default_image

अन्तर्राष्ट्रिय

July 27, 2021

अपराजित स्वीडेन समुह विजेता बन्दै क्वाटरफाइनलमा

एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको महिला फुटबलमा उच्च प्रदर्शन गरिरहेको स्वीडेनले समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह ‘जी’ को अन्तिम खेलमा स्वीडेनले न्युजिल्यान्डलाई २–० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का गरेको हो । स्वीडेनले यसअघि बलियो अमेरिकालाई ३–० ले तथा अष्ट्रेलियालाई ४–२ ले पराजित गरेको […]

July 27, 2021

टोरेस एट्लेटिको म्याड्रिड फर्किए

एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका पुर्व फरवार्ड फर्नान्डो टोरेस फरक भुमिकामा आफ्नो पुर्व स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा फर्किएका छन् । ३७ वर्षीय टोरेस प्रशिक्षकको भुमिकामा एट्लेटिकोमा फर्किएका हुन् । अब उनले एट्लेटिकोको यु-१९ टोली सम्हाल्नेछन् । उनले सोमबार देखि नै एट्लेटिकोको यु–१९ टोलीको प्रशिक्षण सम्हालेका छन् । म्याड्रिडमा फर्किएपछि टोरेसले ‘घरमा फर्कंदा गर्व र खुशी’ […]

July 27, 2021

भरानले रियल छाड्ने

एजेन्सी – फ्रान्सेली सेन्टरब्याक राफयल भरानले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् । उनले १० सिजन लामो रियल बसाईलाई बिट मादै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने तय भएको बुझिएको छ । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबीच भरानको विषयमा सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । म्यानचेस्टर र रियलबीच ४१ मिलियन पाउन्ड बराबर सम्झौता […]

July 27, 2021

रोनाल्डो प्रशिक्षणमा फर्किए

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन महारथी युभेन्ट्सको प्रशिक्षणमा फर्किएका छन् । उनको सरुवाबारे अनेक चर्चा चलेपनि उनी सोमबारदेखि युभेन्ट्सको प्रशिक्षणमा जोडिएका हुन् । युरोकप २०२० का कारण ३६ वर्षीय रोनाल्डो युभेन्ट्सको प्रि सिजनमा आउन ढिलाई भएको थियो । अधिकांश स्टार खेलाडीहरु अझै पनि छुट्टीमै रहेका छन् । रोनाल्डो पनि झन्डै एक महिनाको […]

July 27, 2021

चीनलाई उछिन्दै आयोजक जापान पदक तालिकाको शीर्षस्थानमा

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को तेस्रो दिनको खेल सकिदा आयोजक जापान पदक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । शुरुवाती दुई दिन चीन अग्रस्थानमा रहेपनि तेस्रो दिन चीनले कुनै स्वर्ण जित्न नसकेपछि जापानले अग्रता लिएको हो । शुरुवाती दुई दिन दोस्रो स्थानमा रहेको जापानले तेस्रो दिन जापानले तेस्रो दिन तीन […]

July 26, 2021

अर्जेन्टिनामाथि ब्राजिलको पूनरागमन जित

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलको समूह चरणको खेलमा उपाधि दावेदार ब्राजिलले अर्जेन्टिनामाथि पूनरागमन जित निकालेको छ । आरीआके एरिनामा सोमबार राति भएको खेलमा ब्राजिलले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै पूनरागमन जित दर्ता गरेको हो । ब्राजिलले पहिलो सेट १९–२५ तथा दोस्रो सेट २१–२५ ले गुमाएको थियो । […]

July 26, 2021

लेवान्डोस्की ‘फुटबलर अफ द इयर’

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले लगातार दोस्रो सिजन ‘जर्मनी फुटबलर अफ द इयर’ को अवार्ड’ जितेका छन् । लेवान्डोस्कीले लगातार दोस्रो सिजन यो अवार्ड जित्ने क्रममा बायर्नका आफ्नै सहकर्मी थोमस मुलर र बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् । फुटबल म्यागजिन […]

July 26, 2021

१३ वर्षको उमेरमै ओलम्पिक स्वर्ण

एजेन्सी – जापानकी स्केटबोर्डर मोमीजी निशियाले १३ वर्षको उमेरमा नै ओलम्पिक स्वर्ण जितेकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डीङमा उनले स्वर्ण जितेकी हुन् । १३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी राय्सा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्य पदक जितेकी हुन् । ओलम्पिकमा एकै […]

July 26, 2021

ओलम्पिकमा जापानी दाजु-बहिनीले जिते स्वर्ण

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० मा आयोजक राष्ट्र जापानका एकै परिवारका (दाजु–बहिनी)ले जुडो खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका छन् । एकै परिवारका दाजु बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको इतिहास मात्रै होइन । एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । २१ वर्षीय आवे उता (बहिनी) […]

July 26, 2021

टोकियो ओलम्पिक – पदक तालिकामा चीनको शीर्षता यथावत

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) मा चीनले आफ्नो शीर्षतालाई यथावत राखेको छ । चीनले दोस्रो दिनको खेल सकिदासम्म ६ स्वर्ण र एक रजत र ४ कास्यसहित ११ पदक प्राप्त गर्दै शीर्षस्थान ओगटेको हो । चीनले पहिलो दिन ३ स्वर्ण र एक कास्य जितेको थियो । चीनलाई आयोजक जापानले पछ्याइरहेको […]

Success

Thank you for your time.