुटसलको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट सुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा दोहोरो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । ओलम्पियाले पहिलो खेलमा लिटिल एन्जल्सलाई ३–१ ले पराजित गर्दा दोस्रो […]

November 20, 2017

प्रथम अल्फा बिटा अन्तर कलेज फुटसलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक अल्फा बिटाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता मंसिर ६ गते बुधबार देखि ८ गते शुक्रबारसम्म शंखमुल फुटसलमा हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । […]

November 10, 2017

अल्फा बिटा अन्तर कलेज फुटसल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– अल्फा बिटा कन्सल्टेन्सीले अर्को महिना फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । साढे दुई दशक अघि स्थापना भएको कन्सल्टेन्सीले अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिता मंसिर ६ देखि ८ गते सम्म राजधानीमा आयोजना गर्ने आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष द्विराज शर्माले जानकारी दिएका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान […]

nepal1

October 17, 2017

एएफसी फुटसल च्याम्पियनसिप : नेपालको खातामा २८ गोलको बदला ४ गोल

काठमाडौं (हाम्रो खेलकुद) – अर्को लज्जास्पद हारसहित नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटसलको सहभागिताको अन्त्य गरेको छ । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा लगातार दुई खेल गुमाइसकेपछि भिडेका दुई टोलीबीचको खेलमा आज नेपाल तुर्किमिनिस्तानसँग ९–३ ले पराजित भएको थियो । यसअघि २ खेलमा १९ गोल खाइसकेको नेपाललले कुल २८ गोल खाएको छ । बदलामा ४ गोल […]

default_image

October 17, 2017

एएफसी फुटसल च्याम्पियनसिप : दुवै खेल हारेका नेपाल र तुर्किमिनिस्तान भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटसलमा सहभागिताको अनुभव सुखद हुन सकेन । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिपमा नेपालले अहिले सम्म खेलेका दुवै खेल गुमाएको मात्र छैन, हारमा पनि गोलको भारी नै बोकेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको नेपालले हिजोको किर्गिस्तानसँगको खेलमा भने कम गोल भएको मै सन्तोष मान्नु […]

nepal kryg

October 16, 2017

अन्तर्राष्ट्रिय फुटसलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- पहिलोपटक अन्तर्राष्ट्रिय फुटसलमा सहभागिता जनाएको नेपाली राष्ट्रिय फुटसल टिमले लगातार दोस्रो हार बेहोरको छ । इरानमा शुक्रबारबाट शुरु भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल किर्गिस्तानसँग ५–० ले पराजित भएका हो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोल अन्तरले पराजित भएको थियो । पोउर शरिफ फुटसल हलमा […]

Futsal depart

October 16, 2017

फुटसलमा नेपालले आज किर्गिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल च्याम्पियनसिप छनोटमा लज्जास्पद हारबाट यात्रा सुरु गरेको नेपालले आज अर्को खेलमा किर्गिस्तानको सामना गर्दैछ । इरानमा जारी प्रतियोगितामा नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उता किर्गिस्तानले भने छनोटमा विजयी सुरुआत गरिसकेको छ । नेपाल उज्वेकिस्तानसँग १४–१ ले […]

Futsal depart

October 15, 2017

फुटसलको पहिलो खेलमा नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको सुरुआत नै नमिठो हारबाट गरेको छ । इरानमा शुक्रबारबाट शुरु भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय फुटसल टोलीले उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको छ । पोउर शरीफ फुटसल हलमा भएको खेलमा बलियो उज्वेकिस्तानसँग पहिलो हाफमै ७–० ले पछि परेको थियो । दोस्रो […]

Success

Thank you for your time.